म्युनिख -जर्मनी), वैशाख ६ गते। मारियो गोमेजले निर्धारित समयको अन्तिम मिनेटमा गोल गरेपछि च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा वायर्न म्युनिखले मङ्गलबार राति रियल म्याडि्रडलाई २-१ ले हराएको छ।
यस जितले वायर्न म्युनिख घरेलु मैदानमा च्याम्पियन्स लिगको फाइनल खेल्ने पहिलो टिम बन्ने सम्भावना बलियो भएको छ। च्याम्पियन्स लिगको उपाधि भिडन्त वायर्न म्युनिखमा नै हुँदैछ। आगामी हप्ता बर्नबाउ रङ्गशालामा म्याडि्रडलाई बराबरीमा रोकेमा पनि वायर्न फाइनलमा प्रवेश गर्नेछ। वायर्न पाँचौँपटक युरोपको सर्वाधिक ठूलो क्लब प्रतियोगिता जित्ने दाउमा पनि छ।
खेलको १७औँ मिनेटमा प|mान्सका विन्गर प|mाङ्क रिबेरीले गोलको खाता खोलेपछि वायर्नले अग्रता बनाएको थियो तर खेलको ५३औँ मिनेटमा रियल म्याडि्रडबाट खेल्ने जर्मनीका मेसुट ओजिलले क्रिस्टियानो रोनाल्डोको पासमा बराबरी गोल गरे। त्यसपछि बराबरीतर्फ अग्रसर खेलको ९०औँ मिनेटमा गोमेजले गोल गर्दा रियल म्याडि्रडले ठूलो धक्का बेहोर्यो। यद्यपि पनि नौ पटकका विजेता रियल म्याडि्रडले जर्मनीमा गरेको 'अवे गोल'ले निणर्ायक भूमिका खेल्ने सम्भावना त्यत्तिकै छ।
रियल म्याडि्रड च्याम्पियन्स लिगमा हारेको यो पहिलोपटक हो। अर्को सेमिफाइनल बुधबार राति बार्सिलोना र चेल्सीबीच हुँदैछ।
रिडिङ पि्रमियर लिगमा
इङ्ल्यान्डको दोस्रो श्रेणीको लिगमा मङ्गलबार राति नटिङघम फरेस्टलाई १-० ले हराएपछि रिडिङले आगामी सत्रमा इङ्लिस पि्रमियर लिग खेल्ने पक्का भएको छ। बि्रस्टल सिटीमा तेस्रो स्थानमा रहेको वेस्टहाम १-१ ले बराबरीमा रोकिनुले पनि रिडिङलाई फाइदा पुग्यो। रिडिङ चार वर्षको अनुपस्थितिपछि इङ्लिस पि्रमियर लिगमा उक्लेको हो।