Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
कि जुट्नु, कि फुट्नु
 

एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीभित्रको आन्तरिक विवाद ऐतिहासिक जन आन्दोलन दिवसका दिन छताछुल्ल भएको छ। संस्थापन पक्ष र वैद्य समूह अलग, अलग कार्यक्रमका साथ शुक्रबार पृथक् स्थानमा भेला हुनुले पार्टीभित्रको रडाकोको नग्नप्रदर्शन भएको छ भने शीर्षस्थ नेताद्वारा एक, अर्कामाथि लगाइएका आरोपले स्थिति अत्यन्तै संवेदनशील रहेको छर्लङ्ग्याएको छ। संस्थापन पक्षद्वारा काठमाडौँको वसन्तपुरमा र वैद्य समूहद्वारा रत्नपार्कको शान्तिवाटिकामा गरिएका कार्यक्रमले जनान्दोलन दिवसको महìव विस्तारमा भन्दा पनि एक, अर्काको उछित्तो काढ्न जोड दिएको छ र यो अवस्था मुलुकका विभिन्न भागमा पनि छरपस्ट देखियो। संस्थापन पक्षको नेताका भनाइमा वैद्य समूहका नेता जडसूत्रवादी, सङ्कीर्णतावादी तथा यान्त्रिक छन् भने वैद्य समूहको नेताका नजरमा संस्थापन पक्षका नेता संशोधनवादी, अवसरवादी र समर्पणवादी बनेका छन्। एनेकपा माओवादीभित्रको आन्तरिक विवाद निश्चय नै नौलो र अप्रत्याशितचाहिँ होइन। निकै अघिदेखि नेतृìवबीच सल्कँदै आएको भुङ्ग्रोले विकराल रूप लिनथालेको पूर्वसङ्केत मात्र हो यो। विभिन्न ११ वटा जातीय एवं क्षेत्रीय पार्टी तथा सङ्गठनको मोर्चाबन्दी गरी वैद्य समूह चरणगत रूपमा संस्थापन पक्ष तथा सरकारको विरोधमा सक्रिय रहेको छ। संस्थापन पक्षसँगै समानान्तर कार्यक्रम सञ्चालन गर्दै आएको वैद्य समूह जारी शान्ति प्रक्रियाप्रति समेत सहमत छैन भने संविधान निर्माणका सम्बन्धमा पनि उसको आˆनै अडान छ। शान्ति र संविधानलाई संस्थापन पक्षले केन्द्रबिन्दु जनाइरहेको अवस्थामा वैद्य समूह विद्रोहलाई मात्र एक आधार ठानिरहेको छ। एनेकपा माओवादीभित्रको शक्तिसङ्घर्षले संस्थापन पक्ष अथवा वैद्य समूहलाई के कति नाफा, घाटा भएको छ ? वा पार्टीलाई के कस्तो असर पुगिरहेको छ ? निश्चित अध्ययन विना ठोस निस्कर्ष निकाल्न सम्भव छैन तर मुलुकको शान्ति प्रक्रिया तथा संविधान निर्माण कार्यमा भने यसले कुठाराघात गर्न सक्ने सर्वसाधारणले समेत आकलन गरिरहेका छन्।

शान्ति र संविधानका ऐतिहासिक दायिìव पूरा गर्न ५० दिन बाँकी रहँदा पनि आन्तरिक किचलो मेट्नेतर्फ माओवादी नेतामा व्यग्रता नदेखिनुलाई अचम्मकै कुरो मान्नुपर्छ। नेपालमा शान्ति र संविधानको कामना गर्ने देशी, विदेशी तमाम तह र तप्काका व्यक्तिलाई पनि यो नचाहिँदो रनाहाले निराश तुल्याएको छ। सधैँको कचकचले एनेकपा माओवादीलाई घर न घाटको बनाउने पक्का छ। कि जुट्नु, कि फुट्नु Û होइन भने शान्ति र संविधानको गन्तव्यमा पुग्नैलागेका बखत मच्चाइने कचिङ्गलले कम्तीमा जनान्दोलनकारी शक्तिलाई लाभान्वित तुल्याउने छैन। शान्ति र संविधानका दिशामा संस्थापन पक्षले देखाएको उदारता, क्रियाशीलता र आत्मीयता निश्चय पनि आजको समयको माग हो, राष्ट्रिय आवश्यकता हो। वैद्य समूहले उठाएका कैयौं माग, आग्रह र आवाज पनि बेमुनासिब छैनन्। कमी, कमजोरी दुवैमा हुनसक्छन्, आत्मालोचना गर्नसके मिलनबिन्दु टाढा छैन। सबैकुरा युद्धकालीन सोच, शैली र चिन्तनले प्रभावित हुने अवस्था आज छैन। जनान्दोलन-२, बृहत् शान्ति सम्झौता र अन्तरिम संविधानको मर्मले मात्र होइन, संविधानसभाको बनोटले पनि सहमति र सहकार्यलाई जोड दिएको छ। समूहविशेष वा दलविशेषको रागले सुमधुर राष्ट्रिय सङ्गीत गुञ्जन नसक्ने प्रस्ट छ। राष्ट्रिय आवश्यकताले मात्रै होइन, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिपे्रक्ष्यले पनि विद्रोहको खाँचो देखाएको छैन। 'वादे वादे जायते तìवबोधः' भनिएझैँ सबै विचार, चिन्तन र आस्थाको कदर जरुरी छ। सहअस्तिìवका आधारमा सबैलाई सहर्ष स्वीकार्नुपर्ने बेलामा निषेध, केवल निषेधको डमरू बजाउनुलाई बुद्धिमानीपूर्ण मान्नसकिँदैन। सबैले बुझेको कुरो हो, अब आउने संविधान सहमतिको संविधान हुनेछ, सम्झौताको दस्तावेज हुनेछ। युद्धमा विजयी भएर कुनै एक पक्षले बनाउने संविधान हुने छैन यो। सबैको जीत समाविष्ट हुने, कोही हारेको नठहर्ने संविधानले मात्र मुलुक र मुलुकवासीको सर्वोत्तम हित गर्नसक्छ। त्यसैले पनि एनेकपा माओवादी नटुक्रिनु अहिलेको परम खाँचो बनेको छ।

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px