काठमाडौँ, वैशाख १० गते। सरकारले अन्तरिम संविधानको धारा ७० संशोधनका लागि १२औंँ संशोधन विधेयक आइतबार संसद् सचिवालयमा दर्ता गराएको छ। कानुन तथा न्यायमन्त्री बृजेशकुमार गुप्ताका तर्फबाट मन्त्रालयका कर्मचारीले सो संशोधन विधेयक दर्ता गराएको सचिवालय विधेयक शाखाले जनाएको छ। आइतबार दर्ता भएको विधेयक पाँच दिनपछि परिपक्व हुनेछ।