Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
मोर्चाको राष्ट्रिय दायित्व
 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले शनिबार खुलामञ्चमा आयोजित आमसभामा शान्ति तथा संविधानका निम्ति बुलन्द आवाज घन्काएका छन्। मुलुकमा शान्तिको अपरिहार्यता दर्साउँदै मोर्चाले आउँदो जेठ १४ गतेभित्र संविधान जारी हुनुको विकल्प नरहेको दर्साउँदै सङ्घीयताबेगरको संविधान अस्वीकार्य हुने ठहर गर्नु अस्वाभाविक होइन। पहिचानसहितको सङ्घीयता नआएमा मुलुक भयावह सङ्कटमा फँस्नेप्रति पनि मधेसीनेताको चिन्ता रहेको छ। सङ्घीयताविरुद्ध चलखेल बढिरहेकामा चिन्ता प्रकट गर्दै सङ्घीयताविनाको संविधान ल्याइएमा मधेसी, आदिवासी, जनजाति सबै मिली व्यापक आन्दोलनमा जाने स्वर मुखरित हुनुलाई अन्यथा मान्नमिल्दैन। २२ वर्षअघि यही खुलामञ्चमा सद्भावना पार्टीको कार्यक्रम हुँदा ढुङ्गा र जुत्ता बर्सिएको इतिहास स्मरण गर्दै आज अवस्था फेरिएकामा मधेसी नेताले सन्तोषानुभूतिसमेत व्यक्त गरेका छन्। चर्को स्वरमा आक्रोशपूर्ण अभिव्यक्ति प्रकट गरिए पनि आमसभाको मूल अभिप्राय शान्ति, संविधानका काम भेदभाव र उपेक्षामा परेका सम्पूर्ण नेपालीलाई समेट्दै समयसीमाभित्रै टुङ्गनिु रहेको बुझिन्छ। धर्मनिरपेक्षता, गणतन्त्र तथा सङ्घीयता विद्यमान नेपाली राजनीतिको मूल मर्म भएकाले यसका निम्ति स्वर कडा पारिनुलाई बेठीक भन्नु अनुचित हुनेछ। पहिचानका आधारमा सङ्घीयताको कुरो पनि निश्चय नै कुनै नौलो र अप्रत्याशित होइन। आमसभा भएका ठाउँमा नेतृìवका बोलीमा व्यक्त चखिलो लबजलाई पनि ठूलो टीकाटिप्पणीको पक्ष बनाउनुको तुक छैन। तिक्तता आवश्यकताभन्दा बढी व्यक्त भएका हुनसक्छन् र अनावश्यक शङ्का, उपशङ्काका फुआरा छुटेका हुनसक्छन्। तर जहाँसम्म मधेसी नेताहरूको र मधेसी मोर्चाको अडानको प्रश्न छ, उसले पनि अन्य राजनीतिक शक्तिझैँ राष्ट्रिय हितलाई सर्वोपरि मानी लचकता अँगाल्नैपर्छ। आमसभामा मधेसी नेताहरूले यो लचकता प्रदर्शन पनि गरेका छन्, यो सकारात्मक सङ्केत र सन्देश हो ।

संविधानसभामा ३२ दल भए पनि मूलतः एनेकपा माओवादी, नेपाली काङ्गे्रस, नेकपा

-एमाले) र मधेसी मोर्चा चार शक्ति रहेका छन्। यी चारै शक्तिको प्रमुख सहमति र अगुवाइमा शान्ति र संविधान निर्माणको महायज्ञ सम्पन्न हुनु अति आवश्यक बनेको छ। 'मेरो गोरुको बाह्रै टक्का' प्रवृत्तिले कोही कसैको भलो नहुने इतिहासले साबित गरिसकेको छ। मधेसी नेताले यस वास्तविकतालाई नबुझेका छैनन्, कुनैबेला एक मधेस एक प्रदेशको नारा घन्काउने मधेसी नेताहरूमा यो नारा मत्थर हुँदै जानुलाई मधेसी नेतृत्व क्रमशः यथार्थवादी हुन गइरहेको ज्वलन्त दृष्टान्त मान्नसकिन्छ। जहाँसम्म पहिचानसहितको सङ्घीयताको सवाल छ, त्यो पनि समात्नै नसकिने चरो अवश्य होइन। पहिचान पनि परिवर्तनका लागि हो तसर्थ पहिचानले ओगट्ने व्यापक अर्थ नेतृìव वर्गले पहिल्याउन सकेमा नयाँ नेपालको सिर्जनाका लागि मार्गप्रशस्त हुन बेर नलाग्ने पक्का छ। राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताका सम्बन्धमा मधेसी नेता पनि त्यत्ति नै सचेत, सजग र जागरूक छन्। 'हिमाल, पहाड, तराई-कोही छैन पराइ'को नारामात्र होइन, व्यावहारिक हिसाबमै सामाजिक सद्भाव विकास गर्न पनि मधेसी नेताले खुला हृदयको चिनारी दिँदै आएका छन्। सानो चित्तले अबको नेपालमा राजनीति सम्भव छैन। यस ध्रुवसत्यलाई मधेसीलगायत तमाम नेतृìव वर्गले आत्मसात् गर्नैपर्छ। सङ्घीय लोकतान्त्रिक, गणतन्त्र, एवं समावेशी तथा सहभागितामूलक संविधान नै आजको आवश्यकता भएकामा बिरलै विमति होला Û यसको प्राप्तिका लागि जनान्दोलनकारी शक्ति एकजुट हुनुको विकल्प छैन। निर्धारित समय निकै कम रहेकाले प्रमुख राजनीतिक शक्ति अब दन्तबझानमा होइन, मनमिलानमा केन्दि्रत हुनुपर्छ। अन्तिम घडीमा आएर यो वा त्यो बहानामा मुन्टो बटार्न थालियो भने मुलुक र मुलुकवासी भड्खारामा पर्नेछन्। वर्तमान जटिल, अन्योलपूर्ण, तरल एवं संवेदनशील वस्तुस्थितिबाट मुलुकलाई उद्धार गर्न मधेसी मोर्चाले पनि महìवपूर्ण बृहत् भूमिका निर्वाह गर्नैपर्छ । यो राष्ट्रकै माग पनि हो। त्र

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px