काठमाडौँ, वैशाख १२ गते। मेगा बैङ्कले नयाँ वर्षको सौगात स्वरूप भन्दै मेगा कर्मचारी बचत खाता र मेगा युथ-माई बैङ्क एट क्याम्पस एकाउन्ट नामका दुई नयाँ निक्षेप योजना ल्याएको छ।
कर्मचारी वर्गलाई लक्षित गरी ल्याइएको कर्मचारी बचत खाता न्यूनतम एक सय रुपियाँमा खोल्न सकिने छ भने युवा विद्यार्थीलाई लक्षित गरी ल्याइएको मेगा युथ एकाउन्ट दुई सय रुपियाँमा खोल्न सकिने छ।
कर्मचारी बचत खाता खोलेवापत चेकबुक, अनलाइन बैङ्किङ, एटीएम कार्ड, अनडिमाण्ड खाता विवरण, एबीबीएस, गुड फर पेमेन्ट, स्टप पेमेन्ट, बैङ्क ब्यालेन्स सर्टिफिकेट निःशुल्क उपलब्ध गराइने बैङ्कले जनाएको छ। साथै कर्मचारी खाता खोल्ने ग्राहकको दुर्घटनाबाट मृत्यु भएमा पाँच लाख रुपियाँसम्म निःशुल्क दुर्घटना बीमाको व्यवस्था गरिएको छ।
मेगा युथ एकाउन्टमा वाषिर्क सात प्रतिशत ब्याज प्रदान गरिने र खाता खोल्नेलाई चेकबुक, एटीएम, कार्ड, अनडिमाण्ड स्टेटमेन्ट निःशुल्क उपलब्ध गराइने छ। साथै स्वदेश र विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि पाँच लाखदेखि ५० लाख रुपियाँसम्म ऋण उपलब्ध गराउने बैङ्कले जनाएको छ।