लन्डन, वैशाख ४ गते। चेल्सीले आइतबार राति वेम्बले रङ्गशालामा टोटेनहामलाई ५-१ ले हराएर एफए कपमा लिभरपुलसँगको उपाधि भिडन्त पक्का गरेको छ।
यद्यपि खेलको ४९औँ मिनेटमा हुँवा माटाले गरेको गोल भने निकै विवादास्पद बन्यो। माटाको प्रहारलाई डिफेन्डर बेनाइट आसोउ इकोटुले क्लियर गर्दा बलले गोलरेखा पार नगरेको भिडियो रिप्लेमा स्पष्ट देखिएको थियो तर अम्पायरले गोलको इशारा गरिसकेका थिए। जसले गर्दा गोललाइन प्रविधिको प्रयोगबारे बहस फेरि चुलिने पक्का छ। सो गोलले टोटेनहाम २-० ले पछि परेको थियो।
चेल्सीका खेलाडीले गरेका बाँकी चार गोल भने स्तरीय थिए। चेल्सीका लागि डिडियर ड्रोग्बा, रामिरेज, प|mान्क लाम्पार्ड र प\mलोरेन्ट मालुडाले गोल गरे। चेल्सीले पछिल्ला तीन गोल अन्तिम १३ मिनेटको अवधिमा गरेको हो। यसअघि टोटेनहामका गाराथ बालेले एक गोल फर्काई स्कोर २-१ पारेका थिए।
पि्रमियर लिगमा वायने रुनीले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई सजिलै ४-० ले हरायो। यस जितले म्यानचेस्टर युनाइटेडले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई पाँच अङ्कले पछाडि पारेको छ।
म्यानचेस्टर युनाइटेडका लागि डेनी वेल्बेक र स्थानापन्न खेलाडी नानीले पनि गोल गरे। गत बुधबार विगनमा १-० ले स्तब्धकारी हार बेहोरेपछि २०औँ पटक पि्रमियर लिग उपाधि अभियानमा म्यानचेस्टर युनाइटेडले धक्का बेहोरेको थियो। यद्यपि यस जितपछि युनाइटेड पुनः उपाधि जितको नजिक पुगेको छ। पि्रमियर लिगमा चार चरणमात्र बाँकी छन्। एपी