Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
शनिवार
केही निराशा केही आशा
प्रजित शाक्य
 

हरेक सुरुआतले आफूसँगै अन्त्य पनि लिएर आएकै हुन्छ, यो संसारको नियम हो। यसलाई टार्न सकिँदैन। यस्तै वर्ष २०६८ पनि इतिहासको गर्भभित्र लुक्नेक्रममा रहेको छ। नयाँ सालको सुरुआतसँगै बितेको वर्ष के पायौँ, के गुमायौँ, त्यसको समीक्षा पनि अवश्य हुने गर्छ। हामी पनि २०६८ सालमा नेपाली खेलकुदको चिरफार गर्ने प्रयास गर्नेछौँ।

२०६८ नेपाली खेलकुदका लागि मिश्रति वर्षका रूपमा रह्यो। जुन वर्ष नेपाली खेलकुद इतिहासमा केही उल्लेखनीय घटना त भए तर स्वणिर्म अध्याय भने जोडिएन। खासगरी नेपालका दुई ठूला खेल फुटबल र क्रिकेटले अन्तर्राष्ट्रिय मानचित्रमा आ-आप\mनो छवि केही उकासे। यी दुवै खेलले छिटपुट रूपमै भए पनि अन्तर्राष्ट्रिय खेलकुदमा सफलताका कथा रचे।

बित्न लागेको वर्षमा नेपाली क्रिकेट आप\mनो छवि उच्च पार्नेमा सबैभन्दा अगाडि रह्यो। नेपाली युवा महिला क्रिकेटले कुवेतमा एसीसी यु-१९ क्रिकेट प्रतियोगितामा गरेको हृयाटि्रक उपाधि २०६८ सालको सबैभन्दा ठूलो उपाधिका रूपमा रह्यो। जसले अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको नाम उच्च पार्नेमा महिला क्रिकेट सबैभन्दा अगाडि छ भन्ने फेरि प्रमाणित भएको छ। तेस्रो संस्करणसम्ममा एसीसी यु-१९ मा अहिलेसम्म अपराजित छ। घरेलु संरचना अझै ठोस नहुँदा वर्षको दुईभन्दा बढी प्रतियोगिता नखेल्ने नेपाली महिला खेलाडीले सीमित स्रोत, साधन र अपर्याप्त अभ्यासबीच पनि पाएको लगातार सफलताको जति प्रशंसा गरे पनि कमै हुन्छ।

यसपालि पुरुष क्रिकेट टिमले पनि धेरै हदसम्म ठूलो प्रतियोगितामा कमजोर प्रदर्शनको आलोचनालाई चुप गरायो। घरेलु मैदानमा एसीसी टि-ट्वान्टीको तेस्रो संस्करणमा बलियो प्रतिद्वन्द्वीबीच चौथो स्थान हासिल गरेर नेपाल विश्वकपको अन्तिम छनेाटमा चयन हुनु पनि कम गौरवको विषय थिएन। तर, ग्लोबल छनोटमा भने नेपालले सातौँ स्थानमै चित्त बुझाउनुपर्‍यो। यद्यपि, नेपाली क्रिकेटरले समूह चरणको अन्तिम खेलसम्म पनि चयन हुने सम्भावना कायम राखेको थियो। विश्वका शीर्ष एसोसिएट 'टिम'बीचको प्रतिस्पर्धामा नेपालबाट यस्तो गर्विलो प्रदर्शनको आशा कमैले गरेका थिए। नेपालका कप्तान पारस खड्का अलराउन्डर, शक्ति गौचन विश्व टि-ट्वान्टी कप छनोटको उत्कृष्टमा पर्न सफल भए। सो प्रतियोगितामा १६ विकेट लिएपछि शक्तिलाई आइपीएल टिम राजस्थान रोयल्सले 'ट्रायल'का लागि बोलाएको थियो।

यसअघि, माल्दिभ्समा सम्पन्न यु-२५ सार्क टि-ट्वान्टीमा सधँै आलोचनाको पात्र बन्ने ब्याट्सम्यान फरक रूपमा प्रस्तुत भए। नेपालले भारतको सशक्त टिम कर्नाटकविरुद्ध २१९ रनको लक्ष्य पनि पछ्याएको थियो। नेपाली क्रिकेट टिमका नयाँ प्रशिक्षक पुबुदू दासनायकेले २०६८ मा नेपाली क्रिकेटलाई सही दिशामा डोर्‍याएको प्रतीत हुन्छ। घरेलु क्रिकेटको कुरा गर्ने हो भने दुई नवप्रवेशी टिमले राष्ट्रिय प्रतियोगिता जित्यो। एकदिवसीय क्रिकेट एपीएफ र टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता नेपाल प्रहरीको पोल्टामा गयो। यस वर्षमात्र घरेलु क्रिकेट खेले पनि प्रायः राष्ट्रिय खेलाडी अनुबन्धित गरेकाले नयाँ भएर पनि दुवैको उपाधि अपेक्षित नै थियो।

नेपाली राष्ट्रिय फुटबल टिम उतारचढावको प्रदर्शन गरेर भए पनि वर्षभरि नै फुटबलप्रेमीको मनमस्तिष्कमा छाइराख्यो। घरेलु मैदानमा विश्वकप छनोटको प्रारम्भिक चरणमा पूर्वी टिमोरलाई दुई खेलमा समग्रमा ७-१ ले हराएर विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणमा स्थान बनाउन सफल भएको छ। सन् १९८५ मा पहिलोपटक विश्वकप छनोटमा सहभागिता जनाएको नेपालले यसअघि प्रारम्भिक चरण पार गरेको थिएन।

दोस्रो चरणमा नेपालले जोर्डनको सामना गर्‍यो। जोर्डनको पराई मैदानमा ९ गोलको भारी बोकेर नेपाली फुटबल टिम अवश्य लाजमर्दो बनेको थियो। जोर्डनको अम्मानमा नेपाली फुटबल टोलीले ९ गोल खानु पर्दा ठूलै चोट अनुभव पनि गरियो। तर, नेपालले घरेलु 'लेग'मा एसियाकै सर्वश्रेष्ठ टिममध्ये एक जोर्डनलाई १-१ ले बराबरीमा रोकी अनायास भोग्नुपरेको सो घाउमा मलहम लगाउन सफल भयो। जोर्डनविरुद्ध आप\mनो प्रतिष्ठा फर्काएर नेपाली फुटबलले आप\mनो औकातलाई पुनः कायमै गर्‍यो।

त्यसपछि राष्ट्रिय फुटबल टिमले सबैभन्दा चर्चा पायो नयाँदिल्लीमा सम्पन्न साफ च्याम्पियन्सीपबाट। भलै साफ च्याम्पियन्सीपको सातौँ संस्करणमा पनि नेपाली फुटबल टिमले उपाधि जितको सूत्र पत्ता लगाउन सकेन। यद्यपि, नेपाली फुटबल बल्ल सही दिशातर्फ लम्किँदै छ भन्ने यसपटकको साफ च्याम्पियन्सीपले देखाएको छ। प्रतियोगितामा सबैभन्दा आकर्षक टिमका रूपमा रहेको नेपाल १२ वर्षपछि साफ च्यामिपयन्सीपको सेमिफाइनलसम्मको यात्रा गरेको थियो। अफगानिस्तानसँग अतिरिक्त समयमा गोल बेहोरेपछि भने नेपालको फाइनल खेल्ने सपना पूरा भएन।

गत सत्र आप\mनो छविलाई धेरै माथि पुर्‍याउने नेपालको राष्ट्रिय फुटबल टिमको वर्षको अन्त्य भने सुखद रहन सकेन। घरेलु मैदानमा सम्पन्न एएफसी च्यालेन्ज कपको फाइनल चरणमा नेपाल १ गोल पनि नगरी तीनवटै खेल हारेर समूह चरणबाटै प्रतियोगिताबाट बाहिरियो। यद्यपि, अखिल नेपाल फुटबल सङ्घ -एन्फा)ले पनि एएफसी च्यालेन्ज कपको सफल आयोजना गरेर विश्वव्यापी चर्चा हासिल गर्‍यो। फिफा अध्यक्ष सेप ब्लाटरको आगमनले पनि नेपालको चर्चा विश्वभरि फैलिएको थियो। ब्लाटरको भ्रमणकै कारण पनि २०६८ नेपाली फुटबलको स्वणिर्म समयका रूपमा लिइनेछ।

घरेलु फुटबलमा नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। पुलिस क्लबले विनाचुनौती सहिद स्मारक ए डिभिजन लिग र राष्ट्रिय लिग फुटबल प्रतियोगताको उपाधि पनि हात पार्‍यो। पुलिसले घरेलु फुटबलमा दबदबा कायम गरे पनि एएफसी प्रेसिडेन्ट्स कपमा निराश पार्‍यो। पुलिसको कमजोर प्रदर्शनले घरेलु मैदानमा लगातार दोस्रो प्रतियोगितामा आप\mनो टिमलाई अन्तर्राष्ट्रियस्तरको फुटबलको अर्को चरणमा पुगेको हेर्ने दर्शकको चाहना पूरा भएन। पुलिस टिमले घरेलु मैदानमा विनागोल गरी तीनवटै खेल हार्न पुग्यो। नेपालको लिग च्याम्पियनको यस प्रदर्शनले नेपाली फुटबलको समीक्षा पुनः गहिरिएर गर्नुपर्ने आवश्यकता अगाडि तेर्सियो। एन्फाको महत्त्वाकाङ्क्षी कार्यक्रम राष्ट्रिय लिग पनि त्यति प्रभावकारी देखिएन। प्रतियोगितामा एन्फाको गहन गृहकार्य अभाव स्पष्ट देखिन्थ्यो।

घरेलु मैदानमा खेलेको एएफसी यु-१६ फुटबल प्रतियोगितामा पनि नेपाल समूह चरणबाटै बाहिरियो। यद्यपि सिरिया, ओमान, साउदी अरबजस्ता टिमसँग प्रतिस्पर्धा गरेको नेपाली युवा टिमले तीन खेल हारे पनि आप\mनो प्रतिभाको झनक भने गतिलै रूपमा दियो।

अर्को लोकपि्रय खेल तेक्वान्दोले भने निराश पार्‍यो। लन्डन ओलम्पिकमा चयन हुने आशामा तेक्वान्दोका चार खेलाडी आयशा शाक्य, मनिता शाही, रोहित तामाङ र आशिष महर्जनले थाइल्यान्डको बैङ्ककमा सम्पन्न एसियाली छनोटमा पहिलो चरणमै पराजित भए। जसले गर्दा लन्डन ओलम्पिक तेक्वान्दोमा नेपालको सहभागिता नरहने भएको छ। सातौँ दक्षिण एसियाली जुडो प्रतियोगितामा सरोज महर्जनले पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेशका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जिते। रत्न तामाङले दोस्रो सहिद बेनजिर भुट्टो अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा कास्यपदक जितेर बक्सिङको लाज जोगाए।

२०६८ साल छैटौँ राष्ट्रिय खेलकुदका कारणले पनि विशेष रह्यो। नेपालको पिछडिएको क्षेत्र सुदूरपश्चिममा यसपालि राष्ट्रिय खेलकुद सम्पन्न भयो। राष्ट्रिय खेलकुद भौतिक पूर्वाधार, बसोबासको समस्या र अनियमितताको मारमा भने पर्‍यो। बरु नेपालगन्जमा प्रथम दक्षिण एसियाली पुरुष तथा महिला भारोत्तोलन च्याम्पियनसीपको सफल आयोजना गरेर वाहवाही कमायो।

अन्तर्राष्ट्रिय खेलकुद मेलाका रूपमा नेपालले श्रीलङ्काको हाम्बन्टोटामा भएको प्रथम दक्षिण एसियाली बिच खेलकुदमा सहभागी जनायो। बिच खेलकुदको अनुभवविना पनि नेपालले एक स्वर्ण, दुई रजत र पाँच कास्यसहित आठ पदक जितेर चौथो स्थान बनायो। जुन प्रतियोगितामा इक्वेस्टि्रयन -घोडामा चढेर खेल्ने खेल)मा नेपाललाई धु्रवप्रसाद अर्यालले स्वर्ण पदक दिलाए। नेपालले यस वर्ष पहिलो दक्षिण एसियाली आर्मी स्पोटर््स मिट आयोजना गर्ने सौभाग्य पनि प्राप्त गर्‍यो। जसमा आयोजकले कुल तीन स्वर्ण, दुई रजत र तीन कास्य पदक हात पारेर भारत र पाकिस्तानपछि तेस्रो स्थान हासिल गर्‍यो।

अब अन्य क्षेत्रमा जस्तै नेपाली खेलकुदले पनि नयाँ उमङ्ग, आशासहित २०६९ सालको प्रतीक्षा गर्दै छ। आशा गरौँ, आगामी वर्ष नेपाली खेलकुदले ठूलो फड्को मारून्।á

अन्य शीर्षक
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px