Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
शनिवार
कोही मैदानमा कोही 'प्याराफिट'मा
प्रजित शाक्य
 

नेपाली खेलकुदमा व्यावसायिकता अँगालेेको एक मात्र खेल हो फुटबल। सर्वाधिक लोकपि्रय फुटबल नेपालमा टिकट काटेर हेरिने एक मात्र खेल पनि हो। पछिल्ला केही वर्षदेखि नेपाली फुटबल व्यावसायिक रूपमा फड्को मार्दैछ। यतिबेला घरेलु फुटबल र फुटबल क्लबलाई विभिन्न कम्पनीहरूले आयोजना र प्रायोजन गरिरहेका छन्। अहिले फुटबालमा निजी क्षेत्रबाट आर्थिक सहयोग बढ्दो छ। प्रायः ए डिभिजन क्लब प्रायोजक कम्पनीसँग आबद्ध छन्। गत वर्ष नेपालमा फुटबल सत्र सुरु हुँदा खेलाडी किनबेचमा पनि क्लबहरूको तँछाडमछाड भएकै हो।

अखिल नेपाल फुटबल सङ्घ

-एन्फा)ले खेलाडी किनबेचका लागि यस वर्षको ट्रान्सफर विन्डो हालै खुल्ला गरेको छ। यद्यपि कप्तान सागर थापासहित नेपाली राष्ट्रिय टिमका आधा दर्जन खेलाडीलाई भित्र्याउन कुनै क्लब इच्छुक देखिएका छैनन्। जसले घरेलु फुटबलको नयाँ सत्रको सुरुवातसँगै घरेलु फुटबलको व्यासायीकरण अमिल्दो तरिकाले गइरहेको त छैन भन्ने महशुस हुँदैछ।

यस सत्रको पहिलो नकआउट सर्वाधिक धनराशि नगद पुरस्कारको बि्रटिस गोर्खा कप चालु छ। नेपालका १६ वटै ए डिभिजन क्लब सहभागी यस प्रतियोगितामा दर्शकले राष्ट्रिय टिमका कप्तान सागर, सन्दीप राई, विजय गुरुङ, भरत खवास, जगजित श्रेष्ठ, निराजन खड्का, दीपक भुसाल, विकास सिंह क्षेत्री जस्ता राष्ट्रिय खेलाडी मात्र होइन, उत्तम गुरुङ, प्रवेश कटुवालजस्ता स्तरीय खेलाडीको खेल पनि हेर्न पाएका छैनन्। गत सत्रमा सागर र जगजित हिमालयन शेर्पा, निराजन, सन्दीप र दीपक र विजय मनाङ मस्र्याङ्दी, विकाससिंह क्षेत्री थि्रस्टार र भरत खवास नेपाल पुलिस क्लबबाट खेलेका थिए।

पछिल्ला समयमा फुटबल बजार अस्वभाविक ढङ्गले उचाइमा पुग्दा अहिले यो समस्या आएको हो- भन्छन् फुटबल विश्लेषक सञ्जीव मिश्र। हुन पनि गत वर्ष मनाङ मस्र्याङ्दी क्लबले थि्रस्टारका स्टार खेलाडीसहित पुरै टिमका खेलाडीलाई ठूलो धनराशिमा सम्झौता गराउँदा नेपाली फुटबल निकै सनसनी मच्चिएको थियो। मनाङले प्रायः खेलाडीलाई औसत ३५ देखि ४० हजार रुपियाँसम्म मासिक तलब दिएको थियो। थि्रस्टारबाट मासिक ५० हजार रुपियाँमा स्थानान्तर गरेपछि सन्तोष साहुखल घरेलु फुटबलकै सर्वाधिक महँगो खेलाडी पनि बनेका थिए। जसका कारण अन्य क्लब पनि खेलाडीलाई चर्को मूल्य तिरेर आˆनो क्लबमा ल्याउन इच्छुक देखिए तर एक वर्षपछि परिस्थिति विपरीत बनेको छ। मनाङ मस्र्याङ्दी आप\mना स्टार खेलाडीसँग पुनः करार गर्ने पक्षमा छैन। अन्य क्लबहरू पनि खेलाडी किनबेचमा कुनै आकर्षण देखाएको छैनन्।

वास्तवमा व्यस्त फुटबल क्यालेन्डर नहुँदा यो समस्या आएको मान्न सकिन्छ। बि्रटिस गोर्खा र लिगखेलको बीचको अवधिमा एन्फाको क्यालेन्डरमा पर्याप्त प्रतियोगिता नहुँदा क्लबहरू स्टार खेलाडी पाल्न हच्केका देखिन्छन्। क्लबहरू स्टार खेलाडीमा धेरै रकम खर्चेर जोखिम मोल्न चाहेका छैनन्। वैशाखमा बि्रटिस गोर्खापछि असोज महिनामा मात्र नकआउट फुटबल गर्ने एन्फाको योजना रहेको छ। त्यो पनि निश्चित छैन। अझ क्लबले जुनुसकै समयमा खेलाडीसँग करार गर्नसक्ने नियमले क्लबहरू 'पर्ख र हेर'को रणनीतिमा छन्। क्लबहरूले तीन महिनाका लागि खेलाडीहरूलाई १२ महिनाको तलब दिन नखोजेको प्रष्ट हुन्छ।

यसैगरी, स्टार खेलाडीहरूले यो वर्ष गत वर्षभन्दा बढी रकम माग गरेपछि पनि क्लबले यिनीहरूलाई बेवास्ता गरेका हुन्। कप्तान सागरसहित स्टार खेलाडीले पछिल्लो सत्रमा भन्दा यसपालि केही प्रतिशत तलब वृद्धिको माग गरेका थिए।

नेपालका प्राय ए डिभिजन क्लब चन्दाकै भरमा चल्छन्। क्लब सञ्चालकहरु नियमित आम्दानी नभएकाले ए डिभिजनमा टिकिरहनु झन् घाटाको व्यवसाय भएको बताउँछन्। अझ गत वर्ष महँगो रकम खर्ची क्लबमा भित्र्याएका खेलाडीको प्रदर्शन अपेक्षा अनुरुप नहुनु र केही खेलाडी अनुशासनमा बाँधिन नसक्नुले पनि क्लबहरु खेलाडी लिन हच्केका हुन्।

यी स्टार खेलाडी ढिलो चाँडो कुनै न कुनै क्लबमा आबद्ध हुने नै छन्। तर पैसाकै कारण यस वर्ष लामो समयसम्म स्टार खेलाडीहरू बेरोजगार नहोलान् भन्नसकिँदैन। लामो समयसम्म क्लबसँग आबद्ध नहुँदा प्रतिस्पर्धात्मक खेल र लगातार प्रशिक्षणको अभावमा नेपालका यी शीर्ष खेलाडीको फिटनेस र स्तरमा कमी आएमा कसलाई दोष दिने ? त्यसैले जबसम्म क्लब आर्थिक रूपमा सबल हुँदैनन् नेपाली फुटबलको व्यावसायीरण कुरा गर्नु मात्र गफ हुनेछ।

के हो खेलाडी किनबेच ?

साधारणतया फुटबल ट्रान्सफर विन्डोको मिति एक सत्रमा दुई पटक तोकिएको हुन्छ। युरोपेली फुटबलमा ट्रान्सफर विन्डोको समय कुनै क्लबले आफूले किनेका खेलाडीलाई बेच्न चाहेमा उसलाई 'ट्रान्सफर' सूचीमा राख्ने गर्दछ। त्यसपछि सो खेलाडीलाई अन्य क्लबले प्रस्ताव राख्छन्। क्लबहरू हरबखत आˆनो टिमलाई पछिल्लो सत्रमा भन्दा उत्कृष्ट बनाउन इच्छुक हुन्छन्। जसले गर्दा क्लबहरूको नजरमा परेका धेरै खेलाडी फुटबल सत्र सकिनासाथ एक क्लबबाट अर्कोमा स्थानान्तर हुन्छ। सत्रको प्रारम्भमा ट्रान्सफर विन्डो निकै गरम रहने भए पनि क्लबहरूले आˆनो कमजोरीलाई बलियो पक्षमा ढाल्ने मौकाको रूपमा रहेको दोस्रो मौकालाई लिन्छन्। जनवरी महिनामा हुने दोस्रो ट्रान्सफर विन्डो त्यसैले पनि त्यत्तिकै महìवपूर्ण रहेको हुन्छ।

ट्रान्सफर विन्डोबाहिर रहेर पनि क्लबहरूले दुई प्रायोजनले खेलाडी भित्र्याउनसक्छ। यदि खेेलाडी कुनै क्लबसँग आबद्ध छैनन् र टिमका खेलाडी चोटग्रस्त छन् चोटको हाहाकार छ, -नियमित गोलरक्षकसहित) भने क्लबले नयाँ खेलाडी अर्को क्लबबाट भाँडामा ल्याउन सक्छन्। अहिले केही क्लबले भाँडामा खेलाडी ल्याउने नियमले मनपरि फाइदा उठाएकाले यो अलि विवादित बनेको छ। आवश्यकता नभए पनि यस नियमको फाइदा उठाउन क्लबहरूबीच खेलाडी भाडामा लिनेदिने क्रम बढेको देखिन्छ।

तर नेपाली फुटबल बजारको नियम अलि फरक छ। नेपालमा ट्रान्सफर विन्डो खुलेदेखि मङ्सिर महिनासम्म खेलाडी टिममा भित्र्याउन पाउने नियम रहेको छ।

अहिले चालु बि्रटिस गोर्खा कपमै पनि २४ घन्टा अगाडि नै दर्ता भएर कुनै पनि क्लबले खेलाडीलाई खेलाउन पाउँछन्। एक पटक दर्ता भएपछि भने एक सत्र खेलाडीले सोही क्लबबाट खेल्नुपर्छ। क्लबले ४० जनासम्म खेलाडी दर्ता गर्नसक्नेछ। विदेशी खेलाडीको हकमा भने एन्फाले सरुवा बजार दुई पटक मात्र खुल्ला गर्ने गरेको छ। á

अन्य शीर्षक
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px