Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
वनफँडानी रोक्न व्यापक अभियान जरुरी
 

दाङ देउखुरीस्थित गङ्गापरस्पुर गाविसको सालझन्डी सामुदायिक वन सखाप हुन थालेको छ । काठ तस्करको बिगबिगी बढेका कारण वन सङ्कटग्रस्त बन्नपुगेको हो । सालका ठूल्ठूला रूख कटानी र चोरी निकासी कार्यमा वन उपभोक्ता समूहका पदाधिकारी तथा वनका कर्मचारीको मिलोमतो रहनु उदेकको विषय बनेको छ । वन, जङ्गलको संरक्षण, सम्बर्द्धन गर्ने कार्यमा अहोरात्र खट्नुपर्ने स्थानीय उपभोक्ता तथा वनकर्मी नै तस्करका सहयोगी बनेपछि सामुदायिक तथा राष्ट्रिय वनका रूख मासिँदै जानु अनौठो होइन । वन फँडानी व्यापक रूपमा मच्चिए पनि जनसाधारण लिखित उजुरी दिन डराएको खबर सार्वजनिक भएको छ । काठ तस्करीविरूद्ध लागिपर्नेलाई ज्यान मार्ने धम्की दिइएकाले सर्वसाधारण निरीह बनेका हुन् । सम्बद्ध कार्यालय कुम्भकर्णे निद्राको स्वाङमा रहेकाले पनि तस्करविरूद्ध क्रियाशील हुन आँट नबढेको जनधारणा छ । यदाकदा थोरै मात्रामा अवैध काठ बरामद गरिएका उदाहरण देखाउने नगरिएको होइन तर यथार्थ बेग्लै र विकराल रहेको जनगुनासो स्मरणीय छ । राजनीतिक दलका नेता, कार्यकर्ताको छत्रछाया पाएकाले पनि तस्करको मनोबल बढ्दो छ । सालझन्डी सामुदायिक वनमा मच्चिएको काठ तस्करी केवल प्रतिनिधि उदाहरण मात्र हो, अन्यथा मुलुकका अधिकांश वन यही समस्या झेलिरहेका छन् । चुरे, महाभारत क्षेत्रका वन, जङ्गल जुन हिसाबमा मासिँदै गएका छन्, त्यसले सुखद भविष्यको परिचय गराउँदैन ।

व्यापक वनफँडानीले सिर्जना गर्ने दारूण परिस्थिति सबैले भोग्नैपर्ने हुन्छ । वन, जङ्गलको अभावमा पर्यावरणीय सन्तुलनमै असर पर्नेछ भने यसले जैविक विविधताको सम्पदालाई पनि नष्ट पार्नेछ । कुनै बेलाको 'हरियो वन, नेपालको धन' लोकपि्रय नारा अहिले आएर 'उजाड वन, नेपालको मन ?' सरह बनेको छ । यतिखेर वन फँडानी जुन अनुपातमा भइरहेको छ, गति, मति नफेरिएका खण्डमा नेपालको वन, जङ्गल इतिहासको पानामा सीमित हुनेछ । वन, जङ्गल संरक्षणका नारा, भाषण, नीति र कार्यक्रम जे जस्ता बनाइए पनि व्यवहारिक धरातलले ती सबैलाई झापड कस्दै आएको छ । खासगरी राजनीतिक तरलता अधिक रहेको अवस्थामा यहाँका वन, जङ्गल बढी मासिने गरेको इतिहासमात्र होइन, वर्तमानसमेत साक्षी छ । वन, जङ्गल मासिँदा राष्ट्रको सम्पत्तिमात्रै लुटिने होइन, स्थानीय जनताको जीवनयापनमाथि पनि कडा प्रहार हुने भएकाले वन जगेर्नाका निम्ति व्यापक अभियान जरुरी छ । वन संरक्षणका लागि जनसहभागितामूलक अभियान अपरिहार्य रहेको छ भने गलत क्रियाकलापमा संलग्न जो कोही भए पनि पक्राउ गरी तत्कालै कारबाही हुने परिपाटी अँगाल्न ढिलो गरिनु हुँदैन । वन, जङ्गल जोगाउनेतर्फ तत्कालै विशेष संयन्त्र खडा गर्नु जरुरी छ भने वृक्षरोपणतर्फ पनि सक्रियता आवश्यक छ । वृक्षरोपण कार्य केवल प्रचारात्मक हुनुहुँदैन । वृक्षरोपणको संरक्षणका लागि समुचित बन्दोबस्त आवश्यक छ । अवैध रूपमा वन, जङ्गल फाँड्ने, काठ तस्करी गर्ने वा त्यस्ता अवाञ्छनीय तìवलाई प्रत्यक्ष, परोक्ष सघाउने प्रत्येक व्यक्तिमाथि दण्डसजाय हुनैपर्छ । यस्ता आपराधिक कृत्यमा लागेका व्यक्तिलाई कुनै पनि दल वा नेताले प्रश्रय दिनु ठीक होइन । बरू त्यस्तालाई सजायको भागिदार बनाएर राष्ट्रिय दायिìव निर्वाह गरिएमा दल वा नेताको साख स्वतः बढ्नेछ ।

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px