काठमाडौँ, वैशाख १२ गते। पि्रमियर कलेज मङ्गलबार आयोजक केसीएमलाई ५३-२५ ले हराएर केसीएम कप बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
पि्रमियरले समूह विजेताका रूपमा अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। पि्रमियरका लागि सदिश प्रधानले २७ स्केार गरे। पि्रमियर महिला बास्केटबलमा भने प्राइमसँग १८-१५ को झिनो अन्तरले पाखा लागेको छ। ज्ञानु गौचन र दिपीका उप्रेतीले समान ६/६ स्कोर गरेपछि प्राइमको जित सम्भव भयो।
पुरुष वर्गमा केएनकेले क्याबलाई ४०-२१ ले हराएर उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्यो। केएनकेका सङ्गम थापाले सर्वाधिक १६ स्कोर गरे।