Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
ओठे विकासमा सीमित नहोस् सहकारी अभियान
 

'सहकारी व्यवसायद्वारा समृद्ध नेपालको निर्माण' नारा घन्काउँदै सोमबार ५५ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । सहकारी अभियान आजको विश्वव्यापी आवश्यकता बनेको छ । 'सहनाववतु सहनौ भुनक्तु' जस्ता वैदिक सूक्तिबाट सहकारिताको मर्म यहाँ उहिल्यै आत्मसात् गरिएको अनुभव गर्नसकिन्छ भने गुठी, धर्मभकारी आदि परम्परागत संस्थालाई यसको प्रचलनका बलिया उदाहरण मान्नसकिन्छ । तैपनि आज जे जस्तो स्वरूप र अवधारणामा सहकारी अभियानको विकास भएको छ, यसको प्रारम्भिक इतिहास भने लामो छैन । वि.सं.२०१३ साल चैत २० गते चितवन जिल्लामा स्थापना भएको बखानपुर ऋण सहकारी संस्था नै नेपाली पहिलो सहकारी संस्था हो । यही संस्थाको स्थापना दिनलाई विशेष महìव दिई बर्सेनि चैत २० गतेका दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन रहेको छ । उन्नाइसौँ शताब्दीको आधाआधीताका बेलायत, जर्मनी हुँदै अघि बढेको सहकारी आन्दोलन जापान, इटाली, डेनमार्क, प|mान्स, आयरल्याण्ड, चीन आदि मुलुक हुँदै आज प्रभावकारीरूपमा फैलँदो छ । दक्षिण एसियाली मुलुकभित्रै पनि सहकारी सफल भएका दृष्टान्त अनेक छन् । बङ्गलादेशमा यसको सुुन्दर नमुना पाउनसकिन्छ । थोरै समयमा नेपालले पनि सहकारी क्षेत्रमा उल्लेख्य काम गरेको छ । छरिएर रहेका आम नेपालीका पूँजी, श्रम, सीप र प्रविधिको उपयोग तथा उद्यमशीलताको विकासका निम्ति २३ हजारभन्दा बढी प्रारम्भिक सहकारी संस्था क्रियाशील हुनुलाई उत्साहबर्द्धक अवस्था मान्नैपर्छ ।

गरिबी निवारणका क्षेत्रमा सहकारी अभियानले अभूतपूर्व योगदान गर्नसक्नेमा दुईमत रहँदैन । ससाना लगानीमा सीमित रहेको सहकारितालाई जलस्रोत, पर्यटनलगायतका विभिन्न ठूला फाँटमा पुर्‍याउनु जरुरी छ । सहकारी अभियानमार्फत रोजगारी सिर्जना, आयआर्जन, उत्पादकìव बृद्धि, कृषिको व्यवसायीकरण तथा कृषि उत्पादनको बजारीकरण आदितर्फ सार्थकता हासिल हुँदै गइरहेको पाइए पनि सन्तोष मान्नुपर्ने स्थिति भने छैन । सङ्ख्यात्मक हिसाबमा सहकारी संस्थाको ठूलो रूप देखिए पनि गुणात्मकताका पक्षमा कमी, कमजोरी धेरै छन् । राजधानीलगायत शहरी क्षेत्रमा जे जसरी सहकारी संस्था थपिँदै गएका छन्, त्यस अनुपातमा दुर्गम भेगसम्म सहकारीको पहँुच छैन । आवश्यक निगरानीको अभावले विकृति बढेका छन् । सहकारीको मूल्य, मान्यताविपरीत संस्था चल्नथाल्नुलाई साधुवादको विषय मान्नसकिँदैन । सहकारी संस्था दर्तामा जोड दिने, नियमित निगरानीमा चासो नलिने प्रवृत्तिले सहकारी संस्थालाई स्वनामधन्य हुन नदिएको यथार्थ सरोकारीले स्वीकार्नैपर्छ । वि.सं.२०४६ सालको परिवर्तनपछि सहकारी क्षेत्रमा आन्दोलन नै भएसरि भटाभट संस्था खोल्ने लहर चले पनि खुलेका जति चलेका र चलेका जति टिकेका उदाहरण पाइँदैन । जनसाधारणका रकम कुम्ल्याई सञ्चालक भाग्ने परिपाटीले एकताका सहकारी भन्नासाथ बीस हात पर भाग्नुपर्ने अवस्था सिर्जिएको विदितै छ । यो रोग अझै निमिट्यान्न नभइसकेको पनि जगजाहेर छ । सहकारी क्षेत्रप्रति विश्वास बढाउनुपर्ने चुनौतीपूर्ण अवस्था छ । केही सहकारी सञ्चालकका गलत प्रवृत्तिका कारण समग्र सहकारी अभियान प्रदूषित नठहरिनु स्वाभाविक हो । त्यस्ता खराब परिपाटी बिस्तारै कम हुँदै जानुले यसको पुष्टि गरेको छ । रहे, भएका कमी, कमजोरी मेटाउनेतर्फ सम्बद्ध निकाय जोडतोडका साथ सक्रिय हुनुपर्छ । सहकारी संस्थामाथि नियन्त्रण होइन, नियमनचाहिँ जरुरी रहेको हेक्का राख्न चूक नहोस् । सहकारी संस्थामा जम्मा रकमको प्रत्याभूति दिने संयन्त्र बन्नसके सहकारिताको अभियानले ठूलो फड्को मार्नेमा सन्देह रहँदैन । त्र

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px