काठमाडौँ, चैत २५ गते। गतविजेता नेपाली सेनाले चौथो राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा शनिबार गत उपविजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई सीधा सेटमा २५-१९, २५-१७ र २५-१६ ले पराजित गरेर विजयी सुरुवात गरेको छ। नमुना मच्छिन्द्र उमाविको सह-आयोजनामा नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा ६ टिम सहभागी छन्। राउन्ड रविन लिगका आधारमा हुने प्रतियोगितामा उपाधि भिडन्त शीर्ष दुई स्थान हासिल गर्ने टिमले गर्नेछन्। गोपस