काठमाडौँ, वैशाख ७ गतेर व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको सम्पूर्ण खर्चको विवरण छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
धनगढी र महेन्द्रनगरमा भएको प्रतियोगिता आयोजना गर्न कुल २७ करोड ७१ लाख रुपियाँ निकासा भएको थियोर जसमध्ये १७ करोड रुपियाँको लेखापरीक्षण भइसकेको छर
लेखा समितिले बिहीबार युवा तथा खेलकुद राज्यमन्त्री गोपी अछामी र राष्ट्रिय खेलकुद परिषद् -राखेप)का सदस्यसचिव युवराज लामालाई सोबारेमा बयान लिएको छर गत चैत १२ गते समितिले युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरे र सदस्यसचिव लामाको बयान लिएको थियोर
छैटौँँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको सम्पूर्ण खर्चको फाँटबारीसहितको पेस्की फस्र्यौट चैत २५ गतेभित्र बुझाउने निर्देशन समितिले युवा तथा खेलकुद मन्त्रालय र राखेपलाई दिएको थियो । यद्यपि बैठकको निर्णयानुसार सबै प्रतिवेदन समितिलाई प्राप्त नभएकाले प्रतियोगिताका लागि बनाइएका भौतिक संरचनाको स्थलगत अध्ययनका निम्ति छानबिन समिति गठन गरिएको लेखा समितिका सभापति रामकृष्ण यादवले जानकारी दिएर
छानबिन समितिले राखेपको पछिल्ला तीन वर्षदेखिको सम्पूर्ण आय-व्यय विवरणसमेत खोज्नेछ । सो समितिले वैशाख मसान्तसम्म प्रतिवेदन पेस गर्नेछ -लेखा समितिका सभापति यादवले भनेर भानुभक्त जैसीको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा कमला पन्त, अल्लाउद्दिन अन्सारी, प्रमोद गुप्ता र टेकबहादुर बस्नेत सदस्य रहेका छन्र
राखेपका सदस्यसचिव युवराज लामाले प्रतियोगिता खेलकुद नीतिअनुसार नै सम्पन्न भएको र प्रतियोगिताका नाममा कुनै अनियमितता नभएको दाबी गरे ।