Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
शनिवार
दिल्लीदेखि गढवालसम्म
शिवकुमार भट्टराई
 

गएको फागुन २८ गते प्रधानसम्पादक सीताराम अग्रहरिले फोनमा भन्नुभयो, ''ल  भारत भ्रमणमा जाने व्यवस्था मिलाएको छु है, जाने होइन।''

स्वाभाविक रूपमा जाने इच्छा व्यक्त गरेँ। त्यसपछि खासै कुरा भएन। चैत २ गते भारतीय दूतावासबाट इमेल आयो- 'बायोडाटा र पासपोर्टको स्क्यान्ड कपी' पठाइदिनू। त्यसपछि भारतको भ्रमणयात्रा हुने तय भयो। चैत ३ गते साँझ राजधानीको र्‍याडिसन होटलमा भारतीय दूतावासले नेपालका डेढ दर्जन बढी पत्रकारलाई भेला गराई भारत यात्राबारे जानकारी दियो। नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले यात्राको शुभकामना दिँदै

अनौपचारिक रूपमा भ्रमण गर्न आग्रह गर्नुभयो। लगत्तै चैत ५ गते आइतबार बिहान १० बजे एयरइन्डियाबाट दिल्ली उड्ने समय निर्धारण भयो। त्यसपछि सुरु भयो भारतको दुईहप्ते भ्रमण।

भारत सरकारको विदेश मामलासम्बन्धी मन्त्रालय आतिथ्यमा भएको सो भ्रमणलाई प्रशिक्षण यात्रामा रूपान्तरण गरियो। इन्डियन इन्स्िटच्युट अफ पब्लिक एडमिनिस्टे्रसन -आईआईपीए) मार्फत दुईहप्ते प्रशिक्षण दिने कार्यक्रम तय भएको रहेछ। कार्यक्रमलाई 'टे्रनिङ प्रोग्राम फर दी डिप्लोमेटिक करेस्पोनडेन्ट्स अफ नेपाल' भन्ने शीर्षकअन्तर्गत मार्च १९-३० सम्म नेपाल-भारत सम्बन्धका विविध पक्ष र आयाम तथा भारतीय लोकतन्त्र, निर्वाचन, आर्थिक प्रगति र खासगरी जलस्रोत क्षेत्रको विकास र प्रयासबारे विस्तृत जानकारी दिइयो। बिहान १० बजेदेखि बेलुकी सात बजेसम्म विभिन्न कार्यक्रममार्फत व्यापक अन्तर्त्रिmया गराइयो। कार्यक्रमभरि नै नेपाल-भारतबीचको आत्मीय सम्बन्ध र विकासका क्षेत्रमा बढी चर्चा भयो। खासगरी भारतले नेपालसँग जलस्रोतका क्षेत्रमा काम गर्न उत्सुक रहेको जानकारी कुनै न कुनै रूपमा दिन खोजेको प्रस्ट हुन्थ्यो। नेपालका परराष्ट्र बिटमा काम गर्ने पत्रकारको प्रशिक्षण कार्यक्रममा लगभग सबैतिर जलस्रोतसँगै जोडेर धेरै छलफल गरिए। यसबाट नेपाली पत्रकारलाई भ्रमणको उद्देश्य र प्रभाव जान्न गाह्रो भएन।

जेसुकै भए पनि दुईहप्ते भारत भ्रमण वास्तवमै अविस्मरणीय रहृयो। मार्च १९ बाट सुरु भएको कार्यक्रम मार्च ३१ मा काठमाडौँ नफिरिन्जेल ज्यादै व्यस्त रहृयो। पहिलो दिन अर्थात् मार्च १९ कार्यक्रमको उद्घाटन सत्रमा भारतीय विदेश मामला मन्त्रालयका नेपाल शाखा हेर्ने सञ्जीव रञ्जनले भारत-नेपाल आर्थिक विकास कार्यक्रमबारे विस्तत चर्चा गर्नुभयो। त्यसपछिका हरेक बिहान नेपाल-भारतसम्बन्धी विविध विषयमा छलफल भए। जसमा भारतीय अर्थतन्त्रको विकास, सङ्घीय संरचनाको स्वरूप र अनुभव, नेपालसँगको राजनीतिक विकासको सम्बन्धजस्ता विषयमा व्यापक चर्चा गरियो। यसका लागि नेपाल-भारत सम्बन्धसँग पूर्वपरिचित एवम् ज्ञाताहरूलाई आमन्त्रण गरिएको थियो। कार्यक्रमको अन्तिम दिन नेपाली भ्रमणदलका पत्रकारले नेपालबारे जानकार पुष्पेश पन्त, ज्योति मलहोत्रा, जनरल अशोक मेहेतालगायतसँग व्यापक छलफल गरे। यसक्रममा नेपाल भारतबीचको आर्थिक सामाजिक र राजनीतिक विषयमा विस्तृत चर्चा गरियो।

यस्तै भ्रमणको अर्को महत्त्वपूर्ण पाटोका रूपमा विभिन्न ठाउँको अध्ययन भ्रमण रहृयो। जसमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन भ्रमण पहिलो साँझ थियो। जीएम आरद्वारा निर्मित उक्त विमानस्थल सञ्चालनमा आएको तीन वर्ष पूरा भयो। उक्त विमानस्थल निर्माणमा जीएम आरले देखाएको कुशलता र भव्यता वास्तवमै चर्चालायक छ। निर्धारित समयअगावै निर्माण सम्पन्न गरेको उक्त परियोजनामा नेपालका जनकपुरवासी इन्जिनियर गोपाल महतोको पनि सक्रियता रहेको पाइयो। जीएम आरले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गरेको जानकारी त्यहाँ दिइयो। साथै काठमाडौँ विमानस्थल निर्माणमा समेत उहाँले चासो देखाएको विषय छलफलक्रममा उठेका थिए। त्यसपछिका हरेक अपराह्न दिल्लीस्थित महत्त्वपूर्ण निकायको अध्ययन भ्रमण गरियो। यसक्रममा राष्ट्रिय योजना आयोग, रक्षा अध्ययन तथा अनुसन्धान नियोग, निर्वाचन आयोग, इन्डियन इन्स्िटच्युट अफ मास कम्युनिकेसन, जवाहरलाल नेहरू विश्वविद्यालय, संसद्को लोकसभा र राज्यसभाको स्थलगत अध्ययन अवलोकन गरियो। हरेक ठाउँमा नयाँ अनुभव हासिल गरियो। खासगरी इन्डियन इन्स्िटच्युट अफ मास कम्युनिकेसनका प्राध्यापक केएम श्रीवास्तवले पत्रकारिता क्षेत्रमा व्यापक विकृति र सम्भावनाबारे दिएको प्रवचन नेपाली पत्रकारका निम्ति ज्यादै फलदायी रहृयो। यस्तै भारतीय लोकसभामा सिक्किमबाट प्रतिनिधित्व गर्ने नेपालीभाषी सांसद पीडी राईले नेपालीमा भाषण गर्दा हामीलाई बडो भावुक बनायो। अध्ययन भ्रमणक्रममा द्विपक्षीय सम्बन्धका विविध पक्षमा गरिएका टिप्पणीले नयाँ ऊर्जा दिएको थियो।

अध्ययन भ्रमणकै क्रममा भारतका विभिन्न स्थलको भ्रमण गर्ने अवसर मिल्यो। मार्च २३ मा नेपाली पत्रकार टोलीलाई दक्षिण भारतको कणर्ाटकको राजधानी बैङ्ग्लोर लगियो। दिल्ली विमानस्थलबाट बिहानै उडेका हामी २४ को मध्यरात दिल्ली फिर्‍यौँ। बैङ्ग्लोरको विकासलाई नजिकबाट नियाल्दै विविध क्षेत्रसँग साक्षात्कार गरियो। पुग्नेबित्तिकै सहरको मध्यभागमा रहेको राधाकृष्ण मन्दिरको दर्शनमा देखिएको भव्यता र लालवागको भ्रमणले बैङ्ग्लोरको विशेषताको झलक दियो। २३ मार्च साँझ स्थानीय पत्रकारसँगको अन्तर्त्रिmयाले

बैङ्ग्लोर र काठमाडौँबीचको सम्बन्धमा नयाँ आयाम थप्यो। दुवै मुलुकको राजनीतिक आर्थिक, साँस्कृतिक र पत्रकारिता क्षेत्रको जानकारी आदान-प्रदान बडो रोचक ढङ्गले भएको थियो। कणर्ाटक सरकारले पत्रकारको सुरक्षाका लागि विशेष सहयोग बजेटमा छुट्याउने गरेको जानकारी दिँदा पेसाप्रतिको विश्वास र आकर्षण कुन रूपमा रहेछ भन्ने बुझियो। साथै सरकारले पे्रस क्लब स्थापना गरी पत्रकारिता क्षेत्रको विकास दिएको टेवा र योगदानबारे हामीलाई जानकारी गराउँदा हाम्रोमा बेला-बेला हुने गरेको ज्यादतिको स्मरण भयो। मार्च २४ मध्यरात दिल्लीस्थित होस्टलमा बास बसेको नेपाली पत्रकार टोली २५ मार्चको सखारै आगराको ताजमहलको भव्यता हेर्न दौडियो। हतार-हतार ताजमहलको अवलोकनपछि मध्यरात नै दिल्ली बास बस्न आइपुग्यो। त्यसपछि २७ मार्च बिहान ६ बजे उत्तरप्रदेश र उत्तराखण्डको भ्रमणमा बस यात्रा सुरु भयो। यसक्रममा दिउँसो दुई बजे रुड्कीस्थित नेसनल इन्स्िटच्युट अफ हाइड्रोलोजीको स्थलगत अध्ययन गरियो। यहाँबाट धेरै नेपालीले अध्ययन पूरा गरेका छन्। त्यसपछि पत्रकारको टोली हरिद्वार पुग्यो। हरिद्वारस्थित गङ्गा स्नान गरी प्लास्टिकको भाँडोमा गङ्गाजल भरेर ऋषिकेशतर्फको यात्रा अघि बढ्यो। ऋषिकेश पुगेपछि त्यहाँको रामझुला र लक्ष्मणझुलाको भ्रमण राति नै गरियो। साँझ त्यहीँ बास बसेपछि बिहानै ९० किलोमिटरमाथि टिहिरी बाँधको यात्रामा टोली निस्कियो। एसियाकै उच्चतम स्थलमा गङ्गा, भागीरथी र अलकनन्दा नदीको सङ्गमस्थल टिहिरी क्षेत्रमा करिब ४० वर्गकिलोमिटरको बाँध बाँधेर २४ सय मेगावाट जलविद्युत् उत्पादनको महत्त्वाकाङ्क्षी परियोजनाको स्थलगत अध्ययन भ्रमणले नेपाली पत्रकारलाई वास्तवमै अलौकिक तुल्यायो। यति ठूलो क्षेत्रमा बाँध बाँधेर पहाडको बीचभागमा सुरुङ निर्माण गरी जलविद्युत् उत्पादन गर्ने काम हाम्रा लागि अनौठो मात्र होइन। विश्मयकारी नै बन्न पुग्यो। त्यसपछि रातारात दिल्ली आएर बास बसियो। यसरी दिल्लीबाट सुरु भएको यात्रा गढवालस्थित टिहिरी बाँधसम्म सकसपूर्ण नै रहृयो।

समग्रमा भन्नुपर्दा नेपाली पत्रकारका लागि यात्रा बडो सार्थक एवम् ज्ञानबर्द्धक रहृयो। हामीले काठमाडौँमा बसेर बुझेको दिल्लीलाई भने अध्ययन भ्रमणमा साक्षात्कार गराइन्। अझ प्रस्टसँग भन्दा भ्रमण अवधिमा हामीलाई भारतीय उच्च अधिकारी वा विदेश मामलासम्बन्धी मन्त्रालयमा पुर्‍याइएन। त्यो भने भ्रमणको सबैभन्दा कमजोर पक्ष रहृयो। भ्रमणको बीचमा एक दिन विदेश मन्त्रालयद्वारा आयोजित रात्रिभोजमा उच्च अधिकारी सहभागी थिएनन्। भ्रमणको अन्तिम दिन अर्थात् मार्च ३० को साँझ भारतस्थित नेपाली दूतावासले दिएको रात्रि भोजमा भने यसबारे आपसी चर्चा गरियो। यसरी हेर्दा दिल्लीले साउथ ब्लकसँगको पहुँचलाई भने अलि टाढै राख्न खोजेको अनुभव गरियो। यसबाहेक सबै पक्ष बडो रोचक, उत्साहवर्द्धक एवम् सुरुचिपूर्ण रहृयो। á

अन्य शीर्षक
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px