काठमाडौँ, वैशाख ९ गते। प्रथम नेकोस जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियनको उपाधि शनिबार रुपन्देहीले जितेको छ। रुपन्देहीले पाँच स्वर्ण, दुई रजत र एक काँस्य पदक हात पार्यो।
राष्ट्रिय खेलकुद परिषद् -राखेप)को कभर्डहलमा चार स्वर्ण र तीन काँस्य पदकसहित ललितपुर दोस्रो भयो। तेस्रो स्थानमा रहेको बाराले दुई स्वर्ण, एक रजत र तीन काँस्य पदक जित्यो।
यसैगरी काठमाडौँले एक स्वर्ण, दुई रजत र चार काँस्य, विजेश्वरी ज्ञानमन्दिरले एक स्वर्ण, दुई रजत र एक काँस्य पदक, पर्साले एक स्वर्ण, एक रजत र दुई काँस्य तथा खोटाङले एक स्वर्ण र एक रजत पदक जिते।
नेपाल खेलकुद महासङ्घअन्तर्गतको राष्ट्रिय तेक्वान्दो सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुष वर्गमा खोटाङका भीम परियार तथा महिलामा विजेश्वरीकी करुणा थापा उत्कृष्ट खेलाडी घोषित भए। गुल्मीलाई अनुशासित टिमद्वारा सम्मान गरियो।
तीनदिने प्रतियोगितामा २६ जिल्लाका तीन सय खेलाडीले १५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए।