Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
मोफसल विकास गतिविधि
चुरेलाई संरक्षित क्षेत्र बनाउन माग
मानबहादुर साउद
 

डडेल्धुरा, माघ १२ गते । चुरे क्षेत्रका बासिन्दा, स्थानीय राजनीतिक दलका अगुवा र सरोकारवाला सबैले भित्री मधेसको चुरे क्षेत्रलाई संरक्षित वन घोषणा गर्न वन मन्त्रालयसँग माग गरेका छन् । चुरे क्षेत्रको फडानीको अनुगमन गर्न अएको वन मन्त्रालयको उच्चस्तरीय टोलीलाई भेटेर सरोकारवालाहरूले उक्त माग राखेका हुन् ।

कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षसँग जोडेर वा बेग्लै संरक्षण क्षेत्र बनाउन पनि सरोकारवालाले आग्रह गरेका छन् । संरक्षित क्षेत्र नहुँदासम्म चुरेमा हुने वन फडानी रोकिने सम्भावना छैन, स्थानीय समाजसेवी हरिप्रसाद भट्टले भन्नुभयो-अहिलेको सक्रमणकालीन अवस्थामा वन फडानी रोक्न सम्भव नभएकाले संरक्षित क्षेत्र घोषणा गरिनु पर्छ । चारैतिरबाट चुरेमाथि प्रहारभइरहेको अवस्थामा चुरे संरक्षण अभियानमा लागेका एमाले नेता पठान सिंह बोहराले फडानीका कारण कैलाली कञ्चनपुरमा समेत बाढीको प्रकोप बढेकाले चुरे क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्नु पर्छ भन्नुभयो ।

डडेल्धुराको भित्री मधेस क्षेत्रमा गत चार वर्षको अवधिभित्रै वन सखाप हुने गरी फडानी भएको हो उहाँले भन्नुभयो । फडानीकै कारण दुईसय भन्दा बढी परिवार घरबारविहीन बन्न पुगेका छन् ।

तराईमा भएको वन फडानीले तराईका जिल्ला र पहाडमा भएको फडानीले भित्री मधेस क्षेत्र बगरमा परिणत भएको छ, नेपाली काँग्रेसका नेता धर्मानन्द भट्टले भन्नुभयो । वन फडानी नरोकिए यो क्षेत्र बच्न सक्दैन र यहाँका लाखौँ बासिन्दा विस्थापित हुनुको विकल्प छैन ।

दुई वर्षअघि मात्रै ६० परिवारको बस्ती सिमलखेत गाउँ बगरमा परिणत भएपछि अहिलेसम्म पनि उनीहरू बिचल्लीमै छन् । सामुदायिक वनहरूको छेउछाउमा अस्थायी घर टहरा बनाएर बसेका छन. सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीले समेत अनुगमन गरेर र्फकेका हुन् तर कुनै सीप चलेन, स्थानीसवासी भट्टले भन्नुभयो ।

जिल्लाका सबै सरोकारवाला र राजनीतिक दलले पटक पटक चुरे क्षेत्रमा फडानी रोकी संरक्षण क्षेत्र घोषणा गर्न निर्णय गरेको जानकारी दिँदै काँग्रेस डडेल्धुराका उपसभापति कैलाशकुमार पाण्डेयले भन्नुभयो- वन मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित टोलीलाई संरक्षण क्षेत्र घोषणाका लागि सबै क्षेत्र एकमत छन्, घोषणा गरिदिनु पर्‍यो भनेका छन् । स्थानीय सरोकारवालाको आग्रहपछि वन मन्त्रालयका सहसचिव तथा अनुगमन टोलीका संयोजक डा. कृष्णचन्द्र पौडेलले भौतिक संरचना र वन फडानीको अवस्थालाई हेर्दा संरक्षण क्षेत्र बनाउनु आवश्यक रहेको देखियो भन्नुभयो ।

वन मन्त्रालयका उपसचिव तथा अनुगमन टोलीका सदस्य दीपक ज्ञवालीले पश्चिममा महाकाली नदीदेखि पूर्वमा चिसापानीको कणर्ाली नदी, उत्तरमा जोगबुढाको पुन्तुरा खोला र दक्षिणमा पूर्वपश्चिम राजमार्ग सीमा राखी संरक्षित क्षेत्र बनाउन सकिने बताउनुभयो ।

डडेल्धुरामा भइरहेको व्यापक वन फडानीको एक वर्षमा मात्रै १४ वटा टोलीले अनुगमन गरेको तथ्याङ्क छ तर कारबाहीका नाममा यस वर्ष मात्रै दुईजना सहायक वन अधिकृतलाई निलम्बन गरिएको छ भने सात वटा सामुदायिक वनका अध्यक्षलाई पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको छ ।

अन्य शीर्षक
हिंसा रोक्न राजमार्ग बन्द महोत्तरी समाचारदाता
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र भैरहवा समाचारदाता
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली अत्तरिया समाचारदाता
दुर्घटनामा २५ जना घाइते दुल्लु समाचारदाता/दैलेख
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा मानबहादुर सांउद /डडेल्धुरा
महोत्सवको आकर्षण नमुना घर विष्णुप्रसाद पोखरेल/गौरीगन्ज
सहिद परिवारको विचल्ली रौतहट समाचारदाता
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग जयकृष्ण यादव/इनरुवा
कालीगण्डकी-लोकमार्गको काम तीव्र पातीचौर समाचारदाता/पर्वत
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी अत्तरिया समाचारदाता
प्रहरीलाई गुणस्तरहीन सामग्री खाद्यान्नको सट्टा रकम माग नवलपुर समाचारदाता
मन्दिरको जग्गा व्यक्तिगत होइन : अदालत कपिलवस्तु समाचारदाता
पुरातात्विक लोहसरियामा उत्खनन गरिने कपिलवस्तु समाचारदाता
सार्वजनिक जग्गामा घर, घडेरी गणेश खनाल/अर्घाखाँची
निर्णय फिर्ता नलिए सरकार ढल्छ : ओली देउखुरी समाचारदाता
प्राकृतिक चिकित्सालयलाई विश्वविद्यालय बनाइने नवलपरासी समाचारदाता
चुरेलाई संरक्षित क्षेत्र बनाउन माग मानबहादुर साउद
गोर्खा भर्तीकेन्द्र कायम राख : पूर्वसैनिक लमजुङ समाचारदाता
मध्यपश्चिमको सुरक्षामा सुधार भएन बाँके समाचारदाता
अस्पतालको धारा काटियो घोराही समाचारदाता
खुला सिमानाका कारण बढी अपराध नेपालगन्ज समाचारदाता
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : डा. महत रूपन्देही समाचारदाता
गाविसमा नबस्ने सचिवद्वारा धम्की म्याग्दी समाचारदाता
मौसम परिवर्तनको उच्च जोखिममा लमजुङ लमजुङ समाचारदाता
सरकारको निर्णय घातक नेपालगन्ज समाचारदाता
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px