Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
त्याग, तृष्णा र एमाले एकता प्रसङ्ग
 

नेपाल कम्युनिस्ट पार्टी(एमाले)भित्र चलेको एकताको लहरले न केवल पार्टीपङ्क्तिभित्र अपितु अन्य दलमा समेत उत्सुकता बढाएको छ । संविधानसभाको निर्वाचनपछि दुईपल्ट सरकारको नेतृत्व गर्ने अवसर पाए पनि एमाले आपसी फुटकै कारण विफल हुन पुगेको कटु यथार्थलाई एकातिर पन्छाउँदै सहमति, सहकार्य र एकताको बाटामा लाग्न चलेको पहललाई सकारात्मक मान्नैपर्छ । नेकपा-एमाले) एकचोटि फुटेर जुटेको पार्टी भए पनि फुटको तीतो घुट्को फेरि पनि गर्न नपरोस् भन्नेतर्फ नेतृत्व वर्ग गम्भीर नरहेकैले पार्टीभित्र माथिदेखि तलसम्म गुटगत चिरा पर्दै गएकामा विमति रहँदैन तर ढिलै भए पनि नेतृत्व वर्गमा एमालेलाई फेरि फुटको परिणतिमा नपुर्‍याउन चेतना जाग्नु सुखद सङ्केत बनेको छ ।

नेताहरूबीचको एकताको प्रयास 'चोचोमोचो' मिलाउन मात्र नभई एमालेको वैचारिक, राजनीतिक तथा भावनात्मक एकताका लागि इमानदार प्रयत्न भएको एमाले अध्यक्ष झलनाथ खनालको दृढोक्तिले समस्त नेता, कार्यकर्तालाई सुखद आभास गराएको छ । नेकपा(एमाले) केन्द्रीय कमिटीद्वारा पार्टी मुख्यालय मदननगर, बल्खुमा बुधबार आयोजित तीन महिने 'पार्टी सुदृढीकरण तथा जनपरिचालन अभियान' घोषणा कार्यक्रममा जनाइए अनुसार नेतृत्व वर्ग सहमत रहेको एकताको प्रस्तावलाई यथाशीघ्र स्थायी कमिटीमा पेस गरिने र पोलिटब्युरो हुँदै केन्द्रीय कमिटीको निर्णयपश्चात् कार्यकर्ता तथा जनताबीच लगिने कार्यक्रम रहेको छ । यही पुस, माघ एवं फागुन महिनामा देशव्यापी रूपमा पार्टी सुदृढीकरण तथा जनपरिचालन अभियान सञ्चालन गर्न लागेको एमालेले मुलुकको परिवर्तित परिस्थिति मनन गर्दै समयानुरूप कदम चाल्न थालेको हो । संविधानसभामा पहिलो तथा दोस्रो स्थानमा रहेका क्रमशः एनेकपा -माओवादी) तथा नेपाली काङ्गे्रस पार्टीभित्र नेतृत्वबीच एकताको पाटो रूमल्लिरहेको बेला एमालेका नेता भने आपसमा रहे, भएका तमाम गुनासा, गथासा मेट्दै ऐक्यबद्ध हुनथालेका छन् । साँच्चिकै यसो हो भने यो राम्रो खबर हो ।

शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्नथालेको र संविधान निर्माणका काममा समेत अग्रसारिता रहेकाले शान्ति, संविधान प्राप्तिपछिको महानिर्वाचनमा सफलता हासिल गर्न एमाले अहिलेदेखि एक भई तयार हुन थालेको आभास हुन्छ । आठौँ राष्ट्रिय महाधिवेशनपछि विभिन्न विषयलाई लिएर पार्टीभित्र चर्किएको अन्तरसङ्घर्ष तत्काल नरोकिने हो भने एमालेको राजनीतिक अस्तित्व नै लोप हुँदै जाने भएकाले पनि नेतृत्व वर्ग बेलैमा सचेत भएको हुनुपर्छ । यसलाई एमाले नेता, कार्यकर्ताको मात्र होइन, देशकै लागि सुखद विषय मान्नुपर्छ तर यो प्रयास ठूला नेताहरूबीचको स्वार्थको अवसरवादी गठबन्धन नहोस् । एमाले पार्टीलाई यो आकार दिन एमालेका आम कार्यकर्ताको ठूलो त्यागको लगानी छ । यो देशका प्रखर बुद्धिजीवी, अग्रगामी चिन्तक, कलाकार, साङ्गीतिक, साहित्यक, स्रष्टाहरूको समर्पण र तपस्या खर्चिएको छ । अर्कोतिर जनताका मसीहाहरू सुविधाभोगी, सत्तामुखी भएको, क्रान्तिकारी धार भुत्ते भएको आमजनता र स्वयं सच्चा कार्यकर्ताहरूकै अनुभूति छ । अरू दलमा समेत कमोवेश यो रोग छ वा सर्न लागेको छ । लेनिन भन्थे, नेता भनेको रेलका इन्जिन हुन् । त्यसको दशा र दिशा ठीक भएन भने समाजलाई रूपान्तरण गर्ने, अग्रगामी बनाउने सारा सपना नै भताभुङ्ग हुन्छ । त्यसैले सबभन्दा मूल कुरा, त्यागबाट तृष्णासम्म आइपुग्दा सुधार्नु पर्ने पक्षबारे ठूला नेताहरू स्पष्ट हुनुपर्छ । यही समयको माग हो । यहीं सुधार गरे मात्र पार्टी र मुलुक दुवैलाई लाभ हुनेछ ।

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px