काठमाडौँ, वैशाख ५ गते। प|mेन्ड्स क्लबले मङ्गलबार न्युरोड टिम -एनआरटी)लाई २-१ ले स्तब्ध पार्दै बि्रटिस गोर्खा कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ। प|mेन्ड्सले अन्तिम आठमा मनाङ मस्र्याङ्दी क्लबविरुद्ध खेल्नेछ।
प|mेन्ड्सका लागि दिवस गुरुङ र प्रकाश बुढाथोकीले एक/एक गोल गरे। एनआरटीका तर्फबाट भएको गोल सुशील केसीले गरेका थिए। खेलको १८औँ मिनेटमा दिवसले प्रत्याक्रमणमा एनआरटीका डिफेन्डर सुभाष गुरुङ र गोलरक्षकलाई समेत छक्काएर गोल गरे।
यस सत्रमा भिन्न टिमका रूपमा प्रस्तुत भएको प|mेन्ड्सले पूर्वार्द्धमा तुलनात्मक रूपमा बलियो मानिएको एनआरटीलाई दबाब दिएको थियो। जसको नतिजा प|mेन्ड्सले खेलको ३१औँ मिनेटमा पनि प्राप्त गर्यो। प्रकाशले करिब ३० गजबाट सीधै बल गोलपोस्टमा छिराएर दर्शनीय गोलसहित प|mेन्ड्सको अग्रता दोब्बर पारे।
उत्तरार्द्धमा एनआरटीले सुधारिएको प्रदर्शन गर्यो। उत्तरार्द्धको तेस्रो मिनेटमा नै प|mेन्ड्सका डिबक्समा बिना निगरानीमा रहेको बेला बल भेट्टाएका सुशीलले मौकाको फाइदा उठाउँदै खेल २-१ मा झारे। १० मिनेटपछि एनआरटीका कप्तान लक्ष्मण रुचालले प्रहार गरेको बल प|mेन्ड्सको गोलपोस्टमा लागेर फर्किँदा एनआरटी निराश बन्यो। त्यसपछिको समय पनि अग्रता जोगाउने दबाबमा झेलेको प|mेन्ड्सले एनआरटीलाई गोल गर्न दिएन।
इन्जुरी समयमा सन्तोष तामाङ र सुभाष गुरुङ-ए झडपमा उत्रिएपछि रेप|mीले दुवै खेलाडीलाई रातोकार्ड देखाएका थिए।
प|mेन्ड्सका श्रीराम श्रेष्ठले आप\mनो प्रशिक्षकत्वमा प|mेन्ड्सले पहिलो खेल जितेपछि खुसी व्यक्त गरे। खेलाडीले राम्रो खेले, उत्तरार्द्धमा सुरुको लयमा खेल्न सकेनौँ तर पनि समग्रमा खेल राम्रो थियो, अघिल्लो संस्करणमा हाम्रो यात्रा अन्तिम आठमा टुङ्गिएको थियो, यसपालि हामी कम्तीमा सेमिफाइनलसम्म पुग्न चाहन्छौँ -प्रशिक्षक श्रेष्ठले भने ।
एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले पूर्वार्द्धमा राम्रो मैदानमा अभ्यस्त हुन नसक्दा दुई गोल बेहेार्नुपरेको जानकारी दिए। हार्यौँ भनेर यस्तो प्रतिक्रिया दिएको होइन तर खेलाडीलाई राम्रो घाँसेमैदानमा खेल्न बानी नहुँदा सुरुमा गाह्रो भएको पक्का हो -प्रशिक्षक शाक्यको भनाइ थियो।
बुधबारको खेल
जावलाखेल-हिमालयन सेर्पा