दमक, माघ १५ गते । झापाको दमकमा शनिबारदेखि शुरु भएको आदिवासी जनजाति सांस्कृतिक महोत्सवको प्रमुख आकर्षण विभिन्न जाति जनजातिहरूको पहिचान झल्कने नमुना घर बनेको छ ।
महोत्सवस्थलभित्र दुरुस्तै डेढ दर्जन घरहरू निर्माण मात्र गरिएका छैनन् यी घरहरूको बाहिर र भित्रसमेत उक्त जातिका परम्परागत भेषभूषा तथा संस्कृति जस्ताको त्यस्तै देख्न पाइने भएकाले दर्शकको भीड यसमा लाग्ने गरेको छ ।
प्रस्टै रूपमा कुन जातिको घर हो भनेर थाहा पाउन सकिने र उनीहरूका मौलिक पहिचानको समेत झल्कने भएकाले हरेका समुदायका दर्शकहरूले यसलाई महìव दिएर हेरिरहेका भेटिन्थ्यो ।
धिमाद, मगर, नेवार, कुमाल, राजवंशी, माझी, कुमाल, उराब, ताजपुरीया, राई, लिम्बुलगायतका आदिवासी जनजातिहरूको संस्कार सस्कृति, रहनसहन, भेषभूषा प्रत्यक्ष रूपमा नमुना घरमा हेर्न पाइने गरेको छ । यति मात्र नभएर यी नमुना घरहरूमा यी जातिहरूका परम्परागत खान पान समेत चाख्न पाइन्छ भने खाद्य परिकारहरूलाइ यिनै नमुना घरमा नै पकाइने गरेको बताइएको छ ।
झापाको गौरादहबाट महोत्सवको उद्घाटन कार्यक्रम हेर्न आउनुभएका शङ्कर भट्टराईले भन्नुभयो 'जातजातिको विषयमा पढेको भन्दा यहाँ आएपछि धेरै थाहा पाउने मौका पाइयो ।'
आदिवासी जनजातिहरूको मौलिक भाषा, लिपी रहनसहनको पहिचान गराउने उद्देश्यले सुरु गरिएको मेलामा जातीय समुदायले आफ्नै लगानीमा मौलिक नमुना घर निर्माण गरेर आफ्नो जातिको संस्कार संस्कृति जोगाउन महोत्सव आयोजना भएको नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् दमकका सचिव पदम जबेगुले बताउनुभयो ।
अधिवक्ता तथा आदिवासी नेता नित्यानन्द ताजपुरियाले आदिवासी जनजातिको पहिचान बोकेका नमुना घरहरू विद्यार्थीहरूका लागि खुला विद्यालय भएको र विश्व विद्यालयका विद्यार्थीहरूका लागि खोज भएको बताउनुभयो ।
एकै ठाउँमा यतिबिघ्न जातजातिको मौलिक संस्कृति, भेषभूषा रहनसहनको विषयमा बिरलै मात्र बुझ्न पाइने भएकाले यी मौलिक एक घरले एक जातिको इतिहास देखाउने ताजपुरिया बताउनु हुन्छ ।
महोत्सव मुल आयोजक समितिका अध्यक्ष मोहन धिमालका अनुसार महोत्सवको प्रत्येका दिन यी नमुना घरको आँगनमा दुईवटा जातिका दरले जन्म संस्कारदेखि मृत्यु संस्कारसम्म सबै देखाइने कार्यक्रम रहेको छ ।
आन्तरिक तथा बाहृय पर्यटकका लागि आकर्षणको साथै विद्यार्थीका लागि आदिवासी समुदायको विषयमा बुझ्नलाई खुला विश्व विद्यालयको रूपमा आफूहरूले लिएको समेत धिमालले बताउनुभयो ।
एकै ठाउँमा निर्माण गरिएका नमुना घरहरूले र एक अर्काको संस्कृति तथा संस्कार प्रदर्शनीले आदिवासी जनजाति र अन्य समुदायबीच सुमधुर सम्बन्ध स्थापित हुने आशा गरिएको दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले बताउनुभयो ।
महोत्सव स्थल दमक नगरमा पैँतीसवटा जातिहरूको बसोबास रहेको र यीमध्ये बाइसवटा जातीय संस्थाहरूको महोत्सवमा सहभागिता रहेको महोत्सव आयोजक समितिले दाबी गरेको छ ।
करिब एक लाख जनसङ्ख्या रहेको दमकमा सत्तरी प्रतिशत जनसङ्ख्या आदिवासी जनाजातिको रहेको समेत नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् दमकले जनाएको छ ।
महोत्सवमा आदिवासी जनाजातिहरूले उत्पादन गरेका हस्तकलाका सामग्री र भेषभूषा बुन्न प्रयोग गरिने परम्परागत सामग्रीहरू समेत राखिएको छ ।
महोत्सवको आकर्षण नमुना घर
विष्णुप्रसाद पोखरेल/गौरीगन्ज