Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
के हो त पहिचानयुक्त सङ्घीयता ?
जयप्रकाश गुप्ता
 

मुलुकका स्थायी सत्ता सम्बद्ध केही विद्वानले विचार प्रकट गरे- "अबको तीन महिनाभित्र सङ्घीयतासहितको संविधान बन्न सक्दैन। तसर्थ सङ्घीयता र प्रादेशिक विभाजनलाई थाती राखेर नयाँ संविधान जारी गरिनुपर्दछ।" त्यतिखेर मलाई जेल पठाइएको थिएन। संयुक्त-लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट मैले उक्त प्रवर्द्धित विचारलाई लक्ष्य गर्दै भनेको थिएँ- "यो सम्भव छैन। सङ्घीयताबिनाको संविधान मधेसले किमार्थ पनि स्वीकार गर्दैन। हामी मान्दैनौं।" यही क्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भन्नुभयो- "सङ्घीयताविहीन संविधान होइन सङ्घीयतासहितको संविधान नै आउँछ।" अहिले आएर सङ्घीयताका साथ पहिचानको कुरो एक अन्तरालपछि फेरि चर्चामा छ। मधेसी मोर्चाको तर्फबाट तमलोपाका अध्यक्ष महन्थ ठाकुरले शाब्दिक जाललाई चिर्दै स्पष्ट गर्नुभयो- "नयाँ संविधानमा पहिचानसहितको सङ्घीयताको विकल्प हुनसक्दैन। पहिचानविहीन संविधान मोर्चाले मान्दैन।"

आ-आˆना पार्टीका मधेस अभियानका दौरान सुशील कोइराला र झलनाथ खनालले आफूहरूबीचको सहमति जनाउँदै भन्नुभयो- "छ वटा प्रदेशहरू हुनुपर्दछ र हरेक प्रदेश उत्तरमा चीनको, दक्षिणमा भारतको सीमासँग छोइएको हुनुपर्दछ।" यस प्रसङ्गमा माओवादी पार्टी मौन रहेको थियो। आˆनो आन्तरिक पार्टी द्वन्द्वको सन्दर्भमा यो पार्टी शान्ति प्रक्रियामा 'आत्मसम्मान' र संविधानको सन्दर्भमा 'जनसंविधान' मा अल्झेको थियो। स्वभावतः दबाबमा परेर भर्खरै शान्तिप्रक्रियाको गोलचक्करबाट निस्कँदै माओवादी पार्टीका अध्यक्ष प्रचण्डले भन्नुभयो- "पहिचानकै आधारमा सङ्घीय संविधान बन्छ।" देशवासीका नाममा आˆनो सम्बोधनमा अझ अगाडि आएर प्रधानमन्त्री भट्टराईले "सङ्घीयताबिनाको संविधानलाई बजारिया हल्ला र पूणर्ांगी संविधान" आउनेमा जोड दिनुभयो। मधेसी मोर्चा र माओवादी सत्ता गठबन्धनको बैठकमा पनि "पहिचानको संविधान आउने कुरामा दुवै पक्ष प्रतिबद्ध रहेको" भनिएको छ।

छ प्रदेशको तथा उत्तर-दक्षिण प्रदेशको आˆनो धारणा राखिसकेपछि नेपाली काँग्रेस र एमालेले थप बोलिरहन आवश्यक ठानेको छैन, जेठ १४ भित्र संविधान जारी हुनुपर्ने मात्र दोहोर्‍याइरहेको छ। तर हालै राष्ट्रपतिले प्रादेशिक संरचनाबाट विखण्डनको गन्ध पाए संविधानको घोषणामा हस्ताक्षर गर्दिन" भनेर वातावरण तरङ्गति पार्नुभएको छ।

वास्तवमा संविधान निर्माणको सन्दर्भमा यो पक्ष नै सर्वाधिक जटिल छ र सर्वपक्षीय सहमति अनिवार्य भएको विषय पनि हो। राज्यको पुनःसंरचनासम्बन्धी संविधानसभाको विषय समितिले प्रदेश रचनाका लागि आधारभूत रूपमा पहिचानका पाँच र सामथ्र्यका चार अनिवार्यतालाई सर्वसम्मत रूपमा स्वीकार गरिसकेको छ। पहिचानका यी पाँच आधारहरूका सन्दर्भमा तथ्यगत रूपमा केही सामान्य प्रकारका बेमेलहरू सामुन्ने आए पनि, यी आधारबाट सिर्जना हुन आएका प्रदेशको प्रस्तावलाई काँग्रेस र एमालेले 'जातीय' प्रदेश भनेको छ। ऐतिहासिक रूपमा उत्पीडनमा कहिल्यै नपरेका 'बाहुन-क्षेत्री' लाई अन्य वर्गमा राखिएको प्रति आक्रोशित भएका प्रभावशाली समुदायको वर्चस्वको पार्टी ने.का., एमाले तथा अरूले पनि अत्यन्त चतुरतापूर्वक आम जनमानसमा 'पहिचान'लाई 'जातीयता'मा रूपान्तरित गर्न सफल भएको छ। जातीय प्रभुत्व, अहंकार र ईखको द्वन्द्वमा सङ्घीयता सारमा भन्दा पनि शब्दमा प्रधान हुन पुगेको छ।

बिनासङ्घीयता, सङ्घीयता र पहिचानसहितको सङ्घीयताको यस क्रममा एकपटक फेरि मधेसी मोर्चा माओवादीका बीच 'जातीय पहिचानसहितको सङ्घीयता' का लागि नयाँ प्रतिबद्धता सार्वजनिक भएको छ। के हो त जातीय पहिचानसहितको सङ्घीयता ? यस पदावलीको सार के हो र यो सङ्घीयताको विशेषता के हुनुपर्दछ ? यसबारे मधेसी मोर्चा र माओवादीका बुझाइ के हुन् र अरूहरू कहाँ यसमा असहमत हुन्छन्। प्रतिबद्धता र सहमति कायम गर्ने पक्षहरूले विचार गरेकै हुनुपदर्छ।

सङ्घीयताको विशेषताको सन्दर्भमा सामान्य रूपमा संसारभर केही सर्वमान्य मान्यता व्यवहारमा छन्। त्यस अनुसार यदि विविधतायुक्त मुलुकमा विभिन्न समुदायले शासनसत्तामा आˆनो निणर्ायकत्व कायम गर्न सकेन भने सङ्घीयताको मौलिक आशय पूरा हुन सक्दैन। यथार्थमा यही मान्यता नै पहिचानसहितको सङ्घीयताको मूल आधार हो।

नेपालको सन्दर्भमा खासगरी प्रादेशिक विभाजनमा यदि कुनै क्षेत्रीय, जातीय वा समुदायको राजनीतिक निणर्ायकत्व कायम हुने संरचना बन्दैन भने सङ्घीयताको सन्दर्भमा पहिचान स्थापित भएको मानिन्न। हामी संविधानसभाको समिति स्तरमै सहमत भइसकेका छौँ कि, भौगोलिक एकरूपता, समान लोकसंस्कृति, भाषिक समानता, जनजीविकाको समान उपक्रम, सांस्कृतिक सघनता जस्ता विषयहरू पहिचानका आधार हुनेछन्। संक्षेपमा सांस्कृतिक-भाषिक-सामुदायिक अन्तर-आबद्ध क्षेत्रको प्रादेशिक सीमाङ्कन नै कुनै एक खास पहिचान मान्यताको प्रत्याभूति हो। यस मान्यतालाई मुलुकको संविधानले केही खास पद्धतिका आधारमा लागू गर्दछ।

सङ्घीयताभित्र प्रदेशको रचना गर्दा कुनै एक जनसङ्ख्या -सामुदायिक/सांस्कृतिक एकरूपताको) को सघनतालाई अविच्छिन्न प्रकारले राखी सीमाङ्कन गरियो भने वस्तुतः त्यो ठोस रूपमा पहिचानको मान्यताको हो। मधेसको सन्दर्भमा स्वायत्त मधेस प्रदेशको निर्माणसम्बन्धी मागका मुख्य आधार यही हो।

केन्द्रीय विधायिकाको लागि समान जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण गरी बन्ने विधायिका निश्चित रूपमा उपयुक्त प्रतिनिधित्व प्रणाली हो। केन्द्रीय संसदमा प्रदेशहरूको जनसाङ्ख्यिक आकारको आधारमा प्रतिनिधित्व गराई शासनमा भागीदारी 'शेयर्ड रुल' स्थापित गर्ने यो नै एकमात्र उपाय हो। कसैले पनि यस तथ्यलाई बिर्सनु हुन्न कि पहिलो मधेस आन्दोलनको क्रममा गिरिजाप्रसाद कोइरालाले दोस्रो पटकको सम्बोधनमा "...... समान जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनेछ.....।" भन्नुपरेको थियो।

राज्यको शक्ति निःसृत हुने र शक्ति परिचालनका निकायहरू कुन हुन् ? साथै राज्यको नीति निर्माण एवं नियामक अङ्गहरू कुन कुन हुने- यसको निर्धारण र यसमा भागीदारी पहिचानलाई संवैधानिक रूपमा प्रत्याभूति गराउने अर्को आधारभूत विषय हो। यसको निर्धारण अनि त्यस्ता निकायहरूमा जनसङ्ख्याको आधारमा समानुपातिक भागीदारी पहिचान प्रत्याभूतिका अनिवार्य सर्त हुन्।

सुरक्षा निकायको समावेशीकरण एवं लोकतन्त्रीकरण र न्यायपालिकाको समावेशीकरण औपनिवेशिकताबाट मुक्त राष्ट्रहरू तथा रूपान्तरित राष्ट्रका लागि बिर्सन नहुने सर्त हुन्। दक्षिण एसियाका सन्दर्भमा श्रीलंका, पाकिस्तान र बंगलादेशमा देखिएका तथा विद्यमान प्रजातन्त्र उपरको सङ्कट र जातीय दमनका घटनाहरू हाम्रा लागि पाठ हो नै। हालै माल्दिभ्स र इजिप्ट जस्ता मुलुकमा प्रजातन्त्रको उदय अनि त्यहाँ उत्पन्न सङ्कटसमेत हाम्रो निम्ति थप पाठ भएको छ।

विद्वान् विश्लेषक सी.के. लालले भने झैँ सुरक्षा निकाय, न्यायालय, प्रशासनिक संयन्त्र राज्यका स्थायी सत्ता त हुन् नै। तर प्रदेश रचनामा यथार्थपरक पहिचान कायम हुने सीमाङ्कन, केन्द्रीय विधायिकामा भागीदारीको निश्चितता हुने प्रतिनिधित्व प्रणाली, भाषिक मान्यता जस्ता अनिवार्य विषयहरू राज्य रूपान्तरणका सन्दर्भमा पहिचान प्रत्याभूति गराउन सक्ने आधारहरू हुन्। माओवादी, ने.का., एमाले र मधेसी मोर्चाका बीचको छलफल र माओवादी मधेसी मोर्चाबीचको पछिल्लो समझदारीले 'पहिचान' को गर्भमा अन्तरिनिहित यी अन्तरवस्तुका बारेमा ध्यान दिन नसकिए 'पहिचानयुक्त सङ्घीयता' सारमा भन्दा पनि शब्दमा सीमित हुनेछ।

हाल डिल्लीबजार जेलमा रहनुभएका लेखक गुप्ता

मधेसी जनाधिकार फोरम -गणतान्त्रिक)का अध्यक्ष हुनुहुन्छ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px