Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
गुप्ता पक्राउको सन्देश
 

नेपाल सद्भावना पार्टी -आनन्दीदेवी का अध्यक्ष तथा पूर्व आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ता अन्ततः गत सोमबार प्रहरीको पक्राउमा परेका छन् । काठमाडौंका उद्योग व्यवसायी पवन सङ्घाईको अपहरण गरी फिरौती रकमबापत ८५ लाख रुपियाँ असुलेको आरोप गुप्तामाथि छ । उद्यमी, व्यापारी सङ्घाईलाई गको पुस सात गते बिहान कमलादी, काठमाडौंबाट अपहरण गरी काभ्रेपलाञ्चोक जिल्लाको सस्र्युंखर्क गाविसस्थित एक घरमा बन्धक बनाई २१ औं दिनमा फिरौती रकम लिई मुक्त गरिएको हो । प्रहरी अपराध महाशाखाले व्यापारी सङ्घाईको मुक्तिपछि पनि अनुसन्धान जारी राखेका कारण अपहरण काण्डमा 'गुप्ता' प्रमुख योजनाकार भएको रहस्य खुलेको हो । फिरौती रकम लिएर छोराको विवाह गराउन राजधानीबाट भैरहवा पुगेका गुप्तालाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई जानकारी गराएर प्रहरीले सभासद् गुप्तालाई पक्राउ गरेको खबर सार्वजनिक भएको छ । अत्यन्तै घृणित आपराधिक कृत्यको अभियोगमा पक्राउ परेका गुप्ताको सन्दर्भले राजनीतिक वृत्तलाई नै धुमिल बनाएको छ । शान्ति स्थापना र संविधान निर्माणको ऐतिहासिक, युगान्तकारी कार्य सम्पादन गर्नुपर्ने सभासदजस्तो व्यक्तित्व अपहरणकाण्डमा नाइके देखिनु आम नेपालीका निम्ति खेदकै पक्ष हो । राजनीतिक व्यक्तित्व आपराधिक क्रियाकलापमा पक्राउ परेको उदाहरण यो मात्रै होइन, हत्या, अपहरण, लुटपाट, जबर्जस्ती चन्दा जस्ता कुकृत्यका पछाडि रहेका राजनीतिकर्मीले आˆना नाम मात्र बदनाम गरेका छैनन्, पार्टीपङ्क्तिलाई नै प्रश्ननिन्हभित्र पारेका छन् । रातो पासपोर्ट प्रकरण तथा विभिन्न खाले भ्रष्टाचारबाट कतिपय राजनीतिकर्मी गनाइरहेका छन् । राजनीतिकर्मीमा आपराधिक प्रवृत्ति किन बढिरहेको छ ? खोतल्नैपर्ने जल्दोबल्दो पक्ष बनेको छ । जस्तासुकै अपराध गरे पनि राजनीतिक आवरणमा लुक्ने, लुकाउने परिपाटी रहेकाले समाजमा विकृति बढ्दै आएको प्रष्ट छ । दण्डहीनताको अन्त्य नहुनुले स्थिति बिगारेकामा विमति रहँदैन ।

महानगरीय प्रहरी अपराध महाशाखालाई धन्यवाद दिनैपर्छ । सभासद्, पूर्वमन्त्री, पार्टीका अध्यक्ष भए पनि अपराधमा संलग्न रहेको पुष्टि हुनासाथ गुप्तालाई पक्राउ गरिएको छ । अपराध नियन्त्रणको चर्चा चल्दा प्रहरी प्रशासनमाथि सत्तोसराप हुनेगरेको विदितै छ । प्रहरी प्रशासन कडा भएमा अपराध रोकथाम हुनेमा शङ्का रहँदैन । काम भएको नदेखिँदा सर्वसाधारणले प्रहरीलाई औंला उठाउनु स्वाभाविक भएझैँ आँटिलो काम गर्दा प्रशंसा गर्न तथा प्रोत्साहन दिन पनि चुक्नु हुँदैन । आपराधिक गतिविधिमा संलग्न जो कोही भए पनि तिनले कडा कारबाहीको पात्र हुनुपर्ने सन्देश फिँँजाउन अझै धेरै काम गर्न बाँकी छ । प्राय ः सबैजसो अपराधका पछाडि राजनीतिक धाप रहेको वर्तमान विडम्बनाको अन्त्य निम्ति प्रहरी-प्रशासन मात्र तातेर पुग्दैन, राजनीतिक दल पनि उत्तिकै गम्भीर एवं इमान्दार हुनुपर्छ । अहिलेको राजनीतिक परिवेशमा अपराधी नसमेटी के अघि बढ्न सकिँदैन ? प्रत्येक दलभित्र व्यापक बहस अत्यावश्यक छ । राजनीतिक शक्तिका आडमा बढ्दो आपराधिक सिलसिला रोक्न अहिल्यै सोच र सक्रियता नबढे पछुतो मात्र हात लाग्ने सम्भावना छ । विराटनगरको अदालत परिसरभित्र भएको हातपातको घटना तथा चितवन कारागारभित्र भएको भिडन्त, यस्ता अनेक हिंसात्मक कृत्य हुन्, जसले मुलुकको लोकतान्त्रिक परिपाटीलाई चुनौती मात्र दिएको छैन, सुशासनको खिल्ली पनि उडाएको छ । गुप्ताको अपहरणकाण्डलाई व्यक्ति विशेषको घटना मात्रै ठान्ने भूल गरिनु हुँदैन ।

राजनीतिक सम्बद्ध व्यक्तिको कर्तुतले राजनीतिक जगत्लाई नै खोट लगाउने हुँदा हरेक दलमा शुद्धीकरण अभियान जरुरी छ । दाग लागेका तथा आपराधिक मनोवृत्ति भएको व्यक्तिलाई प्रत्येक दलले पन्छाउनैपर्छ, अन्यथा त्यसको प्रत्यक्ष, परोक्ष असर सम्बन्धित दलमाथि मात्रै होइन, राष्ट्रलाई नै परिरहने छ ।

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px