Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
उडानसँगै जिरी-लुक्ला पदमार्ग बिचल्लीमा
सोलुखुम्बु समाचारदाता
 

सोलुखुम्बु, वैशाख १० गते। विभिन्न्ा देशबाट सगरमाथाको दृश्य हेर्न सोलुखुम्बु आउने पर्यटक हवाई मार्ग हँुदै काठमाडौँको त्रिभुवन विमानस्थलबाट सोझै तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा जान थालेपछि जिरीदेखि लुक्लासम्मका पर्यटन व्यवसायी मारमा परेका छन्।

दोलखाको जिरी, सोलुखुम्बुको किन्जा बजार, जुनबेसी, नुनथला, खरीखोला हुँदै खुम्बु क्षेत्रमा प्रवेश गर्ने पर्यटक पछिल्लो समयमा सीधै लुक्लामा जान थालेपछि त्यसभन्दा तलतिरका पदमार्गमा व्यवसाय गर्दै पर्यटन व्यवसायीको अहिले घर भाडा तिर्न र दैनिक खर्च धान्न रमेत मुश्किल भएको उनीहरूले बताएका छन्।

अघिल्ला वर्षमा झैँ पर्यटक आउने आशामा पर्यटकको सेवा सुविधाका लागि भन्दै गरेको लाखौँको लगानी डुब्ने भयले उनीहरू चिन्तित बनेका छन्। उनीहरू भन्छन्, ''पर्यटक आउँछ भनेर दिनैभर पर्खंदा एउटा पनि पर्यटक आउँदैनन् हामी त आˆनो टाउकोमाथिबाट उडेको हवाईजहाज हेर्दै त्यसमा त्यत्ति पर्यटक होलान् भन्दै अनुमान गर्दै बस्छौँ।''

जिरी-लुक्ला पदमार्गमा पर्ने स्थानहरू किञ्जाबजार, लाम्जुरा, जुनबेसी, रिङ्मु, नुनथला, जुभिङ खरीखोला, पैँयाजस्ता स्थानमा गरी करिब दुई हजारभन्दा बढी त होटल व्यवसायी मात्र रहेका छन्। दश वर्षे सशस्त्र द्वन्द्वकालमा नराम्रोसँग खस्केको पर्यटन व्यवसाय अहिले पनि सुधारोन्मुख अवस्थामा नभएको माउण्टेन भ्यू होटल टाक्सिन्दुका आङ काले शेर्पाले बताउनुभयो। पर्यटकले एकातर्फी मात्र जिरी-लुक्लाको पदमार्ग प्रयोग गर्ने हो भने आफूहरूको व्यवसाय फस्टाउने शेर्पाको भनाइ छ।

पर्यटकले एकातर्फी पैदल मार्ग प्रयोग गर्न वा सोलुखुम्बुको तल्लो क्षेत्रमा रहेका दुईवटा विमानस्थल फाप्लु र काँगेल विमानस्थललाई पर्यटकको सुविधाका लागि प्रयोग गर्नुपर्ने व्यवसायीले अर्को विकल्पका रूपमा लिएका छन्।

रिङमुस्थित सेन्टर लजका छेतेन शेर्पा पनि सरकारले पर्यटकलाई एकतर्फी अनिवार्य पैदल यात्रा गर्नुपर्ने प्रावधानसहित नीति तर्जुमा गर्नुपर्ने बताउनुहुन्छ। यसो गरेमा पर्यटन उद्योग फस्टाउने र यसको फाइदा राज्यलाई पनि हुने उहाँको भनाइ छ।

नेपालमा पर्यटन क्षेत्रको समानुपातिक विकास गर्ने हो भने अब बन्न लागेको तल्लो क्षेत्रको पर्यटन क्षेत्रको विकास योजनामा यस प्रकारको नीति तर्जुमा गर्नुपर्ने उहाँको सुझाव छ।

तल्लो क्षेत्रमा पर्यटकलाई चन्दा माग्छन्, अनावश्यक दुःख दिन्छन् भनेर माथिल्लो क्षेत्रका पर्यटन व्यवसायीले अनावश्यक हल्ला फैलाएका कारण पनि आफूहरूको व्यवसाय धराशयी बन्दै गएको रिङ्मुकी जाङ्मु शेर्पा बताउनुहुन्छ।

तल्लो क्षेत्र पर्यटकका लागि सुरक्षित स्थल भएको र पर्यटकलाई स्वागत सत्कार गर्न आफूहरू आतुर रहेको व्यवसायी बताउँछन्। पर्यटक आएमा गुणस्तरीय सेवा दिन सकिने उनीहरूको दाबी छ।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px