Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
पौडेल हत्याबाट उठेका प्रश्नहरु
 

चितवन, तरूणदलका अध्यक्ष शिव पौडेलको निधनपछि आक्रोशित बनेका काङ्गेरसीजनको रोष समाप्त भएको छैन । गत मङ्सिर २० गते चितवन कारागारमा आक्रमणपछि घाइते भएका अध्यक्ष पौडेलको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएपछि उर्लिएको आक्रोशको लहरले काठमाडौँ उपत्यकालगायत देशका अनेक ठूला-साना सहर प्रभावित बने भने आइतबार पनि झापा, चितवन, भोजपुर आदि जिल्ला बन्दका कारण अस्तव्यस्त रहे । आˆनो पार्टीका जुझारू युवकको निधनबाट काङ्गे्रसीजनमा शोकको सागर उर्लनु अस्वाभाविक होइन भने नेपाली काङ्गे्रससमर्थित तरूण दल, नेपाल विद्यार्थी सङ्घ आदिद्वारा दोषीमाथि कारबाहीको माग राख्दै उठेको विरोधको औचित्य बुझ्न सकिन्छ । मृतक पौडेललाई सहिद घोषणा गर्नुपर्ने, पौडेलसहित उनका साथीमाथि लागेको व्यक्तिहत्याको अभियोग फिर्ता लिनुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग नेपाली काङ्गे्रस केन्द्रीय कार्यसमितिले राखेको छ भने पाँच सदस्यीय छानबिन समिति गठन गरी सत्यतथ्य पत्ता लगाउन आफंैसमेत अग्रसर भएको छ । पौडेलको निधनप्रति सरकारले पनि दुःख प्रकट गरेको छ । चितवन घटनाको छानबिन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन न्यायिक आयोग गठन गरेको सरकारले पौडेलका परिवारलाई तत्काल राहनस्वरूप दस लाख रूपियाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै आन्दोलन फिर्ता लिन काङ्गे्रससित अनुरोध गरेको स्मरणीय छ । पौडेलको निधनबाट उनको परिवार वा काङ्गे्रसीजनमात्र दुःखी छैनन्, यस घटनाले आम नेपालीलाई स्तब्ध पारेको छ । कारागारभित्रै आक्रमण भएको घटनाले कारागार प्रशासन दोषमुक्त देखिँदैन भने दुई समूहबीचको भिडन्तले आपसी प्रतिशोधको अवस्था देखाउँछ ।

वि.सं.२०६६ सालमा अध्यक्ष पौडेलका भाइ गोविन्द पौडेल-गोपीको हत्यापछि बढेको आक्रोश र तनावले स्थिति चरम अवस्थामा पुगेको अनुमान एकातिर थियो भने अन्य विभिन्न कारणले वैमनश्य बढाई दारूण अन्त्य सिर्जना गर्नपुगेको आशङ्का पनि छ । यथार्थ के हो ? यसबारे काङ्गे्रस पार्टी तथा सरकारबाट गठित पक्षले जनसामु अवश्य ल्याउनेछ । यो प्रकरणले अहिलेको राजनीतिक अवस्था, प्रशासनिक बन्दोबस्त, भातृ सङ्गठन आदिका प्रवृत्तिलाई पनि खुलस्त पारेको छ । राजनीतिमा बढ्दो अपराधीकरणलाई यस घटनाले छर्लङ्ग बनाएकामा शङ्का रहँदैन । दोषी को ? अपराधी को ? यसको छ्यानब्यान त हुनुपर्छ नै तर त्यत्तिमै सन्तोष मान्नु उचित हुने छैन । राजनीतिसँगै मौलाउँदै गएको अपराधीकरणलाई समूल नष्ट पार्ने जुक्ति झिकिनैपर्छ । अहिलेको विकृतिग्रस्त परिपाटीबाट कुनै एकमात्र नभई सबैजसो पार्टी धेरथोर प्रभावित रहेकाले समयमै बुद्धि पुर्‍याउनु र शुद्धिकरणको अभियानमा लाग्नु जरुरी छ । दोषी वा अपराधी आˆनो वा पराइ जो भए पनि उम्कन नहुने र त्यस्तालाई कडा कारबाही हुनुपर्नेमा कसैको दुईमत हुँदैन । दण्डहीनताले नग्ननाच गरिरहेको आजको अवस्थालाई सबैले मिलेर लघार्नैपर्छ । अन्यथा जतिसुकै ठूला राजनीतिक उपलब्धि पनि बेˆवाँकका साबित हुनेछन् । यस अर्थमा दोषीमाथि कारबाही हुनुपर्ने माग सर्वथा जायज छ र यसप्रति सबैको समर्थन पनि छ तर यही कारण औँल्याई सर्वसाधारणलाई सास्ती खुवाउनेगरी बन्द, तोडफोडजस्ता काम भने गर्नु ठीक होइन । लोकतन्त्रमा विश्वास राख्ने काङ्गे्रस बन्द तथा हिंसात्मक गतिविधिमा संलग्न हुनपुगेमा त्यसले देशभित्र तथा बाहिर नकारात्मक सन्देश फैलाउने कुरो अमेरिकी राजदूत स्कट एच. डेलिसीले शनिबार फेसबुकमा प्रकट गरेको धारणाबाट बुझ्नसकिन्छ । बन्द गर्नेलाई युरोपेली मुलुकको भिसा नदिने युरोपेली सङ्घको घोषणा पनि यतिखेर मननीय छ । बन्दबाट जनता निकै वाक्क हुँदै आएकाले पनि विरोधका लागि अन्य उपाय अँगाल्नु उचित हुनेछ । बन्दको प्रतिकारसमेत भएका विगतका घटना मनन गरी आˆना माग प्रस्तुत गर्न वैकल्पिक बाटो अख्तियार गर्नुले पार्टीको छवि पनि बढाउनेछ ।

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px