नवलपरासी, माघ १२ गते । नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई नेपालको पहिलो प्राकृतिक चिकित्सा विश्वविद्यालयको रूपमा विकास गरिने भएको छ । आ.व. २०७५।०७६ सम्ममा सो कार्य सम्पन्न गरिने बताइएको छ ।
रजहरमा देशभरिबाट आएका चिकित्साशास्त्र सम्बन्धी विभिन्न विधाका विज्ञहरूको उपस्थितिबीच भएको प्राकृतिक चिकित्सा विषयक अन्तक्रिर्यामा सो सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका प्रमुख डा. चन्द्रकान्त सुवेदीले प्रस्तुत गर्नुभएको अवधारणपत्रमा उक्त कुरा बताउनु भएको हो ।
अवधारणा पत्रमा टिप्पणी गर्दै आयुर्वेद विशेषज्ञ डा. रोहितराज क्षेत्रीले नेपाल प्राकृतिक सम्पदाको धनी देश भएकोले प्राकृतिक चिकित्साको माध्यमबाट सर्वसाधारणलाई उपचार दिन सकिने बताउनुभयो । भारत र चीनको बीचमा रहेको अवस्थामा प्राकृतिक चिकित्साको माध्यमबाट नेपालले ठूलो मात्रामा विदेशी धनराशिसमेत आर्जन गर्न सक्ने उहाँले भन्नुभयो ।
अन्तक्रिर्यामा बोल्दै प्रकृतिक चिकित्साशास्त्र विज्ञ डा. कृष्ण न्यौपानेले प्रकृतिक चिकित्सा पद्धति प्राकृतिकमा उपलब्ध आकाश, वायु, अग्नि, जल एवं पृथ्वीद्वारा मात्र गरिने उपचार विधि भएकाले रासायनिक तìवबाट हुने नकारात्मक प्रभावबाट पूर्ण रूपमा बच्न सकिने बताउनुभयो । नेपाल सरकारले उपचार पद्धतिमा आयुर्वेद, होमियोपेथिक, युनानी, एलोपेथिक एवं प्रकृतिक चिकित्सा पद्धतिलाई मान्यता दिए पनि राज्यको तर्फबाट एलोपेथिक चिकित्सा पद्धतिलाई मात्र प्राथमिकतामा राखेको र अन्य पद्धतिलाई उपेक्षा गरेको आरोप उहाँले लगाउनु भयो ।
सभासद् रोशनबहादुर गाहा मगरको प्रमुख आतिथ्यतामा मङ्गलबार भएको उक्त अन्तर्त्रिmयामा प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठ, नेचुरल ओपन कलेज काठमाडौँका निर्देशक शितलकुमार कार्की, रामपुर क्याम्पसका सहप्रध्यापक श्यामसुन्दर पन्त, उद्योगपति महेन्द्रमान प्रधानलगायतले सो विषयमा मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उक्त अस्पतालमा हाल ६० शय्याको क्षमता छ भने तीन सय शय्या पुर्याउने लक्ष्य रहको सो सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. चन्द्रकान्त सुवेदीले जानकारी दिनुभयो । दस बिगाहा क्षेत्रफमा फैलिएको उक्त चिकित्सालयको जग्गा नेपाल सरकारले उपलब्ध गराएको थियो भने आयुर्वेदिक बगँैचा निर्माणको जिम्मा सभासद् एवं उद्योगपति विनोद चौधरीले लिनुभएको छ । २०६७ असार १ गतेदेखि उपचार सेवा सुरु गरेको उक्त अस्पतालमा क्षमताभन्दा बढि बिरामी आउने गरेको डा. सुवेदीले बताउनुभयो ।