Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
राष्ट्रिय
कक्षा नौसम्म 'साँच्चै' निःशुल्क
प्रकृति अधिकारी
 
काठमाडौँ, चैत १८ गते । आगामी शैक्षिकसत्रमा कक्षा नौसम्मका विद्यार्थीले निःशुल्क शिक्षा प्राप्त गर्ने भएका छन् । शिक्षा मन्त्रालयले आर्थिक कारण देखाउँदै आगामी शैक्षिकसत्रमा कक्षा नौसम्म निःशुल्क शिक्षाको तयारी गरेको हो । शिक्षामन्त्री दीनानाथ शर्माले भन्नुभयो, "आगामी वर्ष कक्षा नौसम्ममात्र निःशुल्क शिक्षा उपलब्ध गराइनेछ ।" हाल कक्षा एकदेखि आठसम्मको शिक्षा निःशुल्क भने पनि नाममात्रको निःशुल्क छ । सो तहका विद्यार्थीले निःशुल्कका नाममा मासिक र परीक्षा शुल्क बुझाउनुपर्दैन भने कक्षा १० सम्मका विद्यार्थीलाई गत वर्षदेखि नै पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउन थालिएको हो । सामुदायिक विद्यालयहरूलाई प्रशासनिक, पूर्वाधारलगायतका खर्चका साथै अपुग शिक्षकका कारण निजी स्रोतमा राख्नुपर्ने शिक्षकको तलबसमेतको व्यवस्थापन गर्नुपर्ने भएकाले अधिकांश विद्यालयहरूले विभिन्न नाममा अतिरिक्त शुल्क उठाउने गरेका छन् । शिक्षा विभागले प्रतिविद्यार्थी ९० रुपियाँका दरले परीक्षा शुल्कवापतको रकम विद्यालयहरूलाई उपलब्ध गराउने गरे पनि कतिपय विद्यालयहरूले परीक्षा शुल्क असुल्ने गरेका छन् भने कतिपयले अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने गरिएको भन्दै मासिक शुल्कसमेत उठाउँदै आएका छन् । त्यस्तै, भर्ना शुल्क, वाषिर्क शुल्क, भौतिक पूर्वाधार शुल्कलगायतका शीर्षकमा पनि सरकारी विद्यालयहरूले विद्यार्थीहरूबाट शुल्क उठाउने गरेका छन् । राज्यले माध्यमिक तहसम्म निःशुल्क र अनिवार्य शिक्षा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे पनि हालसम्म शिक्षालाई अनिवार्य गर्न सकिएको छैन । हाल तयार गरिएको शिक्षा विधेयकमा अनिवार्य शिक्षालाई कार्यान्वयन गर्न लक्ष्यित समूहका अभिभावकलाई विभिन्न खाले सुविधाहरूको आकर्षण दिइने प्रस्ताव गरिएको छ । गत वर्ष शिक्षा मन्त्रालयले करिब ७० अर्ब रुपियाँ प्राप्त हुनसके माध्यमिक तहमा सम्पूर्ण निःशुल्क गर्न सक्ने प्रस्ताव अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग समक्ष बुझाएको थियो, तर चालु आर्थिक वर्षका लागि ६३ अर्ब ९१ करोड रुपियाँ बजेट उपलब्ध गराइएको थियो । आयोगले आगामी आर्थिक वर्षका लागि शिक्षामा ६९ अर्ब ५० करोड रुपियाँको बजेट सिलिङ तोकेको छ । मन्त्रालयका पदाधिकारीहरू सो रकमबाट माध्यमिक तहसम्म पूर्ण निःशुल्क गर्न सम्भव नहुने तर्क गर्छन् । नेपालको अन्तरिम संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट कानुनमा व्यवस्था भएबमोजिम माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने हक हुने भनी स्पष्ट व्यवस्था गरिएको छ । सो कार्यान्वयन नभएको भन्दै विगतमा सर्वाेच्च अदालतमा यससम्बन्धमा दुईवटा रीटसमेत परेको थियो । गत २०६७ फागुन ११ गते सर्वाेच्च अदालतका न्यायाधीशहरू बलराम केसी र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले माध्यमिक तहका विद्यार्थीहरूबाट कुनै पनि शुल्क नलिने व्यवस्था गर्न तथा आवश्यक परे कानुनसमेत निर्माण गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो । शिक्षामन्त्री शर्माले हरेक वर्ष क्रमशः कक्षा १२ सम्म अनिवार्य र निःशुल्क शिक्षा उपलब्ध गराइने बताउनुभयो । तीन वर्षदेखि कक्षा ८ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउन थालिएको हो । विभागले कक्षा नौसम्म निःशुल्क गर्नका लागि सो तहसम्म प्रतिविद्यार्थी लागत -पीसीएफ)को व्यवस्था गर्ने बताइएको छ । हाल कक्षा आठसम्ममात्र पीसीएफ उपलब्ध गराइन्छ । चालु आर्थिक वर्षका लागि पीसीएफ वापत एक अर्ब रुपियाँ विनियोजन गरिएको छ । विभागका पदाधिकारीहरू कक्षा नौसम्म नै पीसीएफ दिनुपर्ने भएमा सोही रकमबाट बाँडफाँट गर्नुपर्ने बताउँछन् । विभागबाट कक्षा १-५ को पाठ्यपुस्तकका लागि ७५ करोड ७९ लाख रुपियाँ, कक्षा ६-८ का लागि ५४ करोड २४ लाख रुपियाँ, कक्षा ९-१० का लागि २९ करोड ३३ लाख रुपियाँ र कक्षा ११-१२ का लागि १६ करोड ३९ लाख रुपियाँ जिल्लाहरूलाई उपलब्ध गराएको छ ।
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने गोरखापत्र समाचारदाता
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला गोरखापत्र समाचारदाता
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल गोरखापत्र समाचारदाता
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट हीरालाल विश्वकर्मा/रासस
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस गोरखापत्र समाचारदाता
मुलुक सङ्कटउन्मुख : नेम्वाङ गोरखापत्र समाचारदाता
माओवादी विभाजित हुनसक्छ : बादल गोरखापत्र समाचारदाता
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय राष्ट्रिय समाचार समिति
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस लमजुङ समाचारदाता
कुरा दाह्रीका .........
जातजातिको एकता खलबलिन दिन हुन्न : दाहाल चितवन/भरतपुर समाचारदाता
'संविधान प्रतिकात्मक हुने' गोरखापत्र समाचारदाता
सङ्घीयतासहितको संविधान आउँछ : नेताहरू गोरखापत्र समाचारदाता
'नेपाली राजनीतिलाई जटिलतामा फसाइएको छ' गोरखापत्र समाचारदाता
सहमतिप्रति वैद्य समूह असहमत गोरखापत्र समाचारदाता
विश्वविद्यालय शिक्षालाई वैज्ञानिकीकरण गर्नुपर्छ गोरखापत्र समाचारदाता
संविधान बन्ने आशा जगाएको छ शरद/राजेश/सीता
थ्री गर्जेज विश्वविद्यालयद्वारा दस पूर्ण छात्रवृत्ति प्रदान गोरखापत्र समाचारदाता
राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गोरखापत्र समाचारदाता
माओवादी सेनाका लडाकूलाई सहयोग गोरखापत्र समाचारदाता
महिला पत्रकारको गुणात्मक विकास जरुरी गोरखापत्र समाचारदाता
भाषिक समानतामा रूपान्तरण आवश्यक धीरेन्द्र प्रसाद साह
कक्षा नौसम्म 'साँच्चै' निःशुल्क प्रकृति अधिकारी
भाषिक अन्योल हटाउन ध्यानाकर्षण गोरखापत्र समाचारदाता
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px