उनलाई गर्भ फाल्न घर, परिवार र आफन्तले धेरै कर गर्यो।तर उनले मानिन्। उनी आˆनै जिद्दीमा अडीग रहिन्। अन्ततः एउटा शिशुलाई जन्म दिइन्।
उनलाई थाहा थियो- अब यो समाजसँग ठूलो सङ्घर्ष गर्नुपर्नेछ। आफूले माया गरेको मान्छेले नै साथ नदिएपछि उनको अगाडि चुनौतीका अग्लो पहाड तेर्सिएको थियो। उनले पहाड नाघिछाड्ने हिम्मत गरिन्। कसैको अगाडि हात पसारिनन्।
उनलाई देखेर कोही 'कुमारी आमा' भन्दै कुरा काट्ने गर्छन्।
उनलाई देखेर कोही 'अविवाहित आमा' भनेर जिब्रो टाक्ने गर्छन्।
उनलाई देखेर कोही 'चरित्रहीन केटी' भनेर लाञ्छना लगाउँछन्।
उनलाई देखेर कोही 'भाग्यले ठगिएकी चेली' भनेर सहानुभूति पनि दर्शाउँछन्।
जसले जे भने पनि उनले मन दह्रो बनाइन् । लक्ष्यमा पुग्नु थियो। छोरो हुर्काउनु थियो। आˆनो अलग पहिचान बनाउनु थियो। र सबैभन्दा ठूला कुरा यो समाजलाई आˆनो सामु झुकाउनु थियो।
उनको सुन्दरता देखेर धेरैले विवाहको प्रस्ताव गरे। उनल आजीवन विवाह गरिनन्। एकदिन पच्चीस वर्षे जवान छोरोले उनलाई प्रश्न सोध्यो, "आमा Û सबैले मलाई कुमारी आमाकी छोरा भन्छन्। आखिर मेरा बाबु को हुन् ? बिन्ती मलाई यो कुरा बताइदिनुस्।"
उनलाई आफू उभिएको जमिन भासिएजस्तो लाग्यो। सम्पूर्ण इच्छा, आकाङ्क्षा र जीवन नै जसको स्याहा सुसारका निम्ति खर्चिइन्। आज उसैले यस्तो प्रश्न राख्दा उनलाई औडाहा भयो। पीडा मिश्रति स्वरमा उनले भनिन्, "तालाई तेरो बाबुले आजसम्म कहिल्यै फर्किएर हेरेको छैन। त्यस्ता नीचको नाम म मेरो मुखबाट उच्चारण गर्न चाहन्न। किन चाहियो तँलाई यसको नाम ?"
"किनकि म छोरो मान्छे हुँ। मलाई यो समाजमा सम्मानित जीवन बाँच्नु छ।" छोरोले भन्यो।
छोराको प्रश्नको उत्तर दिइरहन उनलाई मन लागेन। बरु उनले भोलिपल्ट दैनिक पत्रिकामा आˆनो छोरो मरेको झुठो समवेदना छपाइन्। अनि आफैलाई प्रश्न गरिन् "के छोरी जन्मिएकी भए यो प्रश्न सोध्ने थिइन् ?"á