Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
भूतको सञ्चार आतङ्क
 

काठमाडौंको नयाँ सडकमा यही सोमबार भूत देखियो भनेर स्थानीयवासी र बटुवा चकित भए। एक्काइसौं शताब्दी, विज्ञानको चमत्कार, सञ्चारको युग, राजधानीका सचेतवासी भूतको प्रसङ्गमा दिनभर सडकमा उभिएर रमिते बने। नेपाली सञ्चारमाध्यम खासगरी टेलिभिजनमा ब्रेकिङ् न्यूज दिने होड पनि यसोहुनुका एक मुख्य कारण बन्यो। सोमबार दिउँसो केही टेलिभिजनहरूले नयाँ सडकमा भूत देखिएको समाचार प्रसारण गरेपछि त्यहाँको जनजीवन र यातायात प्रभावित भयो। मानिसमा एक प्रकारको कौतुहल र आतङ्क देखिन्थ्यो। विद्युतीय माध्यमको प्रसारण गति र प्रभाव बढी हुने भएकाले यस्ता घटनाको समाचार बनाँउदा ती माध्यमले बढी होस पुर्‍याउनु पर्नेमा त्यसो हुन सकेन। त्यसो त नेपालमा मात्र होइन छिटो र विश्वसनीय समाचारका सन्दर्भमा विश्वव्यपीरूपमा विवाद हुने गरेका र छिटो हुने होडमा विश्वसनीयता गुमाउनु हुँदैन भन्ने निष्कर्ष निकालिने गरिन्छ। तर घटनाहरू दोहरिन्छन्। भूत बा दैवी शक्तिमा विश्वास गर्नु वा नगर्नु सामाजिक संस्कृति हो। बेलायती मानवशास्त्री इ.बी टायलरले मानिसले समाजको सदस्य हुनुको नाताले उपार्जन गरेका मूल्य, मान्यता, कला वा विश्वासलाई संस्कृति भनेका छन्। त्यसैले भूत वा देवता छन् कि छैनन् भनेर विचार लाद्नु अर्कोको विश्वासमाथि प्रहार गर्नु हो यस्तो काम पत्रकारिताले त गर्नै हुँदैन। यस्ता मान्यतामा विश्वास गर्नु/नगर्नुभन्दा पनि समुदायको आस्थामाथि निरपेक्ष रहेर समाचार सङ्कलन गर्नुपर्नेमा कहिले केही हामी चुक्ने गर्दछौं। विषयको संवेदनशीलता र तीब्रताको होडलाई सन्तुलन गर्न सकिएन भने पत्रकारिताको विश्वसनीयता गुम्नेछ। छिटो समाचार दिने होडमा केही समयअघि चाबहिलको सुन पसलमा भएको आक्रमणमा हाम्रा केही विद्युतीय माध्यमले दुईजनाको मृत्यु भयो भन्दै मृतक भनिएकाहरूको नामसमेत सार्वजनिक गरे त्यसको केही समयपछि दुईमध्ये एकको गम्भीर अवस्थामा अस्पतालमा उपचार हुँदैछ भने र केही समयपछि उनको अवस्था सामान्य छ भनियो। छिटो समाचार दिने प्रतिस्पर्धामा समाचार लेखनका आधारभूत छ "क"को सिद्धान्तलाई चावहिल वा न्यूरोडका घटनाको समाचार सङ्कलन गर्ने पत्रकारले ध्यान दिन सकेनन्। समचार संकलन गरिरहेका पत्रकारसमेत मूतको आक्रमणमा घाइते भए भनेर खवर प्रसारण भएकाप्रति स्थलगत समाचार सङ्कलन गरिरहेका पत्रकार स्वयंले आश्चर्य प्रकट गरे। त्यसो भए त्यस्तो समाचार कसले तयार गर्‍यो त ? भन्ने प्रश्न गम्भीर छ।

समाचार लेख्दा कतिपय अवस्थामा पीडितको पहिचान दिइनुले पीडितलाई झन् पीडित बनाउन सक्नेतर्फ पत्रकारहरू बढी होसियार हुनुपर्दछ। भएगरेका सबै घटनाहरूलाई त्यसैले समाचार बनाउनु हुँदैन भन्ने मानसिकताले विष खाएर मृत्य भएको समाचारलाई काफी मान्न सक्दछ तर समाचारलाई स्पष्ट वा धेरै दिने नाममा विषको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने पक्षलाई समाचार लेखन वा सम्पादनमा ध्यान दिनुनै पर्दछ। नयाँ सडकमा भूत प्रसङ्गको समाचार लेख्दा त्यसबाट घरधनी वा छिमेकीलाई प्रताडना पुग्यो भने समाजलाई सुसूचित गर्ने काममा पत्रकारिताको मूल्याङ्कन कसरी हुन सक्दछ ? समाचर भनेको साउती, गफ, हल्ला र अफवाह होइन यद्यपि यिनीहरू समाचारका स्रोत बन्न सक्दछन्। परीक्षण गरिएर सत्यसथ्यको मापन पछिमात्र कुनै पनि यस्ता "अरे" समाचार बन्न सक्दछन्। त्यसैले दोबाटोमा उभिएर कराउने मानसिक सन्तुलन गुमाएको व्यक्तिले समाजलाई सूचित गर्नु र पत्रकारिताले गर्ने सुसूचितमा धेेरै अन्तर रहनुपर्दछ। समाचारलाई रङ्गीन र विकाउ बनाउने नाममा असमाचारलाई पनि समाचार बनाउने र साना समाचारलाई पनि ठूला समाचार बनाउने गर्दा जुम्लामा भोकमरी लागेको भन्दा चलचित्रको कुनै नायकले कपाल पालेको वा फालेको घटना समाचार बन्ने गरेका छन्। यस्ता विषयलाई कति महत्त्व दिने कुरामा हामीले विचार पुर्‍याउनुपर्ने हुन्छ। भूतको प्रसङ्गलाई सनसनीपूर्ण समाचार बनाउन खोज्दा भूतले भन्दा सञ्चारले आतङ्क मचाउन सक्छ भन्नेमा हामी सञ्चारकर्मी बढी होसियार हुनुपर्दछ। त्र

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px