नयाँदिल्ली, वैशाख ७ गतेर केभिन पिटरसनको शानदार शतकको मद्दतले इन्डियन पि्रमियर लिगमा बिहीबार दिल्ली डेयरडेभिल्सले डेकन चार्जर्सलाई पाँच विकेटले हराएको छर
इङ्ल्यान्डका पिटरसनले ६४ बलमा अविजित १०३ रन बनाएर उनको पालिमा छ चौका र नौ छक्का सामेल थियोर सो अविस्मरणीय पालिले दिल्लीले पाँच बल बाँकीछँदै पाँच विकेटको क्षतिमा १६२ रन बनाई जित हासिल गर्योर
यसअघि सहबाज नदिम र मोर्ने मोर्केलले तीन/तीन विकेट लिएपछि डेकनको पालि आठ विकेटको क्षतिमा १५७ रनमा रोकिएको थियोर शिखर धवन -४४ रन) र पार्थिव पटेल -४५ रन)ले दोस्रो विकेटका लागि तेज गतिमा ७१ रनको साझेदारी निर्वाह गरेपछि डेकन विशाल योगफलतर्फ अग्रसर थियोर
यसैगरी बुधबार राति कप्तान गौतम गम्भीरले अर्धशतकीय पालि खेलेपछि कोलकाता नाइट राइडर्सले किङ्स इलेभेन पन्जाबलाई आठ विकेटले हरायोर गम्भीरले अविजित ६६ रन बनाएपछि कोलकाताले १६.३ ओभरमा दुई विकेटको क्षतिमा १२७ रन बनाई जित हासिल गर्योर यसअघि पन्जाबले सात विकेटको क्षतिमा १२४ रनको योगफल तयार पारेको थियोर एपी