नेपाली सञ्चारमाध्यमहरूले सामाजिक मुद्दालाई पर्याप्त स्थान नदिएको गुनासो पटकपटक गरिदै आएको छ। यसलाई सञ्चारमा खोजिएको हिस्सेदारी भनेर स्वाभाविकरूपमा लिन सकिन्छ। प्रेसका चार सिद्धान्त भनेर यसको जुन विकास क्रमलाई हेरिन्छ १६ औ १७ शताब्दीको अधिनायकवादी पे्रसमा भएका लगानी, यिनको उद्देश्य, प्रेसमाथिको स्वामित्व/नियन्त्रण, र सेन्सरसिपभन्दा माथि उठेर प्रेसले वर्तमानमा जस्तो स्वतन्त्रताको अभ्यास गर्नसक्ने अवस्था थिएन। प्रेस ठूलाका कुरा सानाका लागि लेख्ने उद्देश्यले ठूलाकै स्वामित्वमा स्थापना भएकाले हालको जस्तो आवाजविहीनहरूको आवाज थिएन तत्कालीन पत्रकारिता। त्यसैले प्रेस/पत्रकारितामा जुनसुकै तप्काले पनि आफ्ना आवाज आउन् भन्ने अपेक्षा राख्न सक्दछन्। प्रेसले सामाजिक उत्तरदायित्वलाई केन्द्रबिन्दुमा राख्नुपर्ने माग र तर्कमा विवाद गर्नु आवश्यक छैन तर सामाजिक उत्तरदायित्वको परिभाषालाई भने समयसापेक्षतामा बुझ्नु पर्नेहुन्छ। नेपालमा महिला, दलित, अपाङ्ग, वा पेशागत, धार्मिक वा गैरसरकारी निकायहरूले गर्ने गरेका कार्यक्रममा सञ्चारले आफ्ना मुद्वालाई महत्त्व नदिएको गुनासो गर्ने गर्दा पत्रकारिता/प्रेस व्यवसाय पनि भएकाले यसले बजारको मागलाई ध्यान दिनैपर्दछ भन्ने यथार्थलाई विर्सनु हुँदैन। यस्ता विषयलाई प्रेसले दिएको महत्त्वभन्दा पनि समाजले निर्धारण गरेको बजार भन्नुपर्दछ। नेपाली समाज गम्भीररूपले राजनीतिकृत भएकाले उसलाई राजनीतिभन्दा बाहिरको "सिटामोलले" छुदै छुदैन। यस्तो अवस्थामा समाजको मूल चरित्रभन्दा पृथक रहेर प्रेसले सामाजिक मुद्दाका प्रेस्कृप्सन लेखिदिने हो भने त्यसले औसत नेपालीको मनोचाहनाको उपचार गर्न सक्दैन। हामीहरू दिनभर सामाजिक मुद्दामा सञ्चारको भूमिकाको बारेमा बहस गर्दछौं भोलिपल्ट विहान हात्तीवन रिसोर्ट बैठकले के निर्णय गर्यो भन्ने भगेंरे शीर्षकको समाचारलाई प्राथमिकतामा राखेर पढ्छौ। यसोहुनु हाम्रो मस्तिष्कमा भएको राजनीतिकरण हो। त्यसैले हाम्रो पत्रकारिताले सङ्घीयताको वहसबीच आमा समूहले अक्षय तृतीयामा सर्वत बाँडेको "सामाजिक समाचार"लाई बिक्रीदार
-सेलेवल) बनाउन सक्दैन। गर्ने प्रयास गर्यो भने डोज नपुगेको औषधीजस्तो निष्प्रभावी हुनेछ। जहाँसम्म लक्षित वर्गका मुद्दालाई सञ्चारमाध्यमले महत्त्व दिनु पर्दछ भन्ने कुरा छ यो स्वाभाविक अपेक्षा हुन सक्दछ तर यहाँनेर बुझ्नु पर्ने कुरा के हो भने प्रेस वा पत्रकारिता आफैले समाचार बनाउन सक्दैनन्। अरूहरूले गरेगराएका घटनालाई यिनीहरूले समाचार बनाउने हो।
सुदूरपश्चिममा छाउपडी र छुवाछूत छ यीविरुद्ध पत्रकारिताले पर्याप्त स्थान दिएका छन्। तर त्यहाँ हुने यस्ता घटनामा पत्रकारको पहुच पुर्याउने, त्यस्ता विषयप्रति उनीहरूलाई प्रशिक्षित र संवेदनशील बनाउनेजस्ता कामहरू अन्य सामाजिक संस्थाहरूले गर्नुपर्दछ। अर्को सत्य के हो भने चाहे चाल्र्स एण्डरसन डानाले कुकुरले मान्छे टोक्ने र मान्छेले कुकुर टोक्ने उदाहरण दिएर समाचारको परिभाषा दिएका हुन् वा देव शमशेरले गोरखापत्र प्रकाशन गर्न जारी गरेको सनदमा "अनौठा अनौठा कुराहरू छाप्नु" भनेका हुन्। यी भनाइले पत्रकारितालाई अपवादका घटनामा आधारित साहित्य मानेका छन्। त्यसैले वेलायती सञ्चारविद् जानाथन फेन्बाईले "अपवादका घटनामा आधारित पत्रकारिताले एउटा रेल दुर्घटनाको समाचारलाई महत्त्व दिन्छ, जबकि सुरक्षित यात्रा गरेका हजारौं रेलहरू आफ्नो गन्तव्यमा पुगेका हुन्छन्" भनेजस्तै यसले अपवादलाई महत्त्व दिइरहन्छ किनभने समाजले यस्ता घटनालाई बढी पढ्छन्। विकास पत्रकारिताका सन्दर्भमा यस्ता थुप्रै भनाइलाई उदाहरण बनाउन सकिन्छ तर स्पष्ट केमा हुनुपर्दछ भने पत्रकारिता व्यवसाय भएपनि यसलाई पाठकमुखी, जनमुखी बनाउनै पर्दछ। पत्रकारिता अपवादको साहित्य हो त्यसैले यसले सुरक्षित यात्रा गर्ने गाडीको सङ्ख्या गन्दैन एउटा गाडी दुर्घटनाको समाचार लेख्दछ। जहाँसम्म सामाजिक विषयका मुद्दालाई समाचार बनाउने कुरा छ त्यस्ता घटना पनि समाचार हुनसक्छन् भनेर पत्रकार खासगरी जिल्लास्थित समाचारदाता -कनिष्ठ) र समाचार डेक्समा बस्ने सम्पादक -बरिष्ठ) देखि लगानीकर्तासम्म अलि बढी संवेदनशील र सचेष्ट हुने हो भने यस्ता मुद्दाले बढी स्थान पाउन थाल्छ। धनी र गरिवबीच बढ्दो खाडल हेर्दाहेर्दै सामाजिक आवश्यकता र दायित्व बुझ्दाबुझ्दै पत्रकारिता निरपेक्ष रहन सक्दैन, समाजको मूलप्रवाहबाट पत्रकारिता अलग रहन सक्दैन। त्र