न्यूयोर्क, वैशाख ९ गते। विश्व बैङ्कका नवनिर्वाचित प्रमुख जीम योङ्ग किमले विश्व अर्थतन्त्रको विकासका लागि बजारमुखी अर्थतन्त्रको बढोत्तरीलाई प्राथमिकतामा राखेर अघि बढ्ने नीति लिइने बताउनुभएको छ।
अमेरिकालेसमेत रुचाएकाले यसै साताको सुरुमा भएको चुनावमा विश्व बैङ्कका प्रमुखमा चुनिनुभएका डा. किमले विश्व अर्थतन्त्रमा देखिएको हालको समस्यालाई समाधान गर्दै जानका लागि रोजगारी बढाउने र गरिब जनताको जीवनस्तर सुधारका लागि बजारमुखी अर्थतन्त्रको विकास नै उपयुक्त माध्यम भएकोले विश्व बैङ्कले त्यसैलाई प्राथमिकतामा राख्ने
बताउनुभएको छ।
कोरियाली मूलका ५२ वषर्ीय अमेरिकन नागरिक डा. किमले करिब २५ वर्ष विकासोन्मुख मुलुकमा काम गरेको अनुभव हासिल गरेका छन्। उनलाई विश्वमा विश्व स्वास्थ्य सङ्गठनअन्तर्गत रहेर एचआईभी एड्सविरुद्धको अभियान सञ्चालन र क्षयरोग नियन्त्रणका लागि विशेष योगदान पुर्याएको व्यक्तिको रूपमा स्वीकार गरिएको छ।
आफू चिकित्सक भएको र चिकित्सकको ज्ञान भएको व्यक्तिले कुनै विशेष सिद्धान्तलेभन्दा प्रमाणको आधारमा काम गर्ने विचार व्यक्त गर्ने डा. किमको विश्वका कम विकसित मुलुकहरूमा काम गरेको अनुभवले आगामी दिनमा विश्व बैङ्क नयाँ ढर्राबाट सञ्चालन हुने विश्वास गरिएको छ।
विश्वको कम विकसित मुलुकहरूमा काम गरेर हासिल गरेको अनुभवको आधारमा उहाँले विश्व बैङ्कले विभिन्न मुलुकमा सञ्चालन गर्ने आˆना कार्यक्रमहरूको गतिलो नतिजा प्राप्त गर्नका लागि सम्बन्धित क्षेत्रको संस्कृति र सामाजिक परिवेस मिल्दोजुल्दो योजनालाई प्राथमिकतामा राख्ने बताउनुभएको छ।
विश्व बैङ्कको वर्तमान नेतृत्व सम्हाल्दै आउनुभएका रोबोर्ट बी.जोइलिकका अनुसार आगामी जुलाई १ तारिखदेखि पाँच वर्षका लागि विश्व बैङ्कको नेतृत्व सम्हाल्ने भएका डा. किमले विकासोन्मुख मुलुकहरूमा काम गर्ने सिलसिलामा देखेको प्रत्यक्ष गरिबी र बेरोजगारी समस्या र त्यसको निराकरणका लागि विश्व बैङ्कले चाल्ने कदमको रणनीति तय गर्न सहयोग पुग्ने बताउनुभएको छ।
विगतमा विश्व बैङ्कको नेतृत्व सहरमा र उच्चपदस्थ व्यक्तिहरू तथा धनी व्यक्तिहरूको सामिप्यमा रहँदै आएको व्यक्तिहरू रहँदै आएकोमा गरिबको माझ नै रहेर आˆना जीवनको लामो समय विताएका र विकास क्षेत्रमा दक्ष व्यक्तिको रूपमा चिनिएका डा. किमले विश्व बैङ्कको नेतृत्व सम्हाल्ने कुराले कम विकसित मुलुकहरू निकै उत्साहित बनेका छन्।
विश्वका गरिब जनतासँग प्रत्यक्षरूपमा नजिक रहेर काम गर्दै आएको डा. किमको उच्च मूल्याङ्कन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामालेसमेत विश्व बैङ्कको नयाँ नेतृत्वका लागि उनलाई रोजेका थिए।
आफूलाई विश्व बैङ्कको नेतृत्वमा चुनाउनका लागि डा. किमले विश्वका विकासोन्मुक मुलुकहरूको निणर्ायक तहमा पहुँच बढाउनुपर्ने कुराको वकालत गर्दै इथियोपिया, चीन, जापान, भारत, ब्राजिल र मेक्सिकोजस्ता मुलुकलाई समेत आˆनो पक्षमा पारेको कारण पनि उनको चयन सम्भव भएको हो।
शिक्षाले फिजिसियन रहेका डा. किमका आलोचकहरूले भने उहाँ विश्व अर्थतन्त्रलाई बुभ\mने राम्रो प्रतिनिधि नभएर राजनीतिक रूपमा उहाँको पहुँच बलियो भएको र अमेरिकालेसमेत रुचाएकोले मात्र प्रमुखमा चुनिन सम्भव भएको
बताएका छन्।
सन् १९४४ मा स्थापना भएको विश्व बैङ्कमा विश्वको एक सय ८७ मुलुक सदस्य रहेका छन् भने सो संस्थाको मुख्य लक्ष्य भनेको नै विश्वमा आर्थिक, सामाजिक रूपले पिछडिएका व्यक्तिहरूको जीवनस्तरमा सुधार ल्याउनु रहँदै आएको छ।
अमेरिकाको वाशिङ्टनमा मुख्यालय रहेको र विश्वभर एक सय कार्यालय सञ्जाल विस्तार गरेको विश्व बैङ्कले सन् २०११ मा मात्र विश्वभर ५७.४० अर्ब अमेरिकी डलर ऋण प्रवाह गरेको छ भने विश्वभर आर्थिक विकास, गरिबी निवारणजस्ता क्षेत्रमा अन्तराष्ट्रिय मुद्रा कोषसँगको सहकार्यमा काम गर्दै आएको छ।