प्ार्वत, माघ १५ गते । नेपालको उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको काम तीव्र रूपमा बढेको छ । लोकमार्गअन्तर्गतको पर्वतको कुश्मादेखि स्याङ्जाको मिर्मीखण्डको ट्रयाक खोल्ने काम यस वर्ष पूरा हुने भएको छ ।
धार्मिक, पर्यटकीय र व्यापारिक हिसाबले समेत महत्ìवपूर्ण रहेको यस लोकमार्गको खण्डमा पर्ने कुस्मा मिर्मीखण्डको ५५ किलोमिटर फास्ट ट्रयाक मोटरबाटोमध्ये बाँकी १५ किलोमिटर मोटरबाटो पूरा गराउनेे उद्देश्यले यसवर्ष कालीगण्डकी लोकमार्ग सडकलाई तीव्रता दिन थालएकिो हो ।
कालीगण्डकी लोकमार्गअन्तर्गत मिर्मी-सेतीवेणीमा मोटरबाटो निर्माण गरीे खबरको भीरदेखि सेतीवेणी सम्म ग्रावेलिङ्ग सुरु गरिने उत्तर दक्षिण -कालीगण्डकी कोरिडोर लोकमार्ग) आयोजना कार्यालय बागलुङ्गङले जनाएको छ ।
लोकमार्गमा पर्ने मुस्ताङको लोमान्थानसम्म ट्रयाक ओपन भएको हुँदा उत्तरमा चीनको सिमानादेखि भारतको सिमाना पर्ने भैरहवासम्मको ट्रयाक खुलाउन यसवर्ष कुस्मा मिर्मीसम्मको बाँकी ट्रयाक ओपन गर्ने प्रवासकोे आयोजनाका प्रमुख विष्णुप्रसाद पौडेलले बताउनुभयो ।
कुस्मा मिर्मी भू-भागमा १० करोड ८० लाख बजेट खर्च भैसकेको र यस वर्ष तीन करोडको बजेटले लोकमार्गको ट्रयाक ओपन गरी लोकमार्गको स्तरोन्नतिको कार्ययोजना अगाडि सार्ने विभागका इन्जिनियर लिलाबहादुर भण्डारीले बताउनुभएको छ ।
मुस्ताङसम्म सडक बनेको छ भने मिर्मीदेखि सुनौलीसम्म पनि सिद्धार्थ राजमार्ग रहेको छ । चीन र भारतको सिमाना जोड्ने यस लोकमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको इन्जिनियर भण्डारीले जानकारी दिनुभयो ।
लोकमार्गको कठिन क्षेत्र खबरको भीरमा समेत ट्रयाक ओपन गर्न ५० लाखको ग्रावेलको ठेक्का भएकाले लोकमार्गको कामलाई तीव्र रूपमा अगाडि बढाउन लागिएको इन्जिनियर भण्डारीको भनाइ छ । खबरको भीरमा ट्रयाक खोलेको र बाँकी बजेटले फलेवास, मोदीवेनी सहस्त्रधारा भू-भागमा पनि मोटरबाटोको ट्रयाकसमेत जोड्ने योजना रहेकोे उहाँले बताउनुभयो ।
कालीगण्डकी लोकमार्गले छिमेकी राष्ट्र चीन र भारतको सिमानालाई नेपालकै सबैभन्दा छोटो दूरीमा जोड्ने छ । यस लोकमार्गअन्तर्गत सदरमुकाम कुस्माबाट दक्षिणी भेग सेतीवेणीसम्म सोझै सडक जोडिने भएकाले पर्वत जिल्ला लगायत धौलागिरी अञ्चल र देशले ठूलो लाभ लिने यहाँका सरकोकारवालाले बताउँदै आएका छन् । उत्तर दक्षिणको सबैभन्दा छोटो दूरीको मार्ग भएकाले सिंगो राष्ट्रकै विकासमा टेवा पुराउने स्थानीयवासी पिताम्बर शर्मालेे भन्नुभयो ।