Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
मोफसल विकास गतिविधि
सार्वजनिक जग्गामा घर, घडेरी
गणेश खनाल/अर्घाखाँची
 

अर्घाखाँची, माघ १४ गते । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा हिजोआज सार्वजनिक जग्गा अतिक्रमण गरेर प्लटिङ गर्ने र घर बनाउने कार्यको लहर चलेको छ । राजनीतिक सङ्क्रमणकालको फाइदा उठाएर सन्धिखर्कका केही धनी व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गर्ने र घर तथा घडेरी बनाएर सोझा मानिसलाई बेच्ने दैनिकी जस्तै बनेको छ ।

जग्गा दलालहरूले अहिले बाँगी खोलाको पानी बग्ने ठाउँमा तारजाली राखेर बाटो उठाउने र जग्गा अतिक्रमण गरेर हातको हिसाबले बेचिरहेका छन् । भण्डै ३० मिटर खोलाको भाग रहेको बाँगी खोलालाई जग्गा दलालहरूले अहिले पाँच/छ मिटरमा मात्र सीमित पारेका छन् । उता घोचेखोला र भद्री खोलाको किनारमा खोलाको स्थान रहेको सार्वजनिक जग्गामा धमाधम घरहरू निर्माण गरिएका छन् ।

सन्धिखर्कका खोल्सा-खोल्सी, सार्वजनिक जग्गा मात्र नभएर चुत्राबेसीको बाँगी खोला, घोचेखोला र भद्री खोलाको आसपासमा झण्डै ३० घर सार्वजनिक जग्गामा बनेको स्थानीय बासिन्दाको भनाइ छ । सन्धिखर्कको गुन्टीखोला, इसाराटोल, खोल्सो चुत्राबेसीको भक्तिटोला, प्रगतिबजार, पुरानो बसपार्क पेट्रोलपम्प लाइन र रतहलेको क्षेत्रमा पनि व्यापक रूपमा सार्वजनिक जग्गा अतिक्रमण भएको छ ।

सन्धिखर्क नगरपालिका बनेपछि जग्गा अतिक्रमण गर्न र सार्वजनिक जग्गामा घर बनाउन पाइँदैन भनेर यतिबेला त्यस्ता जग्गा अतिक्रमण गरेर घर बनाउनमा व्यस्त छन् । उनीहरू भन्छन् "सार्वजनिक जग्गामा घर बनाइसकेपछि कसैले डोजर लगाएर भत्काउन सक्दैन । तत्काल घर बनाएपछि थोरै रकम तिरेर उम्कन पाइन्छ ।"

सार्वजनिक जग्गा अतिक्रमणले गर्दा एकातिर सरकारी सम्पत्ति घटिरहेको छ जग्गा दलालहरू रातारात करोडपति बन्दैछन्, अर्कोतिर खोल्सा-खोल्सीको जग्गा मिचिँदा अर्घाखाँचीमा प्राकृतिक प्रकोपको खतरा बढेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

सार्वजनिक जग्गा अतिक्रमण गर्ने गरिब, दीन-दुःखी कोही पनि छैनन् सन्धिखर्कका पहुँचवाला र धनी व्यक्ति र नाम चलेका व्यापारी रहेका छन् । जग्गा व्यवसायीहरूले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रतिहात ५० हजारदेखि तीन लाख रुपियाँसम्म रकम असुलेर त्यस्ता घडेरी बिक्री गर्दै आएका छन् । 

सरकार र वित्त क्षेत्र र बैङ्कले घर घडेरीमा कर्जा प्रदान नगरे पनि पछिल्लो दुई वर्ष यता अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र आसपासका क्षेत्रहरूमा जग्गाको प्लटिङ गरेर घडेरी बिक्री गर्ने क्रम प्रतिदिन बढ्दै गएको छ ।

प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जग्गासम्बन्धी यस्तो समस्या समाधानका लागि स्वेतपत्र जारी गरी अगाडि बढ्ने तयारी भइरहेको जानकारी दिनुभयो । राम्रो काम गर्दा र सार्वजनिक जग्गा बचाउन खोज्दा अर्घाखाँची छोड्नु परे छोड्न तयार रहेको उहाँको भनाइ छ ।

अन्य शीर्षक
हिंसा रोक्न राजमार्ग बन्द महोत्तरी समाचारदाता
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र भैरहवा समाचारदाता
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली अत्तरिया समाचारदाता
दुर्घटनामा २५ जना घाइते दुल्लु समाचारदाता/दैलेख
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा मानबहादुर सांउद /डडेल्धुरा
महोत्सवको आकर्षण नमुना घर विष्णुप्रसाद पोखरेल/गौरीगन्ज
सहिद परिवारको विचल्ली रौतहट समाचारदाता
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग जयकृष्ण यादव/इनरुवा
कालीगण्डकी-लोकमार्गको काम तीव्र पातीचौर समाचारदाता/पर्वत
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी अत्तरिया समाचारदाता
प्रहरीलाई गुणस्तरहीन सामग्री खाद्यान्नको सट्टा रकम माग नवलपुर समाचारदाता
मन्दिरको जग्गा व्यक्तिगत होइन : अदालत कपिलवस्तु समाचारदाता
पुरातात्विक लोहसरियामा उत्खनन गरिने कपिलवस्तु समाचारदाता
सार्वजनिक जग्गामा घर, घडेरी गणेश खनाल/अर्घाखाँची
निर्णय फिर्ता नलिए सरकार ढल्छ : ओली देउखुरी समाचारदाता
प्राकृतिक चिकित्सालयलाई विश्वविद्यालय बनाइने नवलपरासी समाचारदाता
चुरेलाई संरक्षित क्षेत्र बनाउन माग मानबहादुर साउद
गोर्खा भर्तीकेन्द्र कायम राख : पूर्वसैनिक लमजुङ समाचारदाता
मध्यपश्चिमको सुरक्षामा सुधार भएन बाँके समाचारदाता
अस्पतालको धारा काटियो घोराही समाचारदाता
खुला सिमानाका कारण बढी अपराध नेपालगन्ज समाचारदाता
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : डा. महत रूपन्देही समाचारदाता
गाविसमा नबस्ने सचिवद्वारा धम्की म्याग्दी समाचारदाता
मौसम परिवर्तनको उच्च जोखिममा लमजुङ लमजुङ समाचारदाता
सरकारको निर्णय घातक नेपालगन्ज समाचारदाता
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px