Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
औचित्यको कसीमा सहकारी
 

नेपालमा सहकारीको इतिहास लामो छैन तर ५५ वर्षको छोटो अवधिमा यसले हासिल गरेको स्थान निश्चय नै सकारात्मक छ । यतिखेर मुलुकमा २३ हजार ३०३ सहकारी संस्था क्रियाशील हुनुले यसको प्रभाव र प्रगति रेखाङ्कित गर्दछ । यसको ३१ लाख सक्रिय सदस्य हुनु कम होइन । कृषि, विद्युत्, जडीबुटीलगायत विभिन्न पक्ष समेट्दै अनेक नयाँ क्षितिज उघार्नेतर्फ अघि सरेको सहकारी प्रयासलाई अपेक्षित दिशातर्फ सुन्दर बिहानीका रूपमा लिनसकिन्छ । राज्य नियन्त्रित अथवा पूर्ण बजार अर्थतन्त्रबाट सही गन्तव्य प्राप्त नहुने भएकाले आज विश्वभरि सहकारीको औचित्य प्रकट भइरहेको छ । संयुक्त राष्ट्र सङ्घद्वारा विश्व विकासका लक्ष्य हासिल गर्न तथा दिगो आर्थिक विकासनिम्ति सहकारीलाई उत्तम माध्यम ठहर्‍याइँदै सन् २०१२ लाई सहकारी वर्षका रूपमा मनाउन सदस्यराष्ट्रलाई आग्रह गरिनुले पनि यसको औचित्य र उपादेयता छर्लङ्ग भएको छ । सहकारीलाई सरकारी एवं निजी क्षेत्रको ऐतिहासिक सेतुको संज्ञा दिँदै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा स्रोत, साधनमाथिको विषमता तथा विभेद समाप्त पार्न सहकारीको आवश्यकता औँल्याउनुभएको छ । गरिबी निवारणका लागि होस् वा मुलुकको आर्थिक विकासका लागि सहकारी उत्तम 'मोडल' भएकाले यसलाई हौँस्याउनुपर्ने धारणा प्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहकारी सङ्घको १९ औँ वाषिर्क साधारणसभाको उद्घाटन अवसरमा शुक्रबार व्यक्त गर्नुभएको हो । सहकारीका माध्यमबाट विभिन्न मुलुकले उन्नति गरेका छन् । छिमेकी मुलुक भारतमै पनि सहकारीको उम्दा अभ्यास पाइन्छ । 'अमूल' सहकारीलाई यसको एक सुन्दर नमुना मान्नसकिन्छ । बङ्गलादेशमै पनि सहकारीको रहरलाग्दो प्रगति भएको छ । बेलायतबाट थालिएको सहकारी जर्मनीलगायतका मुलुक हुँदै आज दुनियाभरि फैलिएको छ ।

आधुनिक सहकारी पद्धतिको थालनी पश्चिम हुँदै पूर्वतिर फैलिएको देखिए पनि पूर्वीय संस्कृतिमा यो पहिलेदेखि रहँदै आएको दृष्टान्त 'सहनाववतु सहनौ भुनक्तु सहवीर्यं करवावहे' जस्ता वैदिकसूक्तबाट अनुभूत गर्नसकिन्छ । जहाँसम्म आधुनिक सहकारी प्रणालीको विकासको सन्दर्भ छ, यसमा पक्कै मुलुकले अपेक्षित गति लम्काउन सकेको छैन । सङ्ख्यात्मक हिसाबमा सहकारीको जे जति बढत छ, त्यस अनुपातमा गुणात्मकता छैन । प्रजातन्त्र पुनःस्थापनापछि सहकारी संस्था खोल्ने होड चल्यो । रकम कुम्ल्याएर भाग्ने सहकारीको सङ्ख्यासमेत बढ्दै आयो र अहिले पनि यो रोग बिसेक भएको छैन । सहकारी खोल्न दिने तर तिनको यथोचित अनुगमन, निरीक्षण, परीक्षण गर्ने परिपाटी नबसालिएकाले विडम्बना बढेको हो । एउटै घरमा दुई, चार सहकारी संस्था रहनु अर्को उदेकको पक्ष बनेको छ भने हैसियत अनुसार सहकारी वर्गीकरण नहुनुले स्थिति विसङ्गत बनाएको छ । कतिपय सहकारीका गलत क्रियाकलापले गर्दा सहकारीप्रति जनविश्वास धर्मराएको कटुयथार्थ छ । यसको अर्थ सहकारी प्रणाली गलत भएको लगाउनुचाहिँ उचित हुँदैन । देशका विभिन्न स्थानमा सहकारीले गरेका काम निकै उम्दा ठहरिएका छन् । ससाना पूँजी एवं स्थानीय स्रोत, साधनको विकासमा सहकारीले पुर्‍याएको योगदान विशिष्ट छ । आर्थिक विकासका लागि तेस्रो खम्बाका रूपमा चित्रित सहकारी खासगरी हाम्रो जस्तो मुलुकका लागि वरदान साबित हुनसक्नेमा विमति रहँदैन । ३८ जिल्लामा साँघुरिएको सहकारीलाई ७५ वटै जिल्लामा पुर्‍याउन ढिलाइ गर्नुहुँदैन । सहकारीका कमी, कमजोरी हटाउन कार्यदलले प्रस्तुत गरेका सुझाउ कार्यान्वयनमा ल्याउनुपर्छ । सहकारीका उत्साहपूर्ण कदमलाई विविध फाँटमा लम्काउन उपयुक्त कानुन निर्माणतिर ध्यान पुग्नैपर्छ । सहकारी तथा गरिबी निवारण मन्त्रालय खोल्नेतिर सरकारको ध्यान जानुलाई सहकारीको विकासका बाटामा आवश्यक पहल मान्नसकिन्छ । सहकारीको अनुगमन, नियमन, आवश्यक प्रशिक्षणतिर पनि सोच, सक्रियता बढ्नैपर्छ । विभिन्न बैङ्कले ऋण लगानी गरी सहकारीको अभ्युत्थानमा मद्दत गर्नसक्छन् भने बैङ्क, फाइनान्स आदि संस्था लागिपरेझैँ सहकारी पनि एकीकरण-मर्जर) प्रक्रियामा लाग्नु निस्सन्देह विकासकै पक्ष हुनेछ ।

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px