Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
शैक्षिक शुल्कवृद्धिको पिरलो
 

जताततै भाउबृद्धिको मार खेप्दै आएका आम नागरिकले फेरि अर्को पीडा बेहोर्नुपर्ने भएको छ । काठमाडौँका निजी विद्यालय आउँदो शैक्षिक सत्रमा शुल्क बढाउने सुरमा छन् । काठमाडौँका निजी तथा आवासीय विद्यालयले शुल्क बढाउनासाथ त्यसको असर मुलुकभरिकै विद्यालयमा पर्ने निश्चित छ । सरकारले कर्मचारी तथा शिक्षकको तलब बढाएकाले निजी तथा आवासीय विद्यालयका शिक्षक, कर्मचारीलाई पनि तलब बढाउनुपर्ने भएकाले शुल्क बृद्धि गर्नथालिएको सम्बद्ध पक्षको भनाइ छ । शुल्क बढाउने तारतम्य मिलाउन काठमाडौँ शिक्षा कार्यालयमा प्रस्ताव पेस भई आवश्यक क्रियाशीलता बढिसकेको छ । वर्तमान शिक्षा नियमावली अनुसार जिल्ला शिक्षा कार्यालय-जिशिका)ले पुस मसान्तभित्र शुल्कको सीमा तोक्नुपर्ने र विद्यालयहरूले माघ मसान्तभित्र बुझाएको शुल्कको प्रस्तावलाई जिशिकाले फागुन मसान्तभित्रै पुस्ट्याइँका आधारमा स्वीकृति प्रदान गर्नुपर्ने व्यवस्था अनुसार यतिखेर शुल्क बढाउने प्रक्रिया अघि सरेको हो । शिक्षक तथा कर्मचारीलाई समयानुरूप तलब दिनु जरुरी भएकामा दुईमत रहँदैन तर शिक्षकका नाममा शुल्क बढाउने र स्वेच्छाचारी प्रवृत्ति अँगाल्ने परिपाटीबाट बिरलै अनभिज्ञ छन् । पोहोर सालमात्रै झन्डै २२ प्रतिशत शुल्क बढाएको परिपेक्ष्यमा यतिछिटो शुल्क बढाउने तयारीलाई आम अभिभावकले सहज हिसाबमा लिनसकेका छैनन् । हरेक वस्तुको मूल्यवृद्धिको भार सकिनसकी खपिरहेका आम अभिभावकले यो थप भार कसरी थाम्न सक्लान् ? सारा राष्ट्रकै सामु गम्भीर प्रश्न तेर्सिएको छ ।

निजी तथा आवासीय विद्यालयले आफूखुसी बढाउनेगरेका शुल्कले आम अभिभावक क्षुब्ध बन्दै आएका छन् । निजी तथा आवासीय विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको असन्तुष्टिसमेत सार्वजनिक हुँदै आएको छ । शिक्षणशुल्क, आवासीय शुल्क, पुस्तकालय शुल्क, खेलकुद शुल्क, परीक्षा शुल्कलगायत नानाथरी शीर्षक, उपशीर्षकमा रकम असुल्ने परिपाटीका कारण निजी तथा आवासीय विद्यालयप्रति बेलाबखत प्रश्नचिन्ह उठेका छन् । सेवामुखी कार्यमा संलग्न रहे पनि निजी तथा आवासीय विद्यालय केवल पैसामुखी परिपाटीमा ढल्किएको जनगुनासो छ । निजी तथा आवासीय विद्यालयका काम, कारबाहीलाई सम्बद्ध निकायले गहिरिएर अध्ययन, अनुगमन तथा निगरानी राख्न नसकेको कटुसत्य पनि हामीमाझ छ । कतिपय निजी तथा आवासीय विद्यालयले निर्धारित पाठ्यक्रमको समेत खिल्ली उडाएका छन् भने पठन, पाठनमा समयोचित पद्धति नअँगालिएका उदाहरण धेरै छन् । निजी तथा आवासीय विद्यालयले शिक्षा विकासमा पुर्‍याउँदै आएको योगदान एकातिर स्मरणीय छ भने अर्कोतिर यिनले जथाभाबी बढाउने गरेका शुल्क अविस्मरणीय छन् । निजी तथा आवासीय विद्यालय भन्दैमा सबैको उही हैसियत र स्थान एक नरहेको खुला सत्य पनि छ । कैयन् विद्यालय यस्ता पनि छन्, जहाँ रकमको अभावमा सञ्चालन कार्य असहज बनेको छ । सबैलाई एउटै तराजुमा राखेर हेर्न पक्कै मिल्दैन । मुलुकको शिक्षालाई गुणस्तरीय एवं प्रतिस्पर्धी तुल्याउन निजी तथा आवासीय विद्यालयको सहयोग निरन्तर आवश्यक रहन्छ नै तर यसको अर्थ त्यस्ता विद्यालय अङ्कुशविहीन चल्नु भने ठीक होइन । कस्ता विद्यालयमा के कति शुल्क बढ्नु ठीक हो ? शुल्क अनुसार पठन, पाठन, भोजन, आवास आदिको व्यवस्था छ कि छैन ? लगायतका तमाम विषयको अनुगमनप्रति सम्बद्ध निकाय सक्रिय हुनु जरुरी छ । यतिखेर के साँच्चै शुल्क बढाउनु आवश्यक छ ? बढाइएको शुल्क अनुसार शिक्षक, कर्मचारी लाभान्वित हुने हुन् कि यो केवल शुल्क बढाउने बहाना हो ? जस्ता पक्ष हेरिनैपर्छ ।

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px