Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
माओवादीसामु नयाँ चुनौती
मुक्ति खनाल
 

सेना समायोजन प्रक्रिया चैत तीसभित्र सक्ने भन्ने पूर्व निर्णय भए पनि पश्चिम भ्रमणबाट र्फकनुभएका माओवादी अध्यक्ष क.प्रचण्डको पहलमा तत्काल विशेष समितिको बैठक गर्न लगाएर सो प्रक्रिया अट्ठाइस गते नै सम्पन्न भयो। यसो गर्नमा शिविरभित्र थप तनाव रोक्न हो भनिएको छ। खबर त क्यान्टोनमेन्टका हतियार लुट्ने र कमान्डरहरूको हत्यासम्म पनि गर्ने वैद्य पक्षको योजना थियो भन्ने पनि छ। सेना समायोजन पनि भन्ने समायोजनमा पनि भाँजो हाल्ने गरेको वैद्य पक्षको कारण माओवादीको बार्गेनिङ पावर कम भएको बेला भएको समायोजनमा कमी नरहेको भन्न सकिन्न, तर क. प्रचण्डका अगाडि अर्को विकल्प पनि थिएन। विरोधको समय ढुकेर बसेको वैद्य पक्षले सोही दिन पत्रकार सम्मेलन गरी यो प्रक्रियालाई 'आत्मसमर्पणवादको पराकाष्ठा र नेपाली क्रान्तिप्रति गम्भीर विश्वासघात' भनेको छ। आˆनै पार्टीभित्रको थप विरोध र विरोधीहरूको यसलाई मलजल गर्ने कामकाबीच काम गर्नुपरेको क.अध्यक्ष प्रचण्ड र माओवादी पार्टीका लागि नयाँवर्षसँगै नयाँ चुनौती देखापरेको छ।

चैत अट्ठाइस गते बेलुकीको बीबीसीको रेडियो क्रार्यक्रममा क.विप्लवले सेनासमायोजन गरेर प्रचण्ड-बाबुरामले झण्डै गद्दारी गरेको समेत भन्न भ्याउनुभयो। नयाँ मोर्चाका अध्यक्ष क.सिपीको चर्को अभिव्यक्तिलाई अरू कसैले जित्न गाह्रो छ। यो मोर्चाले विरोधको कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ।

सेनासमायोजनको गौंडो कुरेको वैद्य खेमाले अर्को गौंडो संविधान निर्माण पछि देखेको हुनसक्छ। अहिलेको संविधानसभाको बनोटले जनसंविधान बन्नै सक्दैन। संविधानसभामा आफूहरू पनि बसिरहने जनसंविधान बनेन भनेर प्रचण्डलाई मात्रै गाली गर्ने यो अवसरवादको नमुना चाँडै नै देखिनेवाला छ।

क्रान्ति र विद्रोहको माला जप्ने तर विद्रोहको कार्यक्रम ल्याउन नसक्ने वैद्य पक्षले सिर्फ शाब्दिक क्रान्तिको कुरा गरिरहेछ। नेतृत्वलाई आत्मसमर्पणवाद, सामाजिक फासिवाद, क्रान्तिप्रति विश्वासघात एवं झण्डै गद्दारीको आरोप लगाउने र नेतृत्वको पुत्ला जलाउने तर सोही पार्टीमा बसिरहने यो अचम्मको अभ्यास वैद्य पक्षको देखिएको छ। धोबीघाट गठन्धनबाट क.बाबुरामलाई प्रधानमन्त्रीको उमेदवार आफैले बनाउने अनि भनेको मन्त्रालय आफू र आˆना पक्षकालाई दिएन भनेर कालो झण्डा देखाएर, मशाल बालेर र पुत्ला जलाएर विरोध गर्ने जो देखिएको छ यसलाई पातलो क्रान्ति र विद्रोहको मलमलको पर्दाले ढाकेर ढाकिएको छैन, सबैले देखिरहेछन्। बाबुराम धैरै खराब होलान्, तर आफूले भनेको माने खराब नहुने अन्यथा हुने यो कस्तो दृष्टिकोण हो बुझ्न नसकिने। काङ्ग्रेस र एमालेको नेतृत्वमा सरकारमा जान सकिने रे तर बाबुरामको नेतृत्वमा नसकिने रे, यस्तो सरकारमा गएर क्रान्तिको कसरी सेवा गर्न सकिन्छ, साथै काङ्ग्रेस हुने बाबुराम नहुने यो पनि वैद्य पक्षको कम अनौठो कुरा छैन।

वैद्य पक्षको विरोधका बाबजुद सेनासमायोजनको दृढता साथ निर्णय लिनुभएका क.प्रचण्डले चैत उनन्तिसमा आˆनै निवासमा पत्रकारहरूका माझ आˆनो निर्णयलाई 'निरन्तरतामा क्रमभङ्ग' भन्नुभएको छ। यो निर्णयको सम्पूर्ण जिम्मेवारी आफूले लिएको स्वीकार्दै क.प्रचण्डले यो निर्णय सही हो कि होइन एवं यो नेपाली जनताको पक्षमा, संविधान निर्माणको पक्षमा र शान्तिको पक्षमा हो कि होइन भनेर अन्तिम फैसला गर्ने जिम्मा नेपाली जनतालाई छोड्नुभएको छ। मनोगत इच्छाले मात्रै क्रान्ति नहुने, जनताको इच्छा समात्न सक्नेले नै क्रान्ति सफल गर्न सक्ने भनेर आˆनो निर्णयले अहिलेको आवश्यकता र जनताको इच्छा पूरा गर्ने क.प्रचण्डको भनाइ आएको छ।

सेना-समायोजनको विषयलाई लिएर भएको वैद्य खेमाको विरोध एवं सेना-समायोजनको विषय तथा यसको बचाउको लागि आएको क.प्रचण्डको अभिव्यक्तिलाई शास्त्रीय एवं व्यावहारिक माक्र्सवाद भित्रबाट पनि हेर्न सकिन्छ। यसलाई अहिलेसम्मका बनिबनाउ धारणा र माक्र्सवादको नयाँ प्रयोगको हिसाबमा पनि हेर्न जरुरी छ।

श्ाास्त्रीय अर्थमा कम्युनिष्ट पार्टीसँग सेना हुनुपर्छ, जनसेना नेपाली सेनामा विलय गर्नु असहज विषय हो। तर नेपालको विशिष्ट परिस्थिति र युद्धको विशेष अवस्थाका कारण सेनासमायोजनमा जाने विषयमा माओवादीमा सिद्धान्ततः मतभेद देखिएन। अहिलेको मतभेद व्यावहारिक कार्यान्वयनमा मात्र देखिन्छ। धेरै संख्यामा र माथिल्लो पद प्राप्त गर्नु अवश्य राम्रो कुरा हो। तर सैद्धान्तिक अर्थमा जतिसुकै धेरै र माथिल्लो पद भए पनि हुने नेपाली सेना नै हो। तर पार्टीभित्र मतभेद उछालेर बार्गेनिङ पावर कम गराउने अनि धेरै भाग खोज्ने यो वैद्य खेमाको परस्पर विरोधी क्रियाकलाप देखिन्छ।

क.प्रचण्ड र क.किरणमा सिद्धान्तमा त्यति अन्तर देखिन्न। अन्तर व्यावहारिक कार्यान्वयनमा देखिन्छ। क.किरण चुनवाङ बैठकको निर्णयमा नै असहमत हुनुहुन्छ। अहिलेको सम्पूर्ण बेथिति ल्याएको चुनवाङ बैठकले हो भन्नुहुन्छ। राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संविधानसभाको निर्वाचन, सङ्घीयता, समावेशिता यी सब चुनवाङ बैठक र त्यसको आलोकमा भएको बाह्रबुँदे समझदारी, जनयुद्ध र जनआन्दोलनको ˆयुजनका उपलब्धि हुन्। यी जे भएका छन् यी सब पुँजीवादी प्रकृतिका हुन्। यसो भन्दैमा यी सब कुरालाई कम्युनिष्टहरू कसरी अनदेखा गर्न सक्छन् ? त्यसमाथि आˆनै पहल र अग्रसरतामा भएका यी कुरामा गर्व गर्नुपर्ने ठाउँमा यिनलाई गलत ठान्ने प्रवृत्तिभित्र माक्र्सवादी जडता देखिन्छ। क. किरण सो बेला भारतको जेलमा हुनुहुन्थ्यो, तर पनि उहाँ अहिलेसम्म पनि त्यस बेलाको परिस्थितिसँग अनभिज्ञ हुनुहुन्छ भन्न सकिन्न। क.प्रचण्ड भने चुनवाङमा कार्यनीतिक सिˆट नगरेको भए माआवादी आन्दोलनले पेरुको नियति भोग्थ्यो भन्नुहुन्छ। तर सबैले जानेको बुझेको विषय के हो भने बाह्रबुँदे समझदारी नभएको भए अहिलेसम्मका उपलब्धि जे भएका छन् ती प्राप्त हुन सक्थेनन्।

क.प्रचण्डमा राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई ख्याल गर्दै कार्यनीतिक तर्जुमा र सिˆट गर्ने चातुर्य देखिन्छ भने क.किरणमा शास्त्रीय आधारमा मात्रै कार्यनीति बनेको देख्न चाहने तथा समय र परिस्थिति अनुकूल कार्यनीतिक सिˆट गर्न अनकनाउने देखिन्छ। क.किरण शास्त्रीय माक्र्सवादमा बढी अल्झने देखिनुहुन्छ र त्यसको व्यावहारिक प्रयोगमा कम ध्यान दिनुहुन्छ भने क.प्रचण्ड यी दुईको संयोजनका साथ अगि बढ्नचाहने देखिनुहुन्छ। क.किरण नयाँ कुरा आउनासाथ शास्त्रीय अशुद्धता छ कि भनेर अगि बढ्न अनकनाएको पाइन्छ भने क.प्रचण्डमा नयाँ प्रयोगमा बढी आँट देखिन्छ र गलत भए सच्याउने लचकता पाइन्छ। अहिले सेना-समायोजनको समग्रमा विरोध पनि गर्न नसक्ने समायोजन प्रक्रियाको मात्र विरोध गर्ने जो देखिएको छ यसमा क.किरणमा कार्यनीतिक अस्पष्टता छर्लङ्गै देखिन्छ। क.प्रचण्डले बेलाबेला निरन्तरतामा क्रमभङ्गता गरेको देखिएको छ र तिनका अहिले सम्मका परिणाम सकारात्मक देखिएका छन्। जनयुद्ध, चुनवाङ बैठकको निर्णय, बाह्रबुँदे समझदारी, संविधानसभाको निर्वाचन आदि कार्य क्रमभङ्गका केही उदाहरण हुन्। जनयुद्ध बाहेक यिनमा झण्डै सबैमा क.किरणमा असहजता देखिन्छ। अहिलेको सेना समायोजन प्रक्रिया महìवपूर्ण क्रमभङ्ग हो, जो क.प्रचण्डले भन्नुभएको पनि छ, यसमा क.किरणलाई असहज हुनु अस्वाभाविक छैन। उहाँ विरोध पनि गर्नुहुन्छ र आँट गर्न पनि सक्नुहुन्न यसले पनि उहाँमा रहेको द्विविधा, निर्णय क्षमतामा रहेको कमी स्पष्ट हुन्छ। क.किरण अर्ती दिन सक्नुहुन्छ तर त्यो धर्तीमा कति खप्छ त्यसको ख्याल गर्न उहाँले नसकेको देखिन्छ।

सिद्धान्तले मात्रै क्रान्ति गर्दैन, यसो हुन्थ्यो भने सबै देशमा क्रान्ति हुने थिए र कुनै क्रान्ति पनि असफल हुन्थेनन्। यस्तो हुन्थ्यो भने हामी पनि क्रान्ति सम्पन्न होला वा नहोला भनेर द्विविधामा पर्नु पर्थेन र क.प्रचण्डलाई कार्यनीतिक सिˆटको चटारो पनि पर्थेन। सिद्धान्तलाई आˆनो अनुकूलतामा प्रयोग गरेर मात्रै क्रान्ति सफल हुन्छ। क्रान्तिको बनिबनाउ बाटो हुन्न, सिद्धान्तले मार्गदर्शन मात्र गर्छ बाटो सबैले आफै बनाउन पर्छ। यसमा सिद्धान्ततः सबै सहमत भए पनि कार्यान्वयनमा जाँदा फरक पर्छ। अहिले माओवादी भित्र यसमा पनि मतान्तर छ।

अहिलेको क.प्रचण्डको निर्णयले पार्टीलाई दक्षिणपन्थतर्फ लैजान्छ कि भनेर सचेत पार्ने तहसम्मको आलोचनालाई सकारात्मक रूपमा लिन सकिन्छ, तर विरोधलाई निम्नस्तरमा ओराल्ने र सडकमा छताछुल्ल पार्ने विषयलाई सकारात्मक भन्न सकिन्न। यसैको निहुँमा पार्टी विभाजनसम्म पुर्‍याउने हो भने त इतिहासले क्षमा गर्ने छैन।

भर्खरै सेनासमायोजन गरेर फेरि एक पटक क्रमभङ्ग गरें भनेका क.प्रचण्ड र माओवादी पार्टीका अगाडि पार्टीभित्र र बाहिर दुवैतर्फबाट नयाँ चुनौती देखापरेका छन्, यसलाई कसरी व्यवस्थापन गरिन्छ वा गर्न सकिन्न अहिले सबैको ध्यान यता त्यता रहेको छ। त्र

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px