Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
सेयर बजारमा रौनक
सरोज अधिकारी
 

नेपाली सेयर बजारमा रौनक आएको छ। लामो समयदेखि सुस्ताएको बजारले निराश बनेका लगानीकर्तामा केही उत्साह थपेको छ। सेयर बजार उच्चबिन्दुमा रहेर एकहजार एकसय ७५ को बिन्दुमा लगानी गरेका लगानीकर्ताले तीनसयको हाराहारीमा नेप्से आइपुग्दा आˆनो लगानीको झण्डै ७० प्रतिशतसम्म गुमाएका थिए। बजार यस्तो अवस्थामा आउँदा पनि सरकारले उचित ध्यान नदिएको भन्दै लगानीकर्ता आन्दोलनको मनस्थितिमा पुगेका बेला बजार एकाएक बढ्नुले लगानीकर्तालाई राहत पुगेकोे छ भने सरकारले पनि आन्दोलनको अवस्था झेल्नुपर्ने स्थितिको सामना गर्नुपर्ने वातावरण सिर्जना नहुने देखिएको छ। लगानीकर्ताले बजारको दीर्घकालीन सुधारका लागि उठाएका जायज माग भने सम्बोधन गर्नुपर्ने नै छ। सेयर बजारको सुधारका लागि केन्द्रीय निक्षेप प्रणाली -सीडिएस) तत्काल लागू गर्नुपर्ने, सेयर कर्जामा खुकुलो पन ल्याउनुपर्ने, सेयरमा हुने लगानीलाई प्राथमिक कर्जाभित्र राखेर सस्तो दरको कर्जा उपलब्ध हुनुपर्ने, गैरआवासीय नेपालीको लगानी आकषिर्त गर्न तत्काल अर्थपूर्ण कार्यक्रम ल्याउनुपर्ने, म्युचुअल फण्डमार्फत बजार सेयर खरिद गर्ने वातावरण निर्माण तत्काल गर्नुपर्ने, नियमनकारी निकायको भूमिका चुस्तदुरुस्त बनाउनुपर्ने, सेयर बजारमा संस्थागत लगानी भित्र्याउन विशेष व्यवस्था गर्नुपर्ने जस्ता विषयको सुधार गर्न अब सरकारले ढिलो गर्न नहुने देखिएको छ।

बजारमा हाल भएको बढोत्तरीले अवस्थामा केही राहत पुगेकोे छ। ०६८ सालको अन्तिम तिरको कारोबारले बजार माथि जाने संकेत दिएको सेयर बजारमा नयाँ वर्ष ०६९ को पहिलो दिनको कारोबारमा नै करिब १७ दशमलब ४१ अङ्कको ठूलो बढोत्तरी आएको मात्र नभएर बजार एकाएक बढेकोले सर्किट ब्रेकर लगाउनुपर्ने अवस्था आएको थियो। त्यसैगरी दोस्रो दिनमा सर्किट ब्रेकर लगाउनुपर्ने अवस्था आएर नेप्से पाँच दिनभित्रै ३३७ को अङ्क पार गरिसकेको छ भने बजार बढ्ने क्रम जारी छ। सेयर बजार न्यूनतम बिन्दु २९२ को अवस्थामा आएर साता अघिसम्म मात्र तीनसयको हाराहारीमा रहेका बेला अहिले भने बजारमा सुधारले निरन्तरता पाएको छ। विज्ञहरूको दाबीलाई मान्ने हो भने बजारमा आगामी दिन पनि बढोत्तरी निरन्तर रहने सम्भावना प्रबल छ। सेयर बजार बढेका बेला लगानीकर्ताको लोभले काम गर्छ र घटेका बेला डरले काम गर्छ भन्ने कुरालाई मान्ने हो भने नेप्से तीनसयको नजिक आइपुग्दा राम्रो प्रतिफल दिने कम्पनीहरूको बजार मूल्य पनि निकै सस्तो भइसक्दा पनि लगानी गर्न डराएको स्थिति थियो। अब बजार बढ्नथालेपछि नयाँ लगानीकर्ता सेयर खरिद गर्न तँछाड-मछाड गर्ने वातावरणले गर्दा बजारमा माग बढी हुनेभएपछि नेप्से उकालो लाग्ने निश्चित देखिन्छ। बैङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने ऋणको ब्याज दरमा आएको कमी र सेयरका मूल्यमा आएको बढोत्तरीले पुरानो कर्जामा मार्जिन कल आउन समेत बन्द हुने अवस्थाले नयाँ लगानीकर्ता बाहेक पुराना लगानीकर्ताले पनि बजारमा थप लगानी गर्ने निश्चित छ जसले बजार माथि जान मद्दत पुग्छ। त्यसै गरी नेप्सेमा आएको बढोत्तरीका कारण सेयर बिक्री गर्नेको सङ्ख्या न्यून हुनु र माग उच्च हुनुले कारोबार रकम भने सोमबार घटेको देखिएको छ। नेप्सेमा दैनिक औसत दुई करोडको कारोबार हुन पनि गार्‍हो पर्ने अवस्थाबाट आइतबार पाँच पाँच करोडभन्दा माथिको कारोबार भए पनि सोमबार भने त्यस्तो कारोबार घटेर डेढ करोडको नजिक हुनुलाई सेयर लगानीकर्ता अझै भाउ बढाएर मात्र सेयर बेच्न पर्ख र हेरको अवस्थामा बसेको स्पष्ट देखिन्छ त्यसलाई आगामी दिनमा बजार बढ्ने संकेतको रूपमा हेर्नसकिन्छ।

विगतमा मुलुकको अर्थतन्त्रका परिसूचकाङ्कहरू निकै सकारात्मक बनेका तथ्याङ्क अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कले बारम्बार सार्वजनिक गर्दा पनि बजारमा त्यसको खासै सकारात्मक असर पर्न नसकेको स्थिति थियो। वर्तमान अवस्थामा सेयर बजारलाई मुलुकका आर्थिक परिसूचकाङ्कले भन्दा पनि राजनीतिक सङ्क्रमणले गाँजेको कुरा हाल बजारमा आएको सुधारले स्पस्ट भएको छ। लगानीकर्ता नेप्सेमा सूचिकृत कुनै पनि कम्पनीको आर्थिक स्वास्थ्यभन्दा पनि मुलुकको राजनीतिक अस्तव्यस्ततालाई नै नियालेर बसेको अवस्थामा शान्ति प्रक्रियामा आएको सुधारले बजारमा सकारात्मक प्रभाव पारेको प्रस्ट भएको छ। माओवादी पूर्व लडाकूहरूको समायोजना प्रक्रियामा भएको सहमतिले लामोसमयदेखि अड्किएको समस्याको अन्त्य भएको र त्यसले आगामी दिनमा जेठ १४ गतेभित्र नयाँ संविधान आउने कुरा समेत निश्चित झैं बनेकोले पनि बजारमा सुधार आएको हो। बजारमा हाल देखिएको सुधार चार सयको हाराहारीसम्ममा पुग्ने देखिए पनि बैङ्क तथा वित्तीय संस्थाको वर्चस्व रहेको नेपाली सेयर बजारमा त्यस क्षेत्रका कम्पनीहरूको आर्थिक स्वास्थ्य भने खासै उत्साहजनक नरहेकोले बजार तत्काल चारसयभन्दा माथि जानसक्ने कुरामा भने आशावादी हुनसकिँदैन।

बजारमा हाल केही सुधार देखिने निश्चित बनेका बेला आगामी ३७ दिन -१४ जेठ २०६९) भित्र नयाँ संविधान जारी हुनसकेको अवस्थामा सेयर बजारमा पुनः सुधार आउने र यस वर्ष भित्र सुधार पाँच सयको नजिक पुग्नसक्ने आशा गर्नसकिन्छ। आर्थिक वर्ष ०६८-६९ मा मुलुकका बैङ्क तथा वित्तीय संस्थाको नाफाको स्थितिमा उल्लेख्य सुधार आउने अपेक्षा भने गर्न नसकिने हुँदा पाँचसयको अङ्कबाट नेप्से उकालो लाग्न भने लामो सयम लाग्ने निश्चित छ।त्र

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px