काठमाडौँ, वैशाख १२ गते । अन्नपूर्ण फाइनान्सले मङ्गलबारदेखि कैलाश विकास बैङ्कको नाममा वित्तीय कारोबार सुरु गरेको छ । यस वित्तीय संस्थाले गत चैत १६ गते नेपाल राष्ट्र बैङ्कबाट विकास बैङ्क -ख वर्गको वित्तीय संस्था) को रूपमा कारोबार गर्न इजाजत प्राप्त गरेको हो। विगत १८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कको हाल चुक्ता पुँजी ७० करोड ४३ लाख रुपियाँ रहेको छ । राष्ट्र बैङ्कको नियमानुसार विकास बैङ्क हुन चुक्ता पुँजी ६४ करोड रुपियाँ पुर्याउनु पर्छ।
कैलाश विकास बैङ्कले चैत मसान्तसम्ममा चार अर्ब ४२ करोड ८६ लाख रुपियाँ निक्षेप सङ्कलन गरी तीन अर्ब ८९ करोड ४१ लाख रुपियाँ कर्जा प्रवाह गरेेको पनि जनाएको छ। हाल १९ शाखा, नौ एटीएम सेवा र ३० हजार ग्राहक रहेको यस बैङ्कले आगामी दिनमा आˆना ग्राहकलाई अत्याधुनिक बैङ्किङ सेवा उपलब्ध गराउने बताएको छ।