भीमदत्तनगर, चैत १९ गते। महिला हिंसाविरुद्ध सचेतना फैलाउने उद्देश्य अनुरूप 'हाम्रो गोल महिला हिंसाविरुद्ध बोल' नारासहित कञ्चनपुरमा मैत्री फुटबल खेल हुने भएको छ।
कञ्चनपुर जिल्ला फुटबल सङ्घ र ए डिभिजनको जाउलाखेल क्लबबीच मङ्गलबार यहाँ मैत्री फुटबल खेल हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।
कञ्चनपुर फुटबल सङ्घका अध्यक्ष भीम थापाले साथी संस्थाको आर्थिक सहयोगमा उक्त खेल आयोजना गरिन लागेको बताए। साथी र अखिल नेपाल फुटबल सङ्घ -एन्फा) बीच फेबु्रअरी १२ मा भएको सहमति अनुरूप देशका तीन स्थानमा जाउलाखेल र स्थानीय फुटबल सङ्घबीच महिला हिंसा न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले मैत्री फुटबल खेलको आयोजना गरिन लागेको उनले जानकारी दिए।