काठमाडौँ, वैशाख १० गते। मनाङ मस्र्याङ्दी क्लब र प्रायोजक लक्ष्मी इन्टरकन्टिनेन्टलबीचको सम्झौता एक वर्ष लम्बिएको छ।
गत वर्ष एघार लाख रुपियाँ प्रायोजन गरेको कन्टिनेन्टलले यो वर्ष चार लाख थपेर वाषिर्क १५ लाख क्लबलाई प्रायोजन गर्ने भएको छ। लक्ष्मी कन्टिनेन्टलका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ र क्लबका अध्यक्ष टासी घलेले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरे। अध्यक्ष घलेका अनुसार सह-प्रायोजक हामा फाइनान्स र सुमी डिस्टिलरीले पनि दुई लाख ५० हजार रुपियाँ थप्ने जानकारी दिए।
सम्झौता कार्यक्रममा अध्यक्ष घलेले आगामी लिगका लागि विदेशी खेलाडी र कोरियाली प्रशिक्षक क्लबमा भित्र्याउने जानकारी दिए। हाम्रो लक्ष्य भने लिग जितेर पे्रसिडेन्ट कप खेल्नु हो -घलेले भने।