काठमाडौँ, वैशाख १० गते। एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले माक्र्सवादलाई गतिशील विज्ञानका रूपमा बुझ्न आग्रह गर्दै देश, काल र परिस्थिति अनुसार नेपाली क्रन्तिलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ।
एनेकपा -माओवादी) केन्द्रीय समितिद्वारा आइतबार यहाँ आयोजित 'नेपाली कम्युनिस्ट आन्दोलनमा विचारधारात्मक सङ्घर्ष र पार्टी निर्माणको प्रश्न' विषयक विचार गोष्ठीमा उहाँले भन्नुभयो, 'ठोष वस्तुको ठोस विश्लेषण नै माक्र्सवादको आत्मा हो भन्ने लेनिनको महान् विचारबाट क्रान्तिलाई अगाडि बढाउनुपर्छ।'
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अपि्रल २२)का दिन पारेर गरिएको सो कार्यक्रममा अध्यक्ष दाहालले नेपाल कम्युनिस्ट आन्दोलनमा निरन्तर सहयोग पुर्याउने पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य, कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठ, खम्बसिंह कुँवर, विष्णुबहादुर मानन्धर, शान्ता श्रेष्ठ र एनेकपा -माओवादी)का पोलिटब्युरो सदस्य दिलबहादुर श्रेष्ठलाई अभिनन्दनपत्र, दोसल्ला र मालाले सम्मान गर्नुभएको थियो। क्रान्तिको पुनरावृत्ति हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, 'क्रान्तिको विकास हुन्छ, नक्कल हुन्न, नेपालमा पनि यहाँको मौलिकतामा क्रान्ति हुन्छ, नक्कल गर्न खोजिए ठूलो क्षति हुन्छ।'
विगतको तीता अनुभवबाट पाठ सिक्दै गतिशील विचारको पक्षमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले धेरै पार्टी इतिहासमा निर्माण हुने र भत्किने क्रम निरन्तर चल्ने प्रक्रिया अनुसार र मोटो मशालबाट माओवादी हुँदै एकीकृत नेकपा -माओवादी) बनेको र आगामी दिनमा अर्कै पार्टी बन्नसक्ने उल्लेख गर्नुभयो।
पार्टीमा बहस र छलफल निरन्तर हुने र सोही प्रक्रिया अनुसार तयार भएको विचारले क्रान्ति गर्ने बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, 'पार्टी साधुसन्तको जमात होइन, सबै कुरा आदर्शमा रहेर बहस हुने, वर्गसङ्घर्षलाई आत्मसात् गर्दै विचारधारात्मक लाइन अनुसार पार्टी बन्ने गर्दछ।'
सो अवसरमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विचारधारात्मक सङ्घर्ष पार्टीमा निरन्तर अगाडि बढिरहने उल्लेख गर्दै पार्टीलाई आदर्शभन्दा पनि भौतिकवादी सिर्जनशीलताबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।
आˆनै पार्टीभित्र पनि माक्र्सवादलाई धर्मशास्त्रका रूपमा बुझ्ने गरिएको उल्लेख गर्दै ठोस परिस्थितिको विश्लेषण गरेर मात्र क्रान्तिलाई अगाडि बढाउनुपर्ने भएकाले वाम सङ्क्रमणवादबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो। क्रान्तिको शान्तिपूर्ण कालखण्डलाई कसरी बुझ्ने भन्ने विषयमा सम्पूर्ण कम्युनिस्टले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै उपाध्यक्ष डा. भट्टराईले नियतभन्दा पनि परिणाममा पार्टीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो।
नेवाः राज्य समितिका सहइञ्चार्ज हिसिला यमीको सभापतित्वमा भएको सो कार्यक्रममा अर्का पार्टी उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति र संविधान प्रक्रियाबाट नै क्रान्तिलाई सम्पन्न गर्न सकिने भन्दै क्रान्तिकारी लाइन अनुसार पार्टी सङ्गठनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।