काठमाडौँ, वैशाख ३ गते। बि्रटिस गोर्खा कप नकआउट फुटबल प्रतियोगितामा आइतबार एपीएफ क्लब र मनाङ मस्र्याङ्दी क्लब विजयी भएका छन्।
एपीएफले बाँसबारीलाई ५-१ ले तथा मनाङले सरस्वतीलाई २-० ले हराए। एपीएफले क्वाटरफाइनलमा पछिल्ला दुईपटकको विजेता थि्रस्टारविरुद्ध खेल्नेछ। यसैगरी मनाङले एनआरटी र प|mेन्ड्स क्लबमध्ये एकविरुद्ध अन्तिम आठमा प्रतिस्पर्धा गर्नेछ।
पहिलो खेलमा एपीएफका सन्तोष श्रेष्ठ, अर्जुन सुब्बा, गणेश लावती, रञ्जन विष्ट र मिलन राईले गोल गरे। खेलको आठौँ मिनेटमा बाँसबारीका गोलरक्षक मनीष तिमिल्सिना एक्लै भएको मौकामा गोल गर्दै सन्तोषले एपीएफलाई अग्रता दिलाए। खेलको ३३औँ मिनेटमा 'म्यान अफ द म्याच' घोषित अर्जुनले गोलरक्षक मनीषसँगको एक्लो जम्काभेटमा गोल गर्दै अग्रता दोब्बर बनाए।
एपीएफले मध्यान्तरपछि तीन गोल थप्यो। खेलको ७०औँ मिनेटमा मिलनको क्रसमा गणेशले हेड गर्दै गोलसङ्ख्या तीन पुर्याए। उत्तरार्द्धको ६५औँ मिनेटमा मैदान प्रवेश गरेका रञ्जन १५ मिनेटपछि गोलकर्तामा आप\mनो नाम लेखाउन सफल भए। कप्तान कुमार थापाले डिबक्समा मिलाइदिएको बल रञ्जनले गोलपोस्टमा छिराएका हुन्। ७ मिनेटपछि पुकार आलेमगरले बाँसबारीका लागि सान्त्वना गोल फर्काए। यद्यपि मिलनले इन्जुरी समयमा एपीएफका लागि गोल गरेर अन्तर फराकिलो नै पारे।
एपीएफका प्रशिक्षक जनक सिंहले बाँसबारीविरुद्ध आप\mना खेलाडीलाई फरक भूमिकामा खेलाएको जानकारी दिए। दुई महिनादेखि तयारी गरिरहेका छौँ, आजको फराकिलो जित त्यसकै नतिजा हो, थि्रस्टारविरुद्धको क्वाटरफाइनल प्रतिस्पर्धात्मक हुनेछ -प्रशिक्षक सिंहको प्रतिक्रिया छ।
एन्फा एकेडेमीका आठ खेलाडी मैदानमा उतारेको मनाङ मस्र्याङ्दीको जितमा सुलभ मास्केको महìवपूर्ण भूमिका रहृयो। खेलको चौथो मिनेटमा नै सुलभले गोल गरेपछि पछिल्ला दुई संस्करणको उपविजेता मनाङलाई खेल सहज बनेको थियो। सुलभले कालु थापाको पास सदुपयोग गर्दै गोल गरेका हुन्। १० मिनेटपछि सुलभकै पासमा कप्तान अनिल गुरुङले हेडमार्फत गोल गरे।
मनाङका प्रशिक्षक देवेन्द्रजङ शाहीका अनुसार राम्रो तयारी नभएकाले धेरै गोल गर्न नसकेको प्रतिक्रिया दिए। युवा खेलाडीलाई बढी प्राथमिकतामा राखेका छौँ -प्रशिक्षक शाहीले भने। उनले आगामी खेलमा दुई विदेशी खेलाडी टिममा भित्र्याउने सङ्केत पनि गरे।