काठमाडौँ, चैत २० गते। राष्ट्रिय खेलकुद परिषद् -राखेप)ले सोमबार पाँचै विकास समितिमा हिसाब फछ्र्योट समितिमा रहेका पदाधिकारीलाई उपस्थिति गराउँदै छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको सम्पूर्ण खर्च विवरण उपलब्धताको नजिक पुगेको जानकारी दिएको छ।
छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यापक अनियमितता भएको, भौतिक पूर्वाधार निर्माणमा घोटाला भएको, मापदण्ड अनुसार भौतिक पूर्वाधार नभएको जस्ता समाचार प्रकाशनमा आएपछि र खेलकुद क्षेत्रबाट व्यापक गुनासो आएपछि व्यवस्थापिका-संसद्को लेखा समितिले सक्रियता देखाउँदै छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको सम्पूर्ण खर्च विवरण चैत २५ गतेभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको थियो।
यसैगरी, आजसम्म सम्पूर्ण पेश्की फछ्र्योट गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन पनि दिइएको थियो। पेश्की फछ्र्योट गर्ने सम्बन्धमा राखेपले म्याद थप गर्न समय मागेको छ।
हिसाब फछ्र्योट समितिअन्तर्गत राखेपका कोषाध्यक्ष तथा मूल संयोजक इन्द्रबहादुर थिङले आफूहरू हिसाबकिताब बुझाउने क्रममै रहेको समयमा लेखा समितिको निर्देशन आएको बताए। राज्यको चासोलाई हामीलाई सकारात्मक रूपमा लिएका छौँ, हामी यस काममा जुटिरहेकै थियौँ र अहिले पनि छौँ, अन्तिम रुपरेखा दिन मात्र बाँकी छ, कोषाध्यक्ष थिङले भने।
यसैगरी, पाँचै क्षेत्रका क्षेत्रीय हिसाब फछ्र्योट समितिका संयोजक तथा सदस्यहरूले पनि आ-आˆनो हिसाबकिताब फछ्र्योटको नजिक पुगेको जानकारी दिए। सबैको एउटै भनाइ थियो- सकेसम्म चाँडै फछ्र्योट गर्ने छौँ, केही स्पष्ट भई नसकेका खर्चको सोधखोज गर्न मात्र बाँकी छ, यसबाहेक लगभग सबै हिसाबकिताब मिलिसकेको छ।