बार्सिलोना, वैशाख १० गते। क्रिस्टियानो रोनाल्डोले गरेको गोल निणर्ायक बनेपछि रियल म्याडि्रडले शनिबार राति बार्सिलोनालाई २-१ ले हराएको छ। बार्सिलोना घरेलु मैदानमा पछिल्ला ५५ खेलमा पहिलोपटक पराजित भएको हो। सन् २०१०, सेप्टेम्बर ११ मा हर्कुलससँग २-० ले हारेपछि बार्सिलोनाले घरेलु मैदानमा पहिलोपटक हारको स्वाद चाखेको हो।
यस नतिजापछि पछिल्ला तीनपटकको विजेता बार्सिलोनाको आधिपत्य समाप्त हुने छाँट देखिएको छ। रियल म्याडि्रड अब स्पेन लिग उपाधिको निकै नजिक छ। उसले शीर्ष स्थानमा बार्सिलोनालाई सात अङ्कले पछाडि पारेको छ भने स्पेनी लिगमा पाँच चरण मात्र बाँकी छ।
खेलको १७औँ मिनेटमा सामी खडेरियाले गोल गरी विश्वका यी दुई फुटबल महाशक्तिबीचको भिडन्तमा रियल म्याडि्रडलाई अगाडि पारेका थिए। यस सत्रमा रियल म्याडि्रडको यो कीर्तिमान १०८औँ गोल हो। सन् १९८९-९० मा रियल म्याडि्रडले १०७ गोल गरी क्लब कीर्तिमान राखेको थियो। एलेक्सिज सान्चेजको गोलबाट बार्सिलोनाले खेल बराबर गरे पनि खेलको ७३औँ मिनेटमा रोनाल्डोले गोल गरी रियललाई महìवपूर्ण जित दिलाए। म्याडि्रड पछिल्ला १९ खेलमा अपराजित छ।
पछिल्ला नौ खेलमा एकपटकमात्र जित हासिल गरेपछि रियल म्याडि्रडलाई आजको खेल पनि कठिन हुने अनुमान गरिएको थियो। तर यसपटक म्याडि्रडले बार्सिलोनाको घरेलु मैदानमा जित हासिल गरेरै छाड्यो। सन् २००७ पछि रियल म्याडि्रडले नोउ क्याम्पमा पहिलोपटक जित हासिल गरेको छ।
बार्सिलोनाका लियोनेल मेसी र रोनाल्डोबीचको व्यक्तिगत भिडन्तका रूपमा पनि यस खेलले चर्चा पाएको थियो। यसपालि रोनाल्डोले मेसीलाई छायाँमा पारे। रियल म्याडि्रडका डिफेन्सलाई मेसीले जवाफ दिन सकेनन्। रोनाल्डोले गोल गरी मेसीले स्पेनी लिगको एक सत्रमा सर्वकालीन गोलकर्ताको होडमा पनि मेसीलाई एक गोलले पछाडि पारेका छन्।
म्यान्चेस्टरलाई धक्का
लन्डन। दुई गोलले पछाडि परेर पनि शीर्ष स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडलाई ४-४ ले बराबरीमा रोकी आइतवार इङ्लिस पि्रमियर लिगमा इभर्टनले सनसनीपूर्ण नतिजा निकालेको छ।यस बराबरीपछि म्यान्चेस्टर युनाइटेडले शीर्ष स्थानमा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँगको दूरी छ अङ्कले फराकिलो पर्यो तर सिटी एक खेलको फाइदामा हुँदा उपाधि होड पुनः खुल्ला भएको छ। खेको ८३ र ८५ औँ मिनेटमा दुई गोल जिततर्फ अग्रसर युनाइटेडलाई इभर्टनले स्तब्ध पारेको हो। एपी