Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
शनिवार
नयाँ वर्ष
डा. दीनबन्धु शर्मा
 

प्लुक्क दैलोमा आइपुग्यो नयाँ वर्ष। गएको साल केही गर्न नसकेको भए पनि निर्लज्ज आइपुग्छ यो। जतिसुकै सत्तोसराप गरे पनि यसमा केही सामथ्र्य त छ- यो आइपुगेको देख्ता बाल, वृद्धवृद्धा सबैका अनुहारमा एउटा ज्योति धिपिक्क बल्छ। नयाँ वर्षमा खुसी हुनुपर्छ। बाबाआमाले यही सिकाउनुभएथ्यो। सिकेकै भन्नुपर्छ।

छतमा उभिएकी म कसको प्रतीक्षामा छु ? आज चैतको १५ गते। आधा बित्यो अब अलिकति धूलो उडाउँदै बाँकी आधा पनि बित्ने नै छ। ऊ गएको ठीक एक महिना बित्यो। म मेरो लोग्नेको प्रतीक्षामा छु, अथवा नव वर्षको अर्थात् वैशाख १ गतेको। किनकि ऊ त्यसै दिन आउनेछ ।

घरअगाडिको अनारको बोट कस्तो सपे्रको, कस्तो कलकलाउँदो यसको बैँस। अस्तिसम्म उल्टो कुचोजस्तो कसरी सङ्ग्रङ्ग परेको थियो प्राणहीनजस्तो। यसको कुनै लोग्ने भए-नभएको, आए गएको मलाई थाहा छैन, कसरी यति सुन्दर वहार आयो यसमा ? यो सग्लो छ। के म सग्ली छैन ? म यो वसन्तमा पनि बालुवा हाल्न नसक्ने कसरी भएँ ? लोग्नेसँग मेरो अस्तित्वपछि मात्र गाँसिएको हो, कसरी म यसरी अभेद्यजस्तो र छुट्टँिदा अपूर्णजस्तो भएँ ? एक-दुई महिनाको मात्र उसको अनुपस्थितिमा पनि किन म खङ्ग्रङ्ग भएर रित्तिन्छु ?

हिउँदमा सप्पै लाइ लागेर कालो पोको परेको रोगी सिमीमा पनि नयाँ आँकुरा र पात पलाए। यो केराको सानो बोट Û काठमाडौँको चिसो ठाउँमा हुँदैहुँदैन भनेकी हुँ मैले। 'मेरो 'अफिस'अगाडि फलेको केरा त हामी वर्षैपिच्छे खान्छौँ, कत्ति मीठो,' उसले भन्यो, 'त्यसैको बधुनो त हो, जिद्दी गर्‍यो सार्‍यो।'

'देख्नुभयो त, बढ्यो तपाईंको केराको बोट,' एक महिनापछि हेर्दा झन् सानो हुँदै ओइलाएको देखाएर मैले खिसी गरेथेँ। त्यही केराको जस्तो ओइलाएको मुन्टो लगाएर चुपचाप ऊ भित्र बाहिर गरेथ्यो। उसको ओइलाएको मुन्टोमाथि मेरो गर्विलो विजयी मुन्टो उभ्याएर उसमाथि दया गर्दै मैले भनेथेँ, 'हुँदैन के, काठमाडौँमा केरा हुँदैन।' अहिले त्यही केराको बोट उचालिँदै र पातहरू चौडा भएर फैलिँदै गरेको देख्ता मलाई खुसी लागेर आउँछ। अहिले मलाई उसको अगाडि हारेको भएर भन्न मन लागेको छ, 'खै हजुरलाई पनि के-के आउँछ के-के।'

हार्न पाउँदा पनि खुसी हुँदोरहेछ मान्छे ?

चिनियाँ दुबो हरियो भएर आइपुग्यो। बकुल्लाका बोट घमाइलो हावामा हल्लिरहेका छन्। सुन्ताला र कागतीका बिरुवा नयाँ पालुवा झिकेर तोतेबोली बोल्न खोजेझैँ देखिएका छन्। घिउ सिमी, बोडी र फर्सी भरर्रै उमि्रसके। अस्तिसम्म तुसारोले कठ्याङ्गि्रएको यस माटोले यत्ति छिट्टै प्रसूति हुने ऊर्जा कहाँबाट पाउँदो हो ? यसैबेला मलाई आˆनो पेट पनि छाम्न मन लाग्छ।

उस् Û ऊ आउने दिन वैशाख १ गते कहिले आइपुग्ला ?

पल्लो छिमेकीले आरुको रूख लगाएको कति राम्रो Û शिवपुरीको तल्लो काँठमा सप्पै 'प्लटिङ' गरेर धमाधम नयाँ घर बनाइसक्यो। माथिल्ला चुचुरा बिस्तारै गाढा हरियो भएर आइसके। अहिले घामको तुवाँलोमा सेम्पु गरेजस्ता देखिए। प्रकृतिले यो नव वर्ष बडो 'रोमान्टिक मुड'मा मनाउने तयारी गरिरहेको लाग्छ मलाई।

हामीले कसरी मनाउने होला ?

'वसन्तको अन्त्य भई ग्रीष्मका उष्म दिनहरू थाल्ने बेला पनि यो खाल्डो काठमाडौँ किन अझै तातोले मात्तिँदैन ?' एक महिना पहिले ऊसँग मात्तिन मन लागेर मैले ओछ्यानमा भनेको आˆनै वाक्य सम्झन्छु। मलाई कति लाज लागेको त्यत्ति भन्दा पनि।

'कविता पो भन्यौ पारु तिमीले त,' उसले भनेथ्यो, 'हुन पनि हो, मधेसतिरको वसन्त फागुनमै सकिए पनि यस खाल्डोमा त यो वैशाखको पुछारसम्मै जीवित रहन्छ। चैतभरि नै बिहान-बेलुका चास्सचुस्स चिसो भइरहन्छ। अहिले सुत्नेबेला झ्याल र पर्दा खोलेर आकाशको विराट सौन्दर्य दर्शन गर्ने सौभाग्य त हामीलाई वैशाख नलागी जुर्दैन।'

ऊ घरमा हुँदा पनि पवन भनेरै बोलाउँछु। पवनको लहर घरभित्र र बाहिर लहराउँछ, ऊ हुँदा। एउटा पसिना मिसिएको आक्रामक सुगन्ध फैलिन्छ। अहिले उसको अभावले यो घर अँध्यारो बन्दै गएको छ, सूर्यास्तले होइन, लोडसेडिङले पनि होइन अँध्यारो हुने। राम्रो उज्याला भनिआएका यी कार्पेट लगैँचा र भित्ताहरू दुई दुई ट्युबलाइट बाल्दा पनि उज्याला देख्तिनँ।

आकाश अलिकति गर्जन्छ। टाउकैमाथि चट्याङ परेको सुन्छु। जुठोभाँडो, कुचो कसेर, ओछ्यान बिस्ताराका काम उसको सान्निध्यमा थनथनाउँदै गर्नु एउटा उमङ्ग र उत्सव हुन्छन्। अहिले यी कति झर्कोलाग्दा ?

एउटै वस्तु किन यसरी तुरुन्तै भिन्न रूपमा रूपान्तरित हुन्छ ?

यसको जागिर धनकुटा पुगेको छ। सरकारी जागिर र सरुवा पर्यायवाची हुन्। 'अफिस'को साँचो हातमा लिएपछि कस्तो अप्ठ्यारो। दुई-चार रुपियाँ तल-माथि परोस्, सधैँ टाउको दुख्छ। डेरा सर्दै हिँड्दै गर्दा 'घर भएन', 'घर भएन' भनेर सधैँ उसको टाउको खाइरहेँ। अब यो घर नामको पहरो कुरेर एक्लै बस्।

कति दिनदेखि थुपि्ररहेका छन् पत्रिका। दिनहुँ फालेर जान्छ, पढून्, नपढून्। मुस्किलले दिन बित्छ, रात बित्छ रात बित्तैन। छटपटाएर रात घिस्रन्छ, दिन मरे बित्तैन। तर, म आजको 'पे्रग्नेन्सी रिपोर्ट'ले बारम्बार उत्तेजित छु।

चौधधन्टे लोडसेडिङ सकिएर बत्ती बल्यो झल्याँस्स भएँ। पत्रिकाका 'हेडलाइन'मा आँखा डलाउँछु ः

१. धरापमा शान्ति र संविधान

२. तीन अपहरणकारीको हत्या

३. अपरिचितले दिएको खाँदा...

४. विवाहको दबाबपछि पे्रमिकाको हत्या

५. सामूहिक बलात्कारपछि मानसिक असन्तुलन

पत्रिकाहरू पर हुत्याउँछु, पढ्न सक्तिनँ, डर लाग्छ, त्यै जागिरले त हो नि, त्यो पनि कहिले मित्र र कहिले शत्रुजस्तो। नखाएर पनि नहुने, खाएर पनि कहिल्यै खर्च नटर्ने। अहिले कस्तो डर लागेको। मोबाइल उठाउँछु, डायल गर्छु।

'हलो Û

'........' फोन उठ्तैन, मुटु ढक्क फुल्छ।

'हलो Û हलो Û' अहिले मेरो आवाज आतङ्कित छ।

'हलो, पारु भन न, सुनिरहेको छु,' आँसु आउँछ आँखामा।

'हजुरलाई कस्तो छ ?'

'ठीक छ, अनि नयाँ के छ ?'

-तर, यति ठूलो नयाँ कुरा, नव वर्षमा दिने उपहार भनेर राखेको कुरा, ठूलो उत्सवसँग भन्नलाई साँचेको कुरा पनि अहिले उपे|mर फुत्तै बाहिर आउन खोज्छ। अकस्मात् कुनै आपत आइनलागेको खुसीमा फोनबाटै भए पनि हर्क मनाउन मन लाग्छ।)

'केही छैन, केही भए भेटेरै भनुँला।'

'के ? केचाहिँ ? भनिहाल न।'

'अहँ नव वर्षको उपहार दिनेछु तपाईंलाई।'

'हरे कस्ती मान्छे तिमी त, छटपटीमा नपार, म निदाउने छैन।'

'हाम्रो बिहे भएको कति वर्ष भयो भन्नु त ?'

'चार वर्ष।'

'हुस्सु, पाँच वर्ष, आइपुग्नुहुन्छ नि १ गते ?

'बेलुकासम्म त आइपुग्छु।'

नव वर्ष अनि हाम्रो बिहेको पाँचाँै वर्षमा म तपाईंलाई अर्को एउटा उपहार दिन्छु।'

'के ? के दिन्छ्यौ ?'

'खबर।'

'केको खबर हरे छिटो भन न Û'

'मेरो पेटमा तपाईंको पहिलो उत्तराधिकारी आइबक्सेको छ।'

'तिमी कति जाती, कति राम्रो खबर सुनायौ।'

कति उज्यालो अहिले यो कोठा, मैले भनेँ राम्रै गरेँ। मैले यो चैतको हुर्हुरे दिन धेरैचोटि गनिसकेँ। आज २५ गते।

एक वर्षजस्तो लामो महिना बित्यो। पाँच दिन त बिताउनु छ, अब। अनि नव वर्षको स्व्ााद लिनेछु। वसन्तको स्व्ााद लिनेछु।

अब सपनामा र कल्पनामा मात्र होइन, यो लामो प्रतीक्षापछिको पे्रमोत्कर्षमा म आफूलाई साँच्चिकै पगालेर बगाइदिनेछु।

पुनः-पुनः पे्रमपूर्वक पेट मुसार्न मन लाग्छ। दुःखपछि सुख आउने नै रै'छ। धैर्य गर्नु जीवनको अर्थ रै'छ।

अस्तिसम्म यही पेट मेरो लज्जाको विषय भयो। अब यसैमाथि गौरव गर्नेछु। बदलिएको छ यस पेटको नियति, आमूल बदलिएको छ।

आजसम्मको के सम्झुँ। छिमेकीका अगाडि रित्तो पेट लिएर डङ्गडङ्गल हिँडिरहँदा सबैका आँखा मेरै च्याप्टो पेटमा छन् झैँ लाग्ने। तल्लाघरकी गुर्सिनीको त के कुरा साख्खै भएर बाटैमा पेट मुसार्न आइपुग्थिन्। तिनको घरअगाडिबाट पसल जानु पीडा भएर लामो बाटो हिँड्न थालेकी थिएँ।

नव वर्ष आउन, विवाहको वाषिर्कोत्सव आउनु आजसम्म मेरानिम्ति व्यङ्ग्य थियो, अपमानको चरम अट्टहास। फेरि अहिले उस्तै नयाँ वर्ष मेरो टाढा पुगेको लोग्ने र्फकने दिन भएर, मेरो गौरवशाली पेटमा बसेको नयाँ सृष्टिको उत्सव मनाउने दिन भएर अनि मेरो विवाहको पहिलो प्रतिष्ठापूर्ण वाषिर्कोत्सव भएर आउनेछ।

नयाँ वर्ष दुःखको दिन हो कि सुखको उत्सव हो ?

आज चैत मसान्त। साँच्चै यो दिन कति उज्यालो। नुहाएँ, पूजा गरेँ, घर सफा गरेँ, बजार गएँ र झोलाभरि सामान लिएर फर्कें।

वैशाख १ गते। प्रतीक्षाका दिन सकिए। कति चहकिलो यो घाम Û कति प्यारो यो पुत्ताउँदो गर्मी Û कति सुन्दर यो बस्ती र पारि पाखाका घना वृक्ष Û कति सुन्दर यो जीवन।

फोन कता राखेँ ? खुसीले होस ठेगानमा छैन।

'टिरिरिरिरी' घन्टी बज्छ। लौ फोन आइपुग्यो। ऊ कहाँ आइपुगे होला। 'खाना राम्रो ठाउँमा खानू' भन्नेछु, नव वर्षको शुभकामना भन्नेछु, शुभयात्रा पनि भन्नुपर्ला तर 'हृयाप्पी एन्निभर्सरी' पनि किन नभन्ने ?

'हेलो Û'

'हेलो, तिमी पवनकी श्रीमती बोलेको हो ?'

'हो।'

'ल सुन् राम्रोसँग, तेरो लोग्ने हाम्रो कब्जामा छ, तुरुन्त ५० लाख रुपियाँ फिरौती तयार पार्, कुन ठाउँमा कसरी पुर्‍याउने हामी पछि भन्नेछौँ। कुनै पनि चलाखी नगरेस्, पीर नगर्। सुरक्षित छु कसैले भन्नु पर्दैन। कहिले, कहाँ, कसको पालो आउँछ हामीलाई मात्र थाहा छ।

अहिले तँलाई पनि नव वर्षको शुभकामना

अन्य शीर्षक
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px