काठमाडौँ, चैत २० गते चौथो राष्ट्रिय दृष्टिविहीन क्रिकेट प्रतियोगिताअन्तर्गत उद्घाटन दिन सोमबार लुम्बिनी र बाँकेले जित हात पारेका छन्।
पुल्चोकस्थित इञ्जिनियरिङ क्रिकेट मैदानमा भएको पहिलो खेलमा लुम्बिनीले कास्कीलाई दस विकेटले र दोस्रो खेलमा बाँकेले चितवनलाई पाँच विकेटले हराए।
उद्घाटन खेलमा कास्कीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १९७ रन बनाएको थियो। जसमा लोकबहादुर थापाको ५६ रनको योगदान महìवपूर्ण रहृयो। प्रारम्भिक ब्याट्सम्यानद्वय खिमानन्द गैरे ८८ र सुनील क्षेत्री ५८ रन बनाएर अन्तसम्म आउट नभएपछि लुम्बिनीले २०औँ ओभरमा १९८ रन बनाई जित हासिल गर्यो। खिमानन्द म्यान अफ दि म्याच घोषित भए।
दोस्रो खेलमा टस हारेपछि पहिले ब्याटिङ गर्न आएको चितवनले बदप्रसाद पौडेलको ५६ रनको मद्दतमा निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १९२ रन बनाएको थियो। बाँकेले २० ओभरमा पाँच विकेटको क्षतिमा १९३ रन बनायो।
बाँकेका लागि नरिलाल गिरीले सर्वाधिक ५२ रन बनाए भने वीरेन्द्र कुँवरले २४ रनको योगदान दिए। यसअघि बलिङमा पनि सर्वाधिक तीन विकेट लिएकोले वीरेन्द्रलाई म्यान अफ दि म्याच घोषित गरियो।