काठमाडौँ, वैशाख ८ गते । जननी र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ। आमाको दुःख, आमाको त्याग तुलनै हुन नसक्ने। आमाको सपना साकार गर्यौँ गरेनौँ आफैँ मूल्याङ्कन गर्ने विषय हो। यस वर्षको मातातीर्थ औँसी अर्थात् मातृदिवस अर्थात् आमाको मुख हुर्ने दिन वैशाख ९ गते परेकाले 'आमालाई कसरी सम्झनुहुन्छ र आमाको दूधको भार -ऋण) तिर्नुभयो' त भनी केही व्यक्तित्वहरूलाई सोधेका थियौँ, उहाँहरूको विचार यसप्रकार छ ः
सुशील कोइराला ः सभापति नेपाली काँग्रेस
आमा सबैकी पि्रय हुनुहुन्छ। आमाको स्नेह सन्तानका लागि अपरम्पार हुन्छ। म मेरी स्वर्गवासी आमाको त्यो स्नेह सधैँ सधैँ सम्भिmरहन्छु। आजको पुण्य अवसरमा म उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै आमाले मलाई देखाउनुभएको सत्मार्गबाटै अघि बढ्ने प्रण गर्दछु।
प्रदीप नेपाल ः नेता नेकपा -एमाले)
म चौध वर्षको हुँदा मेरी आमा परलोक हुनुभयो त्यसैले मैले आमाको दूधको भार त तिर्न सकिनँ तर नेपाल आमाको दूधको भार भने तिरेको छु। ०२६ सालमा काठमाडौँको त्रिचन्द्रमा अध्ययनरत रहँदादेखि विद्यार्थी आन्दोलनमा लाग्दा प्रहरीको निकै पिटाइ खानुपर्यो। त्यही बेलादेखि निरन्तर एमाले पार्टीमा लागेर ४५ वर्ष बिताएँ। सो अवधिमा पार्टीको सिफारिसमा कुनै राजनीतिक पदको पछाडि लागिनँ।
धेरैले आमाको दूधको भार तिर्न सकिँदैन भनेर भन्छन् तर म त्यसमा विश्वास गर्दिनँ। जिउँदै कर्म गरेर आमाको दूधको भार तिर्ने हो, मृत्युशय्यामा गइसकेपछि होइन। पदमा नरहेर पनि आमाको सेवा र सम्मान गरेर सो कार्यभार पूरा गर्न सकिन्छ। फरक यत्ति हो कि कसैले आˆनो आमाको दूधको भार तिर्छन् कोही नेपाल आमाको। मदन भण्डारीले कुनै पदमा नरहेर छोटो समयमा नेपाल आमाको दूधको भार तिर्नुभयो। उहाँ छँदासम्म नेपालको राजनीति उहाँकै वरिपरि घुम्यो।
डा. जयराज आचार्य ः कूटनीतिज्ञ
नेपालको अहिलेको पुस्ताले त आमालाई सम्मान नै गरेको देखेको छु। सबै बच्चाबच्चीले आमालाई माया नै गर्दछन्। मैले पनि यही अनुभव सँगालेको छु। हामीले त पढाउँदा पनि आमा, पिताजी र शिक्षकले भनेको मान त्यसो हुन सक्यो भने तिम्रो जीवन असल हुन सक्छ भनेर पढाएका छौँ। आमालाई त एक नम्बरमा नै सम्मान गर्नुपर्छ।
आमाको महìव धेरै छ । बाबुले वीर्यदान गर्छ त्यो एक क्षणमा हुन्छ तर जब गर्भ रहन्छ आमाले १० महिनासम्म गर्भमा बोक्नुपर्छ। यसले पनि महìव बोध गराउँछ। अनि बच्चा आमाको गर्भमा रहने मात्र होइन जन्मनुभन्दा अघिदेखि नै आमाको संस्कार बच्चाले सिकेको हुन्छ। आमाले असल संस्कार आˆनो बच्चालाई दिएकी हुन्छिन्।