Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
आगामी बजेटको प्राथमिकता जलविद्युत्मा नै ध्यान दिनु जरुरी
नेपालगन्ज समाचारदाता
 

नेपालगन्ज, चैत २ गते। जलविद्युत् विकासलाई प्राथमिकता दिन नेपालगन्जका व्यवसायीहरूले सरकारसँग माग गरेका छन्। नेपाल राष्ट्र बैङ्क अनुसन्धान विभाग काठमाडौँको आयोजनामा नेपालगन्जमा आयोजित 'पूर्व बजेटका लागि सर्वेक्षण' कार्यक्रममा यहाँका व्यवसायी तथा सरोकारवाला निकायहरूका सहभागीले सो माग गरेका हुन।

नेपाल सरकार अर्थमन्त्रालयको आर्थिक सल्लाहकारका रूपमा रहेको नेपाल राष्ट्र बैङ्क, अनुसन्धान विभागले यस क्षेत्रका कृषि, उद्योग, सेवा, पूर्वाधार तथा वैदेशिक व्यापारका क्षेत्रमा भएका समस्या, आगामी वर्षको बजेटको परिदृश्य तथा समाधानका उपायका बारेमा राय लिने सम्बन्धमा व्यवसायीहरूले हाइड्रो पावरलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताए।

सम्पूर्ण क्षेत्रमा विद्युत् अत्यावश्यक भएकाले यसको विकासका लागि आगामी नीति तथा बजेटमा समावेश गरिनुपर्नेमा कुरामा उनीहरूले जोड दिएका छन्। समग्र नेपालको आर्थिक विकासका लागि हाइड्रोपावर मुख्य क्षेत्र बनेको उनीहरूको भनाइ छ। आर्थिक विकासमा टेवा पुर्‍याउने सम्पूर्ण क्षेत्रमा विद्युत् अपुगको समस्यालाई समाधान गर्न नेपाल सरकारको ध्यान हाइड्रोपावरको विकासमा जानुपर्ने व्यवसायीहरूले माग गरेका छन्।

विद्युत् अपुगका कारण बाँकेका उद्योगहरूले दैनिक एक करोड रुपियाँभन्दा बढी घाटा बेहोरेको केएल दुगड गु्रपका प्रबन्धक प्रदीप छाछेडले बताउनुभयो। विद्युत् समस्याका कारण उद्योग सञ्चालनमा समस्या परेको छ, उहाँले भन्नुभयो। उद्योग सञ्चालन, सिँचाइ र सेवा क्षेत्रमा विद्युत् समस्या खड्केको उहाँको भनाइ छ। हाइड्रोपावरमा नेपाल सरकारको ध्यान केन्दि्रत गर्नुपर्ने वषर्ा मेटल इण्डस्टि्रजका सञ्चालक के.एल. वैद्यको भनाइ छ।

विद्युत् विकासका लागि नेपाल सरकारको लगानीका साथै वैदेशिक लगानी प्रवर्द्धनमा जोड दिनुपर्ने व्यवसायीहरूले बताएका छन्। कृषिको उर्वर क्षेत्र मानिने बाँके जिल्लामा रासायनिक मल, गुणस्तरीय बीउ, सिँचाइ र शित भण्डारको समस्या भएको कृषकहरूले बताए। कृषकलाई राहत हुने खालका कार्यक्रम सरकारले नल्याएको गुनासो गरे। बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइलाई छिटो छरितो सम्पन्न गरे कृषि उत्पादन अत्यधिक बढ्ने उनीहरूको भनाइ छ।

लामो समयदेखि कृषकहरूसँग मिलेर काम गर्दै आएको केएल दुगड गु्रपका प्रबन्धक छाछेडले जिल्लामा माटो परीक्षण गरी सुहाउँदो खेती गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो। नेपालगन्जमा सडक, ढल निकास, व्यवस्थित बजारीकरणजस्ता समस्याले यहाँका होटलहरूमा विकास हुन नसकेको होटल व्यवसायीहरूले बताएका छन्। बाहृय पर्यटकहरूले यहाँको अवस्था देखेर आउन नमान्ने कारण र भारत भएर आउने पर्यटकका लागि मध्य तथा सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको बारेमा परिचित बनाउन आगामी नीति तथा बजेटले छुनु पर्ने उनीहरूको भनाइ छ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनिलकुमार शर्माले नेपालगन्जको समग्र विकासका लागि आगामी बजेटमा जडीबुटीको प्रशोधन केन्द्र, शित भण्डारण केन्द्र, पशु तथा कृषि जाँचका लागि उच्चस्तरीय ल्याब र कृषि सडकमा विशेष बजेट छुट्याउनुपर्ने माग गर्नुभयो।

त्यसैगरी अर्थशास्त्री डा. आरके शाहले जुम्लाको स्याउको जुस बनाउन आगामी बजेटमा जुस प्रशोधन केन्द्रको लागि रु. एक अर्ब बजेट छुट्याउनु पर्ने बताउनुभयो। मासु र दूध उत्पादनका लागि यो क्षेत्र महìवपूर्ण भएकाले किसानलाई राहत हुने खालका कार्यक्रम ल्याउनुपर्ने जिल्ला पशु सेवा कार्यालय बाँकेका पशु चिकित्सक डा. जनक भण्डारीले बताउनुभयो।

नेपाल राष्ट्र बैङ्क, अनुसन्धान विभाग काठमाडौँका निर्देशक डा. शङ्करप्रसाद आचार्यले आगामी बजेट विगतका बजेटभन्दा प्रभावकारी हुने बताउनुभयो।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्क नेपालगन्जका मुख्य व्यवस्थापक जनक अधिकारी र व्यवस्थापक कल्याण बन्धु अर्यालले आगामी बजेटले सम्पूर्ण क्षेत्रलाई प्रभावकारी रूपमा समेटेर जानुपर्ने

धारणा राखेका थिए।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px