काठमाडौँ, वैशाख ७ गतेर बास्केटबलको व्यावसायिक खेलाडी नभए पनि विश्वमा बास्केटबलको सर्वाधिक कीर्तिमानी राख्ने व्यक्तिका रूपमा थानेश्वर गुरागाईंले आफ्नो पहिचान बनाउँदैछन्र
दशरथ रङ्गशालाको बास्केटबल कोर्टमा बिहीबार गुरागाईंले मुखमा 'टुथब्रस' राखेर बास्केटबल २२.४१ सेकेन्डसम्म घुमाउँदै गिनिज बुक अफ द वल्र्ड रेकर्डका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन्र सुनसरीका २२ वषर्ीय गुरागाईंले बेलायतका थोमस कोनरले १३.५ सेकेन्डमा राखेको कीर्तिमान तोड्दै नयाँ विश्व कीर्तिमानको दाबी गरेका हुन्र
अहिलेसम्म उनले ६ वटा विधामा गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाइसकेका छन्र उनीसँगै दीपक शर्मा बजगाईं पनि अहिलेसम्म ६ विधामा गिनिज बुकमा नाम लेखाउने नेपाली हुन् र गुरागाईंका अधिकांश कीर्तिमान खेलकुदसँग जोडिएका छन्र पहिलोपटक सन् २०१० अक्टोवरमा उनले एक मिनेटमा ४४४ पटक बास्केटबल 'बाउन्स' गरेर विश्व कीर्तिमान बनाएका थिएर यसैगरी ३० मिनेटसम्म गिनिजबुकलाई औँलाले शरीर वरिपरि -३० सेकेन्डमा ५६ पटक) बास्केटबल घुमाउने, टेनिस र्याकेटबाट छिर्नेलगायत ६ वटा विधामा गिनिज बुकमा उनको नाम छर
दशरथ रङ्गशालाको बास्केटबल कोर्टमा गुरागाईंले बिहीबार दिउँसोको १ बजेर १५ मिनेट जाँदा उक्त कीर्तिमान बनाएका हुन्र गुरागाईंले सो प्रयासपछि भने म व्यावसायिक बास्केटबल खेलाडी होइन, मेरो खेल भनेकै गिनिज बुक हो, अमेरिकाका एक नागरिकले एक सय विधामा गिनिज बुकमा नाम लेखाएपछि म त्यसबाट प्रेरित भएर लागिरहेको छुर