Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
सकारात्मक सन्देश
 

एनेकपा माओवादी तथा संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाका शीर्षस्थ नेतृìवबीच शनिबार भएको समझदारीले राजनीतिक अन्योल अन्त्य गर्ने विश्वास लिइएको छ । केही समय यता प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा मोर्चाबीच सुमधुर सम्बन्ध नरहेको स्थिति आभास भइरहेको घडीमा सम्पन्न बैठकले निश्चय पनि सकारात्मक राजनीतिक परिदृश्य देखाएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड तथा मोर्चाका शिखर व्यक्तिìवबीच प्रधानमन्त्री निवास, बालुवाटारमा भएको पछिल्लो समझदारीले एक आपसमा रहे, भएका आशङ्का मेटाउन योगदान गरेको छ ।

प्रधानमन्त्री भट्टराईको सरकार गठनपूर्व मधेसी मोर्चासित भएको चार बुँदे सहमतिको विषयमा भएको समझदारीले वर्तमान सत्तासमीकरणलाई कायमै राख्न बल प्रदान गरेको छ । मधेसी मोर्चाले सुरुदेखि उठाउँदै आएको माग समाधान हुँदै जाने प्रतिबद्धता आएपछि मोर्चा यसै सरकारलाई निरन्तरता दिने पक्षमा पुगेको हो । मधेसी युवालाई नेपाली सेनामा छुट्टै एकाइ अन्तर्गत समावेश गरिने समझदारीपछि मोर्चा आश्वस्त हुनपुगेको छ भने मोर्चालाई विश्वासमा लिई सरकारको आयु लम्ब्याउन एनेकपा माओवादी सक्षम बनेको छ । साझेदारी सरकार सञ्चालन गर्ने कार्य निश्चय पनि सजिलो छैन । ससाना कुराले यस्तो सरकार प्रभावित हुनेभएकाले स्थिति बिग्रन नदिनुमै सबैको कल्याण अन्तर्निहित छ । खासगरी शान्ति प्रक्रिया तार्किक निस्कर्षमा पुग्न लागेको र संविधान निर्माणको काममा पनि सूचीबद्ध अग्रसारिता रहेको परिपे्रक्ष्यमा सत्तासमीकरण भङ्ग हुनु जत्तिको अपशकुन अर्को हुन सक्दैन । शान्ति प्रक्रिया अधुरो रहेको वस्तुस्थितिमा नयाँ सरकार गठन भए पनि अपेक्षित परिणाम हासिल नहुने भएकाले नेपाली काङ्गे्रसका सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकारको सम्भावना नरहेको जनाउनुभएको यतिखेर स्मरणीय बनेको छ । मधेसी मोर्चासित सम्बन्ध बिगि्रई डा. बाबुराम भट्टराई नेतृìवको सरकार ढल्ने अड्कलबाजीमा रमाएकालाई मोर्चा-माओवादी गठजोडको पुनर्ताजगीले अवश्य पनि झट्का हानेको हुनुपर्छ ।

जहाँसम्म सर्वसाधारण नेपालीको प्रश्न छ, सरकार विघटन हुनु र गठन हुनुसम्म कसैलाई चासो छैन । शान्ति र संविधानको रट लगाउन कोही पछि नपर्ने तर यसको प्राप्तिका लागि भने साँच्चिको प्रयास कसैले नगर्ने विगतको परिपाटीबाट जनता वाक्क बनेका छन् । अन्तर्राष्ट्रिय समुदायसमेत प्रसन्नचित्त नरहेको सबैसामु प्रस्टै छ । पछिल्लो समयमा शान्ति, संविधानतर्फ कदम बढेकाले डा. बाबुराम भट्टराईको सरकारप्रति जनआशा उर्लिएको छ । राजनीतिक दल फेरि सत्ताखेलको पुरानै विसङ्गति, विकृतिलाई मलजल गर्नेतिर लागेमा चाहिँ सार्थकता हासिल नहुने अकाट्य यथार्थ हामीमाझ छ । सर्वोच्च अदालतको निर्णय अनुसार संविधानसभाको आयु आउँदो जेठ १४ गतेसम्म मात्र रहेकाले अब राजनीतिक दल केवल शान्ति र संविधानका लक्ष्यतर्फ मात्र एकोहोरिनु समयको माग बनेको छ । मोर्चा र माओवादीबीचको सम्बन्ध थप सङ्लिनुले शान्ति, संविधानका काममा सकारात्मक सन्देश दिएको छ । यस दिशामा अन्य राजनीतिक दलले पनि सहमति, सहकार्य र ऐक्यबद्धतासाथ आˆनो अद्वितीय योगदान पुर्‍याउनु राष्ट्रिय कर्तव्य बनेको छ ।

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px