Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
फेरि पनि सहमति नै
शिवकुमार भट्टराई
 

अन्ततः प्रमुख राजनीतिक दलका नेताहरू विवादित विषयमा सहमति गर्न बाध्य भएका छन्। जेठ १४ भित्रै नयाँ संविधान ल्याउनुपर्ने बाध्यतालाई नेतृत्वले गम्भीरतापूर्वक लिएको सङ्केत पाइएको छ। हात्तिवन रिसोर्टमा भएको आवासीय छलफल र वार्ताले संविधानका अन्तर्वस्तुमा विद्यमान बेमेल अन्त्य गर्ने सैद्धान्तिक सहमतिकै निरन्तरता कायम छ। त्यसैले विवाद समाधान उपसमितिको म्याद वैशाख ११ सम्म थप्ने सहमति बनेको छ। विवादित लगभग सबै विषयमा एकमत बनाउने कसरत सार्थक बन्ने वातावरण तयार भएको छ। सङ्कटको घडीमा नेतृत्व गम्भीर हुनैपर्छ, अहिले पनि अवस्था खतरामुक्त छैन। राजनीतिक सङ्क्रमण कायमै छ। गणतन्त्र संस्थागत भइसकेको छैन। पुनरुत्थानवादी शक्ति दाउ छोपेर बसिरहेको छ। परिस्थिति थोरै पनि जटिल बन्यो भने ठूला दलहरू भित्रै रडाको मच्चाउने र स्वार्थ सिद्ध गर्ने मनसायले अँध्यारा कोठामा सडयन्त्र भइरहेकै छन्। यो अवस्थालाई चिर्न पनि प्रमुख दलहरूबीच सहमति र सहकार्य अपरिहार्य थियो।

शान्तिप्रक्रिया टुङ्ग्याएर संविधान बनाउने विषयमा दलहरूबीच एकाएक विकसित सहमतिले जनमानसमा फेरि आशा र उत्साह पलाएको छ। चैत ३० गतेभित्र सेना समायोजनको महत्त्वपूर्ण काम टुङ्ग्याउने पूर्व सहमति कार्यान्वयनमा माओवादी पक्षबाट देखाइएको तत्परता र जाँगरले आशाका किरण थपिएका हुन्। चैत २८ गते नै माओवादी लडाकूहरू बसेका क्यान्टोन्मेन्टमा नेपाली सेना पठाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले इमानदारी देखाउनुभएको छ। यसका पछाडि माओवादी पार्टीभित्रको अन्तर्द्वन्द्वले पनि काम गरेको हुनसक्छ तर जे भए पनि शान्तिप्रक्रिया पूरा गर्न माओवादीबाट कुनै व्यवधान उत्पन्न भएन। यसले पनि शान्ति र संविधानप्रति जनतामा आशा र विश्वास पलाएको छ। अब भने नेपाली सेना मातहत आइसकेको माओवादीका पूर्व लडाकूको व्यावहारिक समायोजन मात्रै बाँकी छ। त्यसमा पनि समायोजनमा जान चाहने पूर्व लडाकूको सङ्ख्या न्यून देखिएको छ। त्यसैले पनि सङ्ख्या विवाद पनि अब टुङ्गिएको छ। बि्रज कोर्स र दर्जाको विषयलाई सेना समायोजन विशेष समितिले टुङ्ग्याइदिएपछि शान्तिप्रक्रियाले पनि निश्चित आकार लिनेछ। यसपछि शान्तिप्रक्रिया बारे मुलुकमा ठूलो समस्या केही रहने देखिन्न।

अब भने दलहरूको एकमात्र उद्देश्य र कार्यभार संविधान निर्माण हो। जेठ १४ आउन अब पाँच साता मात्र बाँकी छ। यस अवधिमा संविधान जारी भएन भने मुलुक अर्को खाडलमा जाकिनेछ। १४ जेठपछि संविधानसभाको अवधि थप्न सर्वोच्च अदालतले रोकिदिएको छ। आमजनताको भावनाको कदर गर्दै सर्वोच्चले उक्त निर्णय गरेको हो। त्यसप्रति कसैले आपत्ति गर्नुपर्ने देखिँदैन तर कतिपय विषय भने हचुवाका भरमा गर्दा पछि पछुतो मान्नुपर्ने अवस्था आउन सक्छ। शासकीय स्वरूप, निर्वाचन प्रणाली न्यायपालिकाको संरचना लगायतका विषयमा गरिने सहमतिले केही फरक पार्दैन तर सङ्घीयताको विषय भने गहन हो। सङ्घीयतामा जानुपर्छ भन्ने विषयमा विवाद छैन तर सङ्ख्या र पहिचानका विषयमा धेरै मन्थन आवश्यक छ। के आधारमा नाम र सीमा तोक्ने भन्ने विषय महत्त्वपूर्ण हो। यस्तो गम्भीर विषयमा नेताहरूले मात्र होइन, सम्बद्ध क्षेत्रका विज्ञसँग पनि व्यापक छलफल आवश्यक छ। आज निर्णय गरेर भोलि तुरुन्तै बदल्ने विषय यो होइन। यसका असर र प्रभाव दीर्घकालिक हुन्छन्। जस्तो भारतमा अहिले पनि सङ्घीयताको विषय उठिरहेको छ। जातीय आधारमा प्रदेश छुट्याउँदाको पीडा अहिले पनि भोग्नुपरिरहेको छ। आन्ध्रप्रदेशमा तेलङ्गानाको छुट्टै माग महाराष्ट्रमा सल्किएको छ। त्यसले गर्दा आज पनि भारत यही समस्यासँग जुधिरहेको छ। सन् १९५० देखि नै सङ्घीयताको मुद्दाले भारतलाई छोडेको छैन। हालै भारत भ्रमणमा ग्ाएका नेपाली पत्रकारसँग कुरा गर्दै इन्डियन इन्स्िटच्युट अफ पब्लिक एडमिनिस्ट्रेजनका प्रा. सुरेश मिश्रले यसबारे लामो कुरा गरे। छलफलमा क्रममा उनले नेपालमा पनि अहिले सङ्घीयताको विषय चर्चामा रहेको र भारतको गल्ती दोहोर्‍याउन नहुने सुझाव दिए। सङ्घीयताले विकासमा बल पुर्‍याउने तर प्रदेश छुट्याउँदा भने जातीय आधारलाई बिल्कुलै मान्न नहुने तर्क उनको थियो। 'हामीले गरेको गल्तीबाट नेपालले पाठ सिक्नुपर्छ' भन्दै प्रा. मिश्रले नेपालमा पनि त्यही समस्या आउन सक्ने चेतावनी दिएका थिए। यसले गर्दा सङ्घीयताको विषयमा हतार गर्ने कि नगर्ने भन्नेतर्फ केही न केही सोच्नैपर्ने भएको छ। यसमा दलहरू थप गम्भीर बनेेनन् भने सङ्घीयता गलगाँड पनि हुनसक्छ।

यो बाहेक अन्य विषयमा हुने सहमतिले चाहिँ मुलुकलाई तत्कालै ऊर्जा दिनेछ। संविधानका अन्तर्वस्तुमा सहमति कायम भएपछि जारी गर्ने औपचारिकता मात्रै बाँकी रहने हो। यसका लागि संविधानसभाले पूरा गर्नुपर्ने औपचारिकताका लागि सबै नियम फेर्नुपर्ने हुन्छ। विगतमा जस्तै सबै प्रक्रिया पूरा गर्न लाग्ने समयतालिका बमोजिम चल्न भ्याउने अवस्था छैन। त्यसमा संशोधन गरी छोटो कार्यतालिका बनाउनुपर्ने हुन्छ। यी सबै प्राविधिक विषयलाई पनि औपचारिकता दिनुपर्ने भएकाले अबका हरेक मिनेट ठूलो महत्त्वको रहेकोे छ। जेठ १४ सम्ममा धेरै काम गर्नुपर्ने भएकाले नेतृत्व वर्गमा सकारात्मक सोच र भावना आवश्यक छ। संविधान जारी गरेपछि बन्ने सर्वदलीय सरकारको नेतृत्व र कार्ययोजनाको खाका तयार गर्ने दायित्व पनि अहिले नै नेताहरूले बोक्नुपर्ने अवस्था छ। त्यसतर्फ पनि घनीभूत छलफल गरी जनमानसमा राजनीतिप्रति सकारात्मक सोच विकासको वातावरण तयार गर्ने बेला पनि अहिले नै हो। राजनीतिक दल र नेतृत्व वर्गले यस दिशामा पनि सोच्नुपर्ने

अवस्था छ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px